योगभ्यास: समाधीको मार्ग
योग

योगभ्यास: समाधीको मार्ग




वेदान्तका अनुसार जीव र आत्माको मिलनको नाम योग हो । आगमवादी हरु भन्दछन कि शिव र शक्तिका अभेदज्ञान नै योग हो  । योगको वास्तविक अर्थ जोड्नु हो । 

योग गर्नु भन्दा पहिले काम, क्रोध, लोभ, मोह, मद र मत्सर यी ६ ओटा दोषहरुको नास गर्नु पर्दछ । अनुचित ढंगबाट स्त्रिको भोग गर्ने अभिलाषा राख्नु र गर्नु काम हो । प्राणिहरुलाई पीडा दिनुको नाम क्रोध हो । धन सम्पत्तीमा अतिशय आकांक्षाको नाम लोभ हो । तत्त्व ज्ञानको अभाव मोह हो । मै सुखी बनु, मै खाँउ, मै लाउ भन्ने भावना मद हो र जो अरुको सौभाग्य अर्थात सुख देखेर दुःखी हुन्छ त्यसको नाम हो मत्सर । यी नै शत्रु हुन र दुःखको कारण पनि । यस्ता व्यवहारहरु आत्मास्वरुपको विचार गर्नमा बाधा उत्पन्नन गर्दछ । यी सबैको दमन गर्नका लागी योगाभ्यास (अष्टागंयोग) को प्रयास गर्नु पर्दछ । अष्टागं अर्थात योगको आठ अंग यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारणा, ध्यान र समाधि ।


१) यम

यम शब्दको अर्थ काम इत्यादिबाट निवृत्ति । यममा १० ओटा विषयहरु पर्दछन । योगभ्यासको लागी व्यवहार शुद्धिको प्रथम चरण नै यम हो । 


क) अहिंसाः कुनै पनि कर्म द्धारा कुनै पनि प्राणीको  कष्ट नहोस ।

 

ख) सत्यः जस्तो देखिन्छ, जस्तो सुनिन्छ त्यस्तै बताउनु । झुट नबोल्नु व्यवहार सत्य हो । 


ग) अस्तेयः अरुको खराव (तुच्छ) तृण व्यवहारको ग्रहण नगर्नु । 


घ) ब्रह्मचर्यः आठ प्रकारका मैथुनको त्याग गर्नु ब्रह्मचर्य हो ।


खराब भावनाले स्त्रीको स्मरण, बोल्नु, स्त्रीको साथ खेल्नु, स्त्रीको देख्नु, छिपेर (लुकेर) कुरा गर्नु, प्राप्त गर्नुको संकल्प गर्नु, प्राप्त गर्नका लागी प्रयत्न अर्थात सहवास गर्नु आदि मैथुनका आठ प्रकार हुन । यी आठ प्रकारका दोष हरुको त्याग गर्नुनै ब्रम्हचर्यको मार्ग हो ।

 

ङ) कृपाः प्राणिमात्रको दुःख निवृत्तिको चेष्टा गर्नु कृपा हो ।

 

च) आर्जवः समस्त प्राणिका साथ मन, वाणी र शरीर द्धारा जुन व्यवहार गरिन्छ उसमा कुटिलताको अभाव हुनु आर्जव हो । 


छ) क्षमाः अपकार गर्ने हरु समक्ष पनि मित्रवत व्यवहार गर्न सक्नु क्षमा हो । 


ज) धृतिः इष्टवस्तुको अप्रापितमा जे दुखित पना उत्पन्न हुन्छ, त्यसको अभाव नै धृति हो । 


झ) मिताहारः शरिर धारणको लागी आवश्यक मात्र भोजन नै मितहार हो । अत्याधिक भोजनको अभिलाषाको नाश गर्नु । 


य) शौचः जसको द्धारा चित्त निर्मल हुन्छ, त्यस पवित्रताको नाम शौच हो । 

अहिसां र ब्रम्हाचर्य द्धारा काम, कृपा वा क्षमा द्धारा क्रोधको, अस्तेय, सत्य र आजर्वको द्धारा लोभको मितहार र शौचको द्धारा मोह, क्षमा र आर्जवको द्धारा मदको र अहिंसा, कृपा, आजर्व र क्षमाको द्धारा मत्सरपर विजय प्रप्त हुन्छ । 


२) नियम 

योगको द्धितीय अगंको रुपमा रहेको नियम पनी दस प्रकारको छ । यसलाई आचरण शुद्धिको दोस्रो चरण भन्न सकिन्छ । प्रथम चरणको व्यवहार शुद्धिपछि मन वचन भगवान प्राप्तीको मार्गमा लाग्नु पर्दछ । 


