मार्क्सले धर्मलाई किन अफिम भने?
समसामयिक

मार्क्सले धर्मलाई किन अफिम भने?


धर्म अफिम हो भन्ने दार्शनिक कार्ल मार्क्सको पृष्ठभुमि हेर्ने हो भने, तिनका पिताजि यहुदी धर्म बाट क्रिश्चियन धर्मान्तरण गरेका थिए। जुन क्रिश्चियन सम्प्रदाय मार्क्सका पिताले ग्रहण गर्नुभएको थियो, त्यो सम्प्रदाय अल्पसंख्यक र सिमान्तकृत भएकाले त्यसको सम्मान जर्मनिमा थिएन। जीवन पर्यन्त आफ्नो धार्मिक आस्थाको वचाउ/स्पष्टीकरण गर्दै बित्यो। अल्पसंख्यक/सिमान्तकृत क्रिश्चियन सम्प्रदायमा मार्क्सको जन्म र दर्शन शास्त्रको बिद्यार्थी भएकैले जीवन पर्यन्त उनले समेत धार्मिक आस्थाप्रती आलोचना गरेरै बिताउनु परेको पृष्ठभुमि नै धर्मप्रतिको संकिर्ण सोचको आधार थियो। क्रिश्चियन र मुस्लिम क्रुषेडी तथा जिहादी संग ठ्याक्कै मेलखानेगरेर मार्क्सवादी दर्शन पनि हस्तक्षेपकारी अधिनायकवादी रहेकैले, कम्युनिस्टहरुले सत्ताप्राप्तिको उपाय हिंसात्मक हस्तक्षेप र निरंकुश स्वेच्छाचारी परिकल्पना मार्क्सले गर्नुभएको हो। जसरी क्रुषेदी तथा जिहादी सभ्यतामा फरकमत, बिचार, सिद्धान्त, अवधारणाहरुको निर्ममताका साथ दमन हुन्छ। कम्युनिस्ट तन्त्रमा पनि फरक मत, दर्शन, सिद्धान्त, अवधारणाहरु अस्वीकार्य छन् र तिनको निर्ममताकासाथ दमन गरिन्छ भन्ने तथ्यको प्रमाण रसियन, चाइनिज तथा क्युवा, तथा भेनेजुएलाका कम्युनिस्ट क्रान्तिबाट प्रमाणित हुन्छन्। 


हाम्रो नेपालको २१ सताब्दिको बैज्ञानिक जनवादी क्रान्तिमा पनि फरक दार्शनिक आस्था भएकै कारण भौतिक सफाय गरिएको प्रमाणिक इतिहास दर्जभएकै छ। पुर्वाग्रह नठान्नु होला जिसस क्राइष्टको जन्म मिति/तिथि प्रष्ट छैन। sun god लाई नै तत्कालीन इटालिका तानाशाह कन्टेस्टाइनले जुक्तिपुर्ण तरिकाले sun of god भनेर प्रचार गराएको देखिन्छ। क्राइष्टको सुलिमा मृत्युदण्ड दिएपस्चातको समय अत्यन्तै रहस्यमय छ। कतिपय आधुनिक विद्वान महोदयहरुलाई गौतम बुद्ध नास्तिक भएकैले मार्क्स र गौतमबुद्धलाई समान ठान्नेहरु पनि भेटिन्छन्। गौतम बुद्धलाई नास्तिक भनिएको वेदको सत्ता नस्विकारेका ले हो तर गैर धार्मिक/गैर आद्यात्मिक भएकोले चाहिँ हैन। गौतम बुद्ध र कार्ल मार्क्स ले क्रमशः समाज दुखमय छ भन्नू र समाजमा धनि र गरिबबीच बिभेध/शोषण छ भन्ने तथ्यमा समानता देखिन्छ तर समाधानको उपाय गौतम बुद्धले त्याग र अहिंसाको मार्ग देखाए तर मार्क्सले हिंसा/राज्यसत्ता कब्जाको देखाए। असाध्यै गौण सोचौं। इतिहासको बन्दी नबनौँ। यो अथवा त्यो छान्ने दुईविजी संकिर्ण सोच त्यागौँ। समस्या उजागरगर्न सरल छ तर दीर्घकालीन समाधानको उपाय कठिन छ। समस्या ब्यक्तिब्यक्तिको हैन। 


समस्या बेग्लै परिस्थितिमा नेपालको चारकिल्ला बाहिर बेग्लै सामाजिक साँस्कृतिक, आर्थिक, सन्दर्भ र प्रसंगमा बिकास गरिएका सिद्धान्त तथा अवधारणाहरुको जस्ताकोतस्तै फोटोकपी ल्याएर आफ्ना सामाजिक साँस्कृतिक मूल्य, मान्यता, सिद्धान्त, अवधारणाहरु सैद्धान्तिक जालमा पार्नुमा छ। समाधान चाहिँ सहृदय दर्शन, राज्यराष्ट्र अवधारणा, स्थिति गत्यात्मक प्रगतिवादी सिद्धान्त, अनुसंधान, उधमशिलता तथा बिकासको कार्यपद्धति तथा बिज्ञानको बुद्धि, प्रविधिको प्रगती संगै, धर्मको विवेक र सहृदयताको सम्बन्धको आधारशिलता बाट प्राप्त गरिने बैज्ञानिक सत्ययुग स्विकार्नु श्रेयस्कर हुनेछ।।

नुमनाथ प्याकुरेल