योगी: विश्वमानव समुदाय कै लाईब्रेरी
समसामयिक

योगी: विश्वमानव समुदाय कै लाईब्रेरी



"पं जवाहरलाल नेहरू प्रधानमन्त्री भएको समयमा राजा महेन्द्र भारत गएका थिए।त्यस अवसरमा राजा महेन्द्रले प॔ नेहरूलाई "मैं योगी नरहरिनाथका देश नेपालसे आया हुँ भन्दा नेहरू स्तब्ध भएका थिए त्यस भेटघाटमा योगी नरहरिनाथ कै चर्चा बढी भयो।त्यसपछि जब भारतीय प्रधानमन्त्री पं नेहरू नेपाल आए, उनले योगी नरहरिनाथसँग भेट गर्ने चाहना गरे।उनैको चाहना बमोजिम योगी नरहरिनाथलाई दरवारमा बोलाइयो।नेहरूले योगीलाई देखेर नतमस्तक हुँदै"आप ही योगी नरहरिनाथ हैँ,आपके बारेमे महाराजाके मुंह से सुनकर आपके दर्शनके लिए आया हुँ।आपतो महान है,आपको किसी चीजकी जरूरत है तो आज्ञा किजिए"भन्दा योगीजीले"मुझे किसी चिजकी जरूरत नही है,मै ही आपको आशिर्वाद देता हुँ"भन्दा नेहरू अचम्म परेका थिए।त्यसपछि पं नेहरू आश्चर्यचकित भएर स्वदेश फर्किए भन्ने कुराको ऐतिहासिक कथन पनि रहेको छ।(आचार्य नारायणप्रसाद शर्मा,वैदिक साम्यवादका पथप्रदर्शक योगी नरहरिनाथ,श्री बृहदाध्यात्मिकपरिषट;स्वर्ण महोत्सव2072)) स्मारिकापृ146


इन्दिरा गान्धीको समयमा पनि योगी जी लाई सम्मान र सुविधापूर्वक इण्डिया मै बस्न आग्रह गरिएको थियो। स्वदेशमै पनि उहाँलाई वेदनीनिधि पुरस्कालले सम्मान गरेको थियो भने श्री पाँच वीरेन्द्रको पालामा राजपरिषद्को सम्माननीय सदस्यको रूपमा सम्म्नित हुनुभएको थियो उहाँले चाहनु भएको भए आफ्नो जिविकापार्जन गरेर यश आरामको जिन्दगी जिउन सक्नुहुन्थ्यो । तर उहालाई सम्मानले भन्दा कर्मले छुन्थ्यो।उहाँ मान सम्मानको चाहना नराख्ने निस्पृह व्यक्तित्वले दूवो र जरिवुटी मै जिवन देख्यो पद उपाधि मान सम्मान र सुविधामा जिवन देखेन ।कामको सम्मान गर्यो सम्मानको जरूरत संझेन। त्यागको फल अक्षय हुन्छ भनेर त्याग गर्ने सन्त वास्तवमा साधु थिए।साधुलाई लालचाले छुनै सकेन।मातृभूमि मै पनि सत्तासिनहरूले चिन्न नसकेर पटक पटक मातृभूमिमै सत्तासिनहरूवाटै प्रडापित हुन परेको थियो।चरम शाररिक यातना लगायत कृतिमाथि नै आगो सल्काएर बौद्धिक यातना दिने समेतको हर्कत राजकिय स्तर मै उहाँमाथि भएको थियो।तर पनि कर्म गर्न छाड्नु भएन।
दु:खपाउदा मातृभूमि नै छाड्ने र सुख सुविधाको पाउदा फुरूङ्ग भएर मान सम्मान पुरस्कार लिई हाल्ने प्रबृति उहाँमा किंचित पनि थिएन।सधै एकनास दु:खमा नआत्तिने र सुखमा नमात्तिने प्रबृतिकै कारण उहाँलाई देश तथा विदेशबाट कही कसैले पनि तौलिने जोख्ने काम गर्न सकेन। गर्न खोज्दा आफै लज्जित भएको इतिहास छ। 


