वेदको बिज्ञान : २० तथ्य
समसामयिक

वेदको बिज्ञान : २० तथ्य


वेद

वेद सनातन हिन्दू धर्मको सबैभन्दा ठूलो र प्रामाणिक धर्मग्रन्थ हो । आरम्भमा एउटै रहेको वेदलाई महर्षि व्यासले विषयगत प्रकृतिका आधारमा ऋग्वेद, यजुर्वेद, सामवेद अथर्ववेद गरी चार भाग लगाएका हुन् । यस ग्रन्थलाई हामी हिन्दूहरू शतप्रतिशत ईश्वरको वचन मान्छौं ज्ञान, विज्ञान र व्यवहारको मूल स्रोतका रूपमा अकाट्य प्रमाण पनि मान्छौं । यसलाई हामी अनादि, अनन्त, नित्य र शाश्वत मान्छौं र यो पनि भन्छौं कि यसको रचना कसैले पनि गरेको हैन अर्थात् यस ग्रन्थलाई हामी अपौरुषेय– कुनै सांसारिक पुरुषविशेषद्वारा नलेखिएको या रचना नगरिएको विशिष्ट ग्रन्थ मान्छौ । शास्त्रीय हिसाबले यसलाई हामी सृष्टिभन्दा पहिले थियो भनेर मान्छौं भने विज्ञानले यसलाई मात्र ५,००० वर्ष पुरानो भनेको छ । विज्ञानको यो भनाइ पनि सत्य नै होला किनकि लिपिको विकास भएपछि वेद संस्कृत भाषामा लिपिबद्ध भएको सायद आजभन्दा ५,००० वर्ष अगाडि नै हुनसक्छ । वेद संस्कृत भाषमालेखिनुभन्दा अगाडि केवल मन्त्रद्रष्टा ऋषिमुनिहरूका मुखबाट अन्य शिष्यहरूले सुन्ने र उनीहरूले पुनः त्यसै गरी सुनाउने श्रुतिपरम्परामा नै जीवित थियो र सुनेको भरमा नै प्रसारित एवं संरक्षित हुँदै आइरहेको थियो । त्यसकारण यसलाई ‘श्रुति’ पनि भन्ने गरिन्छ । 

१. चन्द्रमाको प्रकाशबारे वेद 

सबैभन्दा पहिले वेदकै प्रमाण लिएर कुरा थालौं । चन्द्रमाको प्रकाशका बारेमा हाम्रो वेदले के भन्छ ? आउनुस् विचार गरौं । 

वेदमा बताइएको छ– 

“अत्राह गोरमन्वत नाम त्वष्टुरपीच्यम् । इत्था चन्द्रमसो गृहे ।।” –ऋग्वेद १।८४।१५, अथर्ववेद २०।४१।३ र सामवेद ५ ।३ ।९ (उत्तरार्चिक) ।

अर्थात् “मनीषीहरूले गतिशील चन्द्रमण्डलमा त्वष्टा– सूर्यको दिव्यप्रकाश छ भन्ने अनुभव गरे ।” अर्थात् घुमिरहेको चन्द्रमाले सूर्यबाट प्रकाश प्राप्त गरेर चम्कन्छ । 

२. वेदमा पृथ्वीको स्वरूप 

अहिलेका वैज्ञानिकहरूले यो कुरा प्रष्ट पारिसकेका छन् कि हामी बसेको यो पृथ्वी वास्तवमा गोलाकार छ । अब वेद र बाइबलले यसबारे के के भनेका छन्, हेरौंं ।

सुरुमा ऋग्वेदले पृथ्वीको स्वरूपका बारेमा के भन्छ, हेरौं ।

“तन्मित्रस्य वरुणस्याभिचक्षे सूर्याे रूपं कृणुते द्योरूपस्थे ।

अनन्तमन्यद्रुशदस्य पाजः कृष्णमन्यद्धरितः सं भरन्ति ।।”   –(ऋग्वेद, १। ११५ । ५)

