सहिदहरुको सम्झनामा : भूपी शेरचन

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए ओठमा हाँसो, गालामा लाली तब आउँछ जगत्‌को देशको पीरले भेटी जब वीरले चढाउँछ...

गरीब (कविता) - लक्ष्मीप्रसाद देवकोटा

गरीब भन्छौ ? सुखको मझैं धनी मिल्दैन संसारभरी कतै पनि । विलासको लालस-दास छैनँ म मीठो छ मेरो रसिलो परिश्रम ।

नैतिक दृष्टान्त : कबि शिरोमणि लेखनाथ पौडेल

बडाले जे गर्यो काम हुन्छ त्यो सर्व-संमत । छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ।।

यात्री कविता : महाकवि लक्ष्मीप्रसाद देवकोटा

कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो ? कुन सामग्री पूजा गर्ने, साथ कसोरी लाने हो ?

स्वर्गको टुक्रा

प्याराे सुन्दर् धराकाे वन सब धन हाे स्वर्गकाे भाग हाम्राे। हास्दै खेल्दै रमाकी टह टह मनकी चन्द्रमा कत्ति राम्राे।।

घुम्ने मेचमाथि अन्धो मान्छे-भूपि शेरचन

घुम्ने मेचका अन्धालाई साँघुरो चोकका द्यौतालाई वीर भएका बुद्धूलाई बुद्धू भएका वीरलाई