"मातृभूभिमा हुने अपमान मेरो सम्मान हो। मेरो देशले गरेको अपमान मेरो ठूलो सम्मान हो। मेरो देशको कारवास भगवान कृष्णको जन्मभूमि हो।" भनेर 
कारवासै भएपनि जन्मभूमि प्यारो संझने योगीज्यूलाई पराईको मान सम्मान उपाधि सुख सयल र लालचाले लोभ्याउन के सक्थ्यो र ! सकेन। 
"समग्र वेदशास्त्रहरूको निर्णय दिनसक्ने क्षमतावान् योगीज्यू आफू योगी भएर शैव दर्शनको अध्येता बनेर विशेषतः शैवागम तथा शैव दर्शनको सोधखोजमा लाग्नुभयो यसै सिलसिलामा रावलपिण्डी(पाकिस्तान) मोतीनाथ आदिका पुस्तकालय आदिमा हस्तलिखित शैवागमहरूको गहिरो अध्ययन गर्नुभयो।शैवागमनको अध्ययन पछि योगीज्यूको कर्म क्षेत्रमा उत्रनु भयो। यसै सिलसिलामा बीचमा ग्रन्थहरूको रचना र अनुवाद गरी दर्जनौं साना ठूला किताबहरू निकाल्न सफल हुनुभयो। गोरक्षसम्प्रदायको श्रीवृद्धिका साथै समग्र ॐकार परिवारको हितार्थ सदैव कटिवद्ध भई कर्मपथमा समर्पिथ भइरहनु भयो।उहाँको कदर र सम्मान स्वरूप उपाधी ग्रहण गर्ने सुअवशर नमिलेको होइन परन्तु उहाँमा त्यस किसिमको चाहनाको किनचित लालचा देखिएन।भनिन्छ उहाँले चाहना मात्र राख्नुभएको भए उहाँले भारतको विश्वविद्यालयवाट पि.एच.डीको उपाधी साथै सन्त-महन्तको सेवा सुविधा पाएर आनन्दपूर्वक रहन सक्नु हुने थियो। तर उहाँमा सुविधा, सम्मान र उपाधिको प्यास थिएँन । 

गीतामा कृष्णले भनेझैँ निष्फल सेवामा लाग्नुभयो। ज्ञानको अगाडि कुनै उपाधि तुच्छ हुन्छ भन्ने मान्यता राख्नु हुने योगीले उपाधिको वास्तै गर्नु भएन।
"अपि स्वणर्मयी लङ्का न मे लक्ष्मण रोचते।
जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी।।"
रामले -यो स्वर्णमयी लङ्का जति नै राम्रो भएपनि मलाई मन पर्दैन किनभने जननी र जन्मभूमि स्वर्ग भन्दापनि महान हुन्छिन् भने झै यहाँ योगीजी ले मातृभूमिलाई माया गरेर आफ्नै देशको सेवा गर्न नेपाल पसे।"(स्वामी प्रपन्नाचार्य,योगी नरहरिनाथ अभिनन्दनग्रन्थ पृ 25-26)


योगी जी को साधुतालाई नमन: गने स्वदेशमा मात्र होईन विदेश (विशेषत:भारत)मा पनि धेरै छन्।जस्ले उहाँको त्यागलाई बुझ्दछन्।साधुथालाई चिन्छन् उनीहरूले मा एकपल्ट भएपनि योगी जी को दर्शन गर्न्ने अभिलाशा जागृत हुन्छ।यसै प्रसङ्गमा एउटा रमाइलो धटना - "एक दिन गुरुबाट वागीश्वरमा सत्सङ्ग भयो।गुरू लगातार चार पाँच घण्टा बोल्दा गुरूलाक आराम गरानदिनुपर्छ भनी फामी साथीहरू पीपल कुटीमा गुरूलाई आराम गर्न छोडी चौतारातिर लाग्यौँ। केही समयपछि भारतको दिल्लीबाट दुईवटा गाडीमा 10/12 जना जति साधुसन्तहरू आउनु भऐको थियो।उहाँहरूले योगी जी किधर है भनेर मलाई सोध्नु भयो।मैले गुरू आराम गर्दै हुनुहुन्छ भनेँ।एक जना सन्तले "देखो बेटा,नेपालके लोग बढे भाग्यमान हैँ।ये महापुरूष आपके राष्ट्रभर के नही समह्त भारतबर्ष के जीवित लाइब्रेरीहैँ।यिनको आराम करन दो।हम लोक यिनका दर्शन फिर करेंगे"भनेर बिदा भएँ।गुरूदेवले मलाई बोलाएर "मलाई भेट्न आएका ती व्यक्तिसरूलाई किन रोकेको" भन्नु भयो।म सँग जवाफ थिएन मैले" गुरू हजुर आज धेरै बोल्नुभयो तपाईलाई एकछिन भएपनि आराम हुन्छ"भने।गुरूले मेरो चिन्ता नलिनु मलाई 24सै घण्टा आराम छ"भन्नु भयो।मलाई गुरू नभएर एक अन्तरयामी सिद्ध शक्ति महापुरूष नै हुनुहुन्छ भन्ने भान भयो समय उहाँका लागि सँधै एकनाश थियो "(शान्तप्रसाद पोखरेल देवा वा मानव?श्रीबृहदाधामिकपरिषद:स्वर्ण महोत्सव 2072, 134) 