अर्थात् “द्युलोकको काखमा सूर्यदेवको सबैतिरबाट मानिसले देख्न सक्ने रूप प्रकट हुन्छ । त्यो रूप मित्र र वरुणदेवले प्रकट गराउँछन् । सूर्यको किरणले एकातर्फ विश्वमा चेतनारूपी उज्यालो भर्दछ भने अर्कातिर अन्धकार भर्दछ ।”

यस मन्त्रको आशय यो हो कि सूर्यको किरणबाट पृथिवीमा एकातिर उज्यालो हुन्छ भने अर्काेतिर त्यति नै बेला अँध्यारो हुन्छ । यो कुरा त्यतिबेला मात्र सम्भव हुन्छ जब पृथिवी गोलाकार  हुन्छ । अरू कुनै पनि ज्यामितीय रूपको आकारमा यो कुरा सम्भव हुँदैन केवल गोलाकार भएमा मात्र सम्भव हुन्छ । जस्तै– आयताकार, वर्गाकार जस्ता कुनै पनि आकारमा सूर्यको किरणबाट आधी भागमा उज्यालो र आधी भागमा अँध्यारो हुन सम्भव छैन । तर, यदि गोलाकार हुने हो भने मात्र यो सम्भव हुन्छ तसर्थ वेदका अनुसार पृथिवी गोलो छ ।

पुनः भनिएको छ–

एता उ त्या उषसः केतुमक्रत पूर्वे अर्धे रजसो भानुमञ्जते । (ऋग्वेद १।९२।१)

नित्यप्रति यी उषाहरू (सूर्यको किरण) उज्यालो ल्याउने गर्दछन् । त्यस समयमा आकाशको आधा भागमा प्रकाश फैलिने गर्दछ ।

प्रष्ट रूपमा भनिएको छ कि सूर्यको किरण पृथ्वीको आकाशको आधा भागमा मात्र प्रकाशित हुन्छ भन्ने । यसबाट पनि प्रमाणित हुन्छ कि वैदिक शास्त्रानुसार पृथ्वी गोलाकार छ ।

त्यस्तै हामी सबै हिन्दूहरू पृथ्वीलाई अर्को शब्दमा भूगोल पनि भन्छौं जसको अर्थ यसप्रकार छ–

भू– पृथ्वी (भ्बचतज)

गोल– गोलो (च्यगलम)

अर्थात् पृथ्वी गोलो आकारमा छ । 


३. वेदमा खनिज पदार्थ 

“शीला भूमिरश्मा पांसुः सा भूमिः संधृता धृता ।

तस्यै हिरण्यवक्षसे पृथिव्या अकरं नमः । ।” (अथर्ववेद १२।१।२६) ।

अर्थात् “जुन भूमिको माथि धुलो, शीलाखण्ड र पत्थर छ र जसको भित्र स्वर्ण–रत्नादि अमूल्य खनिज पदार्थ छ त्यस्ती धर्तीमातालाई हामी प्रणाम गर्छौं ।”

अहिले विज्ञानले विभिन्न उपकरणको सहायताले जमिनको उत्खनन गरेर विभिन्न खनिज तथा बहुमूल्य धातुहरू प्राप्त गरेको सर्वविदितै छ । 

४. गतिमान् पृथ्वी 

पाश्चात्य वैज्ञानिकले केही सय वर्ष अगाडि मात्र पृथ्वी घुम्छ भन्ने कुरा पत्ता लगाएका थिए तर हाम्रा परमात्माको वचन– वेदले यस तथ्यको उजागर आजभन्दा हजारौं वर्ष पहिले नै गरेको थियो । यो कुरा उनीहरूका लागि नयाँ होला तर हाम्रा लागि हैन ।

“महत् सधस्थं महती बभुविथ महान वेग एजथुर्वेपथुष्टे । महांस्त्वेन्द्रो रक्षत्यप्रमादम् । 

सा नो भूमे प्र रोचय हिरण्यस्येव संदृशि मा नो द्विक्षत कश्चन ।” – अथर्ववेद १२ ।१ ।१८