क) तपः कृच्छ्रादि व्रतको आचरणको नाम तप हो ।


ख) सन्तोषः इष्टतर वस्तुको भी अभिलाष न हुनुको नम सन्तोष हो । 


ग) आस्तिक्यः श्रुतिप्रतिपाद्य अर्थमा परलोकको अस्तित्वको जो विश्वास हुन्छ त्यो नै आस्तिक्य हो । 


घ) दानः धनको शक्तिको अनुसार देव, पिता, र भनुष्यको उद्देश्यको बाड्नु (दिनु) दान हो । 


ङ) देवपुजाः आफ्नो ब्रम्हमुर्तिको उपासना देवपुजा हो । 


च) सिधान्त श्रवणः उपनिषद् आदि मोक्षशास्त्रको श्रवण गर्नु नै सिधान्त श्रवण हो । 


छ) ह्रीः कुत्सित आचरणको कारण मनमा जो कष्ट हुन्छ त्यसको नाम ह्री हो । 


ज) मतिः मनन अर्थात विविध युक्ति प्रमाणको सहायताबाट सुनेका कुरा हरुको अनुशीलन नै मति हो । 


झ) जपः इष्ट देवको मन्त्रको स्मरण नै जप हो । 


य) होमः अग्निहोत्रादि कार्यको नाम होम हो । 


३) आसन 

आसन अनेक प्रकारका छन, यसको कोहि निच्ति संख्या छैन । परन्तुः चौरासी प्रकारका आसनको बारेमा धैरै चर्चा हुने गरेको छ । जसमध्ये पाँच आसन शास्त्रमा प्रधान  बताइएको छ । 

क) पद्मासन: 


ख) स्वस्तिकासनः


ग) भद्रासनः 


घ) वज्रासनः


ङ) वीरासनः 


४) प्राणायम


आसनमा जुन श्रम दूर हुन्छ तब प्राणायामको अभ्यास गर्नु पर्दछ । जुन आसनमा साधकको कुनै क्लेश हुदैन अर्थात सुखपुर्वक बस्न सकिन्छ त्यही आसनमा प्राणयमको अभ्यायास गर्नु पर्दछ । प्राणायम दुइ प्रकारको हुन्छन , निगर्भ र सगर्भ । ध्यान र मानस जप गर्दै प्राणायम साधनको नाम सगर्भ प्राणायम हो । बीज उच्चारण बिना जुन प्राणायम गरिन्छ त्यसको नाम निगर्भ प्राणायम हो । 


प्राणायममा तिन प्रकारको अवस्था हुन्छ । प्रथम अवस्थामा साधकको पसिना निस्कन्छ । यसलाई अधम अवस्था भनिन्छ । मध्यम अवस्थामा साधकको देह काप्दछ । र प्राणायमको उत्तम अवस्थामा साधक भुमि छोडन सक्दछन । यसप्रकार प्राणायममा सिद्ध प्राप्त गर्ने साधक प्रत्याहारको अधिकारी हुन्छन । 


५) प्रत्याहार 

उता उती दौडिरहने सबै इन्द्रियको इन्द्रियग्राह्य विषयमा निवृत्त गर्नुको अर्थ प्रत्याहार हो । शरिरका प्रत्येक इन्द्रिय एकाग्र हुनु नै प्रत्याहार हो । 


६) धारण

औँला, एडिबाट आरम्भ गरेर सहस्त्रारपद्मको तल रहेको द्वादशदल कमलतक सोह्र स्थानमा प्राणवायुको धारण गर्नु को नाम धारण हो । गुरुको उपस्थिति बिना  प्रत्याहार र धारणको अभ्यास गर्नु हुदैन । गुरु र शिष्यको योग्यताको अनुसारनै यसको विधि निर्दिष्ट गरिएको छ । 


७) ध्यान 


एकाग्रचित्त भएर आफ्नो अभीष्ट देवता या स्वकीया ब्रम्हामुर्तिको चिन्तन गर्नुको नाम ध्यान हो । 


८) समाधि

निरन्तर जीवात्मा र परमात्माको ऐक्यचिन्तलाई समाधि भनिन्छ । 


योगसाधनको उद्देश्य यही हो की गुरु, मन्त्र, यन्त्र, देवता र साधकको एकताको उपलब्घि हुन सकोस र क्रमशः अद्वैतभावको प्राप्ति होस । यस अवस्थाको प्राप्ति भएर नै सिद्धयोगी परमानन्द नित्य चैतन्यैकगुणत्मक आत्माभेदस्थित प्रणवको या ह्रींकारको चिन्तनमा मग्न हुन्छन । त्यस समय मन वाणी तथा वेदवाक्यबाट अतीत स्वसंवेद्य आनन्द रससागर तारात्मक वस्तुको उपलब्धि हुन्छ ।