योगी जी को प्रकासित तथा अप्रकासित पुस्तक तथा पत्रपत्रिकाहरूअसंख्य छन्।शायद यति धेरै पुस्तक लेख्ने यो दुँनियामा अरू कोही होला र?उहाँको पुस्तकहरू महत्वको दिष्ट्रिकोणबाट पनिअति महत्वपूर्णको गणनामा पर्दछन्।हिमवतसखण्ड,गोर्खा वंशावली,शिखरिणीयात्रा,पृथ्वीनारायणशाहको दिव्योपदेश,इतिहासप्रकाश गोरक्षपद्दतिआदिनाथ संहिता ,गोरक्ष उपनिषदआदि अति महत्वपूर्ण छ।य कृतिहरू राष्ट्रिय स्तर भारतवर्षमा मात्र होइनन् अन्तराष्ट्रिय स्तरमा पनि ठूलो स्थान ओगटेको कुरा स्पष्ट छ।कुनै कुराको क्षतिबाट त्यसको महत्वको आंकलन गर्न सकिन्छ।विश्व मानव समुदायको सभ्यता र संस्कृतिको इतिहास खोजी गर्ने योगीको योगदानको के सीमा हुन्छर!यसै सम्बन्धभा 

सौरभ लेख्नुहुन्छ-" ईशापूर्व तेस्रो शताब्दीमा चीनका सम्राट सि. हुवाङ् तीले जलाएको राष्ट्रिय पुस्तकालय, ईशाको छैटौं शताब्दीमा खलिफा उमारले जलाएको अलेक्जेन्ड्रियाको पुस्तकालय र सन् १२०० मा बख्तियार खिल्जीले जलाएको नालन्दा विश्वविद्यालयको पुस्तकालय- तीनवटै मिसाएर विश्वलाई जति क्षति भयो, नेपालका मामलामा त्यही बराबरको क्षति भयो- एउटै योगी नरहरिनाथको अतुलनीय, अकल्पनीय संकलनहरू राजकीय स्तरमै ध्वस्त पारेर ।"(सौरभ,राष्ट्रसन्तका सम्बन्धमा ) 


विदेशीले दिएको मान सम्मान उपाधि भन्दा बरू स्वदेशमै कठिन जीवनयात्र नै प्यारो लाग्ने मानलाई भन्दा कामलाई ठूलो संझिने त्यागी साधुले आफु कठिन भन्दा कठिन यात्राको सङ्घर्षपूर्ण जिवन जिएर राष्ट्र र राष्ट्रको गौरबलाई विश्वकैसवोच्व शिखर झै सधै उच्च रहिरहनेशिर बनाएर हामीलाईविश्वकै गौरवशाली र भाग्यभानी बनाउने यी मानव भारतबर्षकै मात्र नभएर विश्वकै लाईब्रेरी हुन्।।काम गर्न सुविधा र साधन भन्दा पनि त्याग कर्म र समर्पण चाहिन्छ भन्ने कुरा उदाहरण बनेर देखाईदिए मान सम्मान भन्दा पनि ठूलो कामको सम्मान हुनुपर्छ भनेर हैन गरेर देखाइदिए।ज्ञान भन्दा ठूलो उपाधि रहेनछ भनेर विश्वलाई सिकाएर गए।योगीको कृतिहरूलाई आगो लगाएर योगीलाई निचो देखाउन खोज्नेहरूले यो बुझ्नेछन् कि त्यागको र फल अक्षय हुन्छ।जलाउनेहरू नै एकदिन जल्नेछन् तर कर्म कहिल्लै जल्दैनन्।कर्ममा फल अवश्यभावी छ। धन्य योगी तिम्रो।साधना !तिम्रो साधुता!!।