अर्थात् हे धर्तिमाता ¤ हामी सबैलाई बस्ने वास तिमीले नै दिएकी छ्यौ । त्यसो हुनाले नै तिम्रो निरन्तर उन्नति भइरहन्छ । तिमी जुन गतिले आकाशमा कम्पित हुने गर्दछ्यौ, त्यो गति अत्यन्त तीव्र छ । इन्द्रदेवले (सूर्यरूपी) सतर्कतापूर्वक तिम्रो रक्षा गर्दछन् । तिमी स्वयं नै स्वर्णझंै तेजले सम्पन्न हुनाले हामीलाई पनि तेजसम्पन्न बनाऊ । आपसमा हाम्रो कुनै द्वेषको भावना नहोस्, हामी सबैका प्रिय हुन सकौं ।

“यज्ञ इन्द्रमवर्धयद्यभूमिं व्यवर्तयत । चक्राण ओपशं दिवि ।” 

                                                                –सामवेद, पूर्वार्चिक, २।१।७ । 

अर्थात् “जुन यज्ञ प्रक्रियाले (विराट सृष्टि चक्र) पृथ्वीलाई आकाशमा लट्काएर, घुमाएर राखेको छ त्यस यज्ञले इन्द्रदेवको यशोवर्धन पनि गरेको छ ।” 

त्यस्तै,

“कालेन वातस्पवते कालेन पृथ्वी मही । द्यौर्मही काल आहिता ।।”   

                                                                      – अथर्ववेद १९।५४।२

अर्थात् “कालको प्रेरणाबाट नै वायुदेव प्रवाहित हुन्छन् पृथ्वी गतिमान् हुन्छ । विशाल दिव्यलोक पनि कालमा नै आश्रित छ ।” यसरी पृथ्वीको गतिमय अवस्थाबारे वेदले प्रष्ट भनेको नै छ । 

५. परमाणु सम्बन्धी ज्ञान 

हामी सबैलाई थाहा छ कि परमाणु भनेको त्यस्तो सूक्ष्म चिज हो जसलाई हामी त्यसभन्दा सूक्ष्म चिजमा टुक्य्राउँन सक्दैनौं । तिनै परमाणुहरू मिलेर नै यस पृथ्वीमा अनेक पदार्थहरू बनेका छन् । एउटा रौंमा पनि दसांै लाख कार्बनका परमाणुहरू हुन्छन् । यी तथ्यहरूलाई हाम्रा ग्रन्थहरूमा आदिकाल देखि नै लेखिएको छ ।

परं वा त्रुटेः । ।”   न्याय दर्शन ४ ।२ ।१७

अर्थात् जो नाशभन्दा पर छ† जसलाई अधिक तोड्न सकिदैन र जो सबैभन्दा लघु विभाग छ त्यसैलाई परमाणु भनिन्छ । 

त्यस्तै श्रीमदभागवत महापुराणले पनि प्रष्ट भनेको छ कि,

श्री मैत्रेयजी भन्नुहुन्छ– “विदुरजी पृथ्वी (पदार्थ) आदि कार्यवर्गको जुन सूक्ष्मतम अंश छ र जसको कुनै विभाग हुन सक्दैन तथा जसको कुनै अन्य अणुसँग सम्बन्ध छैन त्यसैलाई परमाणु भनिन्छ । यी परमाणुहरू परस्पर मिलेर नै सम्पूर्ण अवयवहरू बन्ने गर्दछन् ।” (३ स्कन्ध, ११ अध्याय, १ श्लोक) ।

६. वेदको वचन : पानीमा आगो 

वेदले भनेको छ–

“गर्भाे यो अपां वनानां गर्भश्च स्थातां गर्भश्च रथाम् ।

अद्रौ चिदस्मा अन्र्दुरोणे विशां न विश्वो अमृतः स्वाधीः ।।” (ऋग्वेद १।७०।३–४) ।

“यी अग्निदेव जलको गर्भमा, वनको गर्भमा, जङ्कम र स्थावरमा विद्यमान छन् ।”

वेदले त स्पष्टै भनिदियो कि अग्निदेव (याने आगो) पानीमा विद्यमान छन् । यो कुरा शतप्रतिशत सत्य छ र विज्ञानले पनि यसलाई नै प्रमाणित गरेको छ ।

त्यस्तै,

“अप्सु मे सोमो अब्रवीदन्तर्विश्वानि भेषजा । अग्निश्च विश्वशम्भुवम् ।।” –ऋग्वेद १० ।९ ।६ ।

अर्थात् “जलतत्वमा सम्पूर्ण जीवनरस र संसारका लागि सुखकारक (आगो) पनि रहेको छ भन्ने कुराको सङ्गेत सोमदेवले गरेका छन् ।” 

पानीमा आगो कसरी ?

