तपाइँ अझै राजावादी ?
समसामयिक

तपाइँ अझै राजावादी ?


राजनैतिक विश्लेशक केशव प्रसाद भट्टराइको केहि उहाकै साथी भाइहरु सँग भएको वार्तालावको यौटा सानो भाग उहाकै  फेसबुक वालबाट । २ बर्ष अगाडीको यो उहाको त्यो वार्तालाव अहिले पनि उत्तिकै सान्दर्भिक  छ ।  


१. हिजो एउटा जमघटमा एक जनाले पुनः सोध्नुभयो – “तपाइँ अझै राजावादी ?”



म हिजो पनि संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको समर्थक र आज पनि !
२०५५ साल देखि चाँही मैले संवैधानिक राजतन्त्रसंगै प्रतक्ष निर्वाचित प्रधानमन्त्रीको समेत पक्षपोषण गर्न लागेको !




२. “तपाइँ किन राजावादी ?”



तपाइँ माओवादी, लेनिनवादी, मार्क्सवादी, स्टालिनवादी, किमइल सुङ्बादी अनि सोनिया र मोदीबादी अनि गिरिजावादी, देउवावादी, पौडेलवादी प्रचण्डवादी, ओलीवादी ठाकुरवादी, महतोवादी हुन सक्नुहुन्छ भने ?
नेपालको हकमा उहाँहरूको तुलनामा राजाहरूको योगदान बढी भएकोले म राजावादी !
तर राजाहरू प्रजातान्त्रिक हुन सकेनन त्यसैले प्रजातन्त्रको सवालमा म वीपी, सुवर्ण, गणेशमान र किसुनजीबादी राष्ट्र र राष्ट्रियताको हकमा म राजावादी !



३. “संविधानले गणतन्त्रलाई स्वीकारी सकेपछि यो असंवैधानिक भएन ?



हिजो संविधानले पंचायतलाई निर्विकल्प घोषणा गर्दा पंचायतको हालीमुहाली हुँदा म बहुदलवादी !
संविधानले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र घोषणा स्वीकारेको अवस्थामा कोही गणतन्त्रवादी हुन् सक्छन् भने ?



४. “गणतन्त्र त जनप्रतिनिधिहरूले निर्माण गरेको संविधानले घोषणा गरेको” !



संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई स्वीकार गरेको २०४७सालको संविधान पनि मुलुकका सबैजसो जनतालाई प्रतिनिधित्व गर्ने दलहरूका प्रतिनिधिहरूले नै २०४६को आन्दोलनको म्यान्डेट अनुसार बनाएका हुन् I
सारमा वर्तमान संविधान भन्दा २०४७ सालको संविधान निर्माणको प्रक्रिया नै बढी प्रजातान्त्रिक थियो !



५. “यत्रा शक्तिशाली दलहरू र यत्रो ठूलो जनमत गणतन्त्रवादी तर तपाइँ उखेलिएको राजसँस्थाको समर्थक, के पाउनुहुन्छ ?”



निष्ठा र विचार भनेको व्यापार होइन !
यहाँहरू जस्तै पंचायत हुँदा पंचायतवादी, काङ्ग्रेसको सरकार भए काङ्ग्रेस, एमालेको भए एमाले, माओवादीको भए माओवादी, हुन सकिएन !
व्यक्तिगतरुपमा केही पाउने उद्देस्यले राजनीतिमा प्रतक्ष -परोक्ष जोडिएकै होइन !
राजसँस्थाले मुलुकको एकता र अखण्डताको लागि बढी योगदान पुर्याउन सक्छ भन्ने मात्रै विश्वास हो मेरो !



६. हेर्नोस म राजसँस्थाको निरपेक्ष समर्थक होइन !राजाको अप्रजातान्त्रिक क्रियाकलापको मैले सधैं विरोध गरे, दण्ड-सजाँय भोगे !
सवाल आज को ठूलो र को सानो भन्ने होइन , तपाइँहरूसँग भएको ठूलो शक्ति, सत्ता र प्रभावको सदुपयोग गरेर देशलाई शान्ति, स्थिरता र न्याय दिनोस ! मेरो शुभकामना !



७. तपाइँको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले अर्को १० वर्ष सम्म मुलुकलाई सुरक्षित र स्थिर राखेर यसको एकता र अखण्डतालाई अभेद्य बनाउँदै मुलुकलाई सम्वृद्धिको मार्गतर्फ लैजान सफल भयो, मुलुकलाई सुखद गन्तव्य दिन सक्यो भने म तपाइँ भन्दा बढी गणतन्त्रवादी हुनेछु I