सर्वविदितै छ कि बीजुलीको उत्पत्ति कसरी भएको हो । बीजुलीको उत्पत्ति पानीबाट भएको हो । अर्थात् पानीबाट बीजुली उत्पन्न हुन्छ र बीजुलीबाट आगो उत्पन्न गर्न सकिन्छ । तसर्थ पानीमा आगो विद्यमान छ । 

७. वेदमा प्रकाश संश्लेषण (बिरुवाले खाना बनाउने प्रक्रिया)

वास्तवमा धर्तीमा सूर्यविना कुनै पनि प्राणीहरू बाँच्न सम्भव छैन भन्ने कुरा त सबैलाई थाहा नै छ । हामी मान्छे त बाँच्न सक्दैनौं नै, यहाँतक कि बोट बिरुवाहरू पनि सूर्यविना बाँच्न सक्दैनन् । बिरुवाको खाना बनाउने प्रक्रिया केवल सूर्यबाट मात्र सम्भव छ । सूर्यको उपस्थितिमा नै बिरुवा हुर्कने, बढ्ने, फुल्ने गर्दछन् । यस तथ्यलाई हाम्रो वेदले प्रष्टतया प्रतिपादन गरेको छ । वेदले भनेको छ–

“वि यो वीरुत्सु रोधन्महित्बोत प्रजा उत प्रसूष्वन्तः ।

तित्तिरणां दमे विश्वायुःसद्मेव धीराः संमाय चक्रुः ।।” –ऋग्वेद १ ।६७ ।९ । 

अर्थात् “अग्निदेवले (सूर्य) औषधिमा आफ्नो महत्ता स्थापित गरेका छन् । उनी बोटबिरुवा र फलफूल उत्पन्न गर्छन् ।” 

“सूर्यरश्मिर्हरिकेशः पुरस्तात् सविता ज्योतिरुदयाँ अजस्रम् ।

तस्य पूषा प्रसवे याति विद्वान्सम्पश्यन्विश्वा भुवनानि गोपाः ।।” –ऋग्वेद १० ।१३९ ।१ ।

अर्थात् “हरियो रङ्कको वनस्पति र यसमा आश्रित सबै जीवलाई पोषण गर्ने परम ज्योतिर्मय सूर्यदेव आफ्नो रश्मि पूर्व दिशामा प्रकट गर्छन् ।”

यसबाट सिद्ध हुन्छ कि प्रकाशसंश्लेषण भन्ने कुरा हिन्दूका लागि कुनै नयाँ कुरा हैन । हाम्रा मन्त्रद्रष्टा ऋषिहरूलाई यी सबै कुराको ज्ञान थियो । उनीहरूको नजरमा कुनै पनि कुरा लुकेको थिएन । 

८. रसायन विज्ञान

विज्ञानले भन्छ – जब मेघ गर्जिन्छ तब विद्युत्को प्रभावबाट नाइट्रोजनको उर्वर यौगिक 

(कम्पाउण्ड) बन्छ जसबाट वनस्पतिलाई शक्ति मिल्छ । यही तथ्यलाई वेदले यसरी उल्लेख गरेको छ– 

“अभि क्रन्द स्तनयार्दयोदधिं भूमिं पर्जन्य पईसा समङ्धि । 

त्वया सृष्टं बहुलमैतु वर्षमाशारैषी कृशगुरेत्बस्तम् ।।”  –अथर्ववेद ४ ।१५ ।६ ।

अर्थात् “हे पर्जन्यदेव  गडगडाहटपूर्ण गर्जनाबाट युक्त भएर औषधिरूप वनस्पतिमा गर्भ स्थापित गर्नुहोस् ।”

९. वेदमा गुरुत्वबल 

पृथ्वीले आÇनो गुरुत्व आकर्षण क्षेत्रभित्र कुनै पनि वस्तुलाई आफ्नो केन्द्रतिर आकर्षण गर्ने बललाई गुरुत्वबल भनिन्छ अर्थात् कुनै पनि माथि Çयाँकिएको वस्तु तलतिर झर्नु, मान्छे सिधा उभिएर हिँड्न सक्नु आदि सब पृथ्वीको गुरुत्वबलको कारणले नै हो । 

तर यस्तो महान् विज्ञान हाम्रो वेदमा पहिलेदेखि नै छ । जब हामी प्रश्नोपनिषद्को तेस्रो अध्यायको आठौं मन्त्रको आद्यजगद्गुरु शङ्गराचार्यकृत भाष्य पढ्छौं यसको प्रमाण त्यहीं फेला पर्दछ । त्यहाँ प्रष्ट रूपमा लेखिएको छ–

“तथा पृथिव्यामभिमानिनी या देवता प्रसिद्धा सैषा पुरुषस्य अपानमपानवृतिमवष्टभ्याकृष्य वशीकृत्याध एवापकर्षणेनानुग्रहं कुर्वती वर्तत इत्यर्थः । अन्यथा हि शरीरगुरुत्वात् पतेत् सावकाशे वोद्गच्छेत् ।””

अर्थात् “पृथ्वीमा जो उसको प्रसिद्ध अभिमानी देवता छ (आकर्षण शक्ति) जसले त्यो पुरुषको (वस्तु) अपान अर्थात् अपानवृत्तिको अवष्टम्भ (आकर्षण) गरेर आफ्नो अधीनमा राख्छ । तात्पर्य यो हो कि पृथ्वीले तत्फ्नो केन्द्रतिर आकर्षण गरेर वस्तुलाई स्थिर राख्दछ । हैन भने त यो शरीर आफ्नो भारीपनाको कारणले ढल्थ्यो होला अथवा अवकाश मिल्दाखेरि उड्थ्यो होला ।”

त्यस्तै, पृथ्वीको गुरुत्वबलका बारेमा वैशेषिक दर्शनमा महर्षि कणादले पनि स्पष्ट रूपमा विज्ञानसम्मत ढंगले बताएका छन् । उनी लेख्छन्– 

संयोगाभावे गुरुत्वात्पतनम् ।।” ५ ।१ ।७

अर्थात्, संयोग नहुने हुँदा द्रव्य गुरुत्वको कारणले पतन हुन जान्छ, तलतिर खस्न जान्छ ।

संस्काराभावे गुरुत्वात् पतनम् ।।” ५ ।१ ।१८

अर्थात्, संस्कारको (कउभभम) अभावमा गुरुत्वको कारणले (बाण) तल खस्छ ।

आशय यो हो कि हामीले धनुषबाट बाणलाई अति नै तीव्र गतिमा हान्यौ भने त्यो आकाशमा तबसम्म गइरहन्छ जबसम्म त्यसमा गुरुत्वबलभन्दा बढी शक्ति (वेग) हुन्छ । तर जब त्यसको वेगमा ह्रास आउँछ तब त्यस बाणमाथि गुरुत्वबलको प्रभाव पर्छ र त्यो बाण तल खस्छ । यो विज्ञान सम्मत सिद्धान्त यहाँ प्रकट गरिएको छ ।

त्यस्तै, 

अपां संयोगाभावे गुरुत्वात् पतनम् ।।” ५ ।२ ।३

अर्थात्, जलमा संयोगको अभाव हुँदा गुरुत्वको कारणले जल तलतिर खस्छ ।

तसर्थ गुरुत्वबलको सिद्धान्तको श्रेय केवल न्युटनलाई मात्र दिने र यस्तो किसिमको खोज केवल युरोपेलीहरूको मात्र हो भन्ने आधुनिक लालबुझक्कडहरूलाई यो लेख विशेष गरी पढाउन नभुल्नुहोला ।

१०. पृथ्वी सूर्यको चारैतिर घुम्छ 

यो तथ्य विज्ञानको सबैभन्दा ठूलो उपलब्धि हो कि पृथ्वीले आफ्नो निश्चितबाटोमा घुम्दै सूर्यलाई चारैतिरबाट परिक्रमा गर्दछ । यसलाई विज्ञानको भाषामा हेलियोसेन्ट्रिज्म  पनि भनिन्छ । यो महान् तथ्य सबैभन्दा पहिले निकोलस कपर्निकसले सार्वजनिक गरेका थिए । उनको जीवन–अवधि सन् १४७३ फेब्रुअरी १९– मे १५४३ मानिन्छ । हुन त हाम्रा हिन्दू दार्शनिक भाष्कराचार्यले पनि आफ्नो सूर्यकेन्द्रित सिद्धान्तमा सूर्य नै सबै ग्रहहरूको केन्द्र हो भनेका थिए । तर, त्यसभन्दा पनि पहिले हाम्रो सत्य सनातन वेदले यो कुरा प्रष्टसँग भनिदियो कि पृथ्वीले सूर्यलाई परिक्रमा गर्दछ । 

“मल्वं बिभ्रती गुरुभृद् भद्रपापस्य निधनं तितिक्षुः ।

 वराहेण पृथ्वी संविदाना सुकराय वि जिहीते मृगाय ।।” –अथर्ववेद १२ ।१ ।४८ 

अर्थात् “गुरुत्व आकर्षण शक्ति धारण गर्ने क्षमताबाट युक्त, पुण्यात्मा र पापात्मा दुबै प्रकारका मान्छेलाई सहन गर्दै यो पृथ्वी उत्तम जल दिनुका साथसाथै सूर्यका किरणबाट आफ्नो मलिनताको निवारण गर्दै सूर्यलाई चारैतिरबाट परिक्रमा गर्दछ ।”

वेदको यो मन्त्रले प्रष्टसँग भनेको छ कि पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ । के यति ठूलो विज्ञान अन्त कुनै धर्ममा पाइन्छ  ? यी यावत् कुराबाट यो कुरा सिद्ध हुन्छ कि वेद साक्षात् परमेश्वरको वचन हो । 

त्यस्तै यजुर्वेदले भनेको छ– 

आयं गौ पृश्निरक्रमीदसदन्मातरं पुरः । पितरं च प्रयन्त्वः ।। (३ ।६) 

यस मन्त्रलाई महर्षि दयानन्द सरस्वतीले यसरी अथ्र्याएका छन्– “यो भूगोल (पृथ्वी) पानी सहित सूर्यको चारैतर्फ घुमिरहन्छ ।” 

ज्भष्यिअभलतचष्कm को कुरा गर्दा एउटा विशेष उल्लेख्य कुरा के छ भने कपर्निकस जस्तै महान् वैज्ञानिक ग्यालिलियो पनि पृथ्वी लगायतका अन्य ग्रहहरूले सूर्यको परिक्रमा गर्दछन् भन्ने मान्दथे । जब उनले यस कुराको प्रचार गरे तब ईसाइ चर्च र धर्मगुरु पोपको निर्देशनमा क्ष्लत्रगष्कष्तष्यल ऋयगचत अथवा धर्म निर्णायक समितिले १० वर्षको कठोर जेल सजाय दियो जसकारण उनको मृत्यु जेलमा नै भयो । त्यो धर्म निर्णायक समितिले प्रकाशन गरेको एक प्रतिवेदनमा यस्तो लेखिएको छ–

 ग्यालिलियोद्वारा प्रतिपादित यो विचार कि सूर्य नै सबैको केन्द्र हो र पृथ्वीको चारैतिर घुम्दैन भन्ने कुरा मूर्खतापूर्ण, वाहियात, मत सिद्धान्तको दृष्टिबाट एकदम मिथ्या हो किनकि यो हाम्रो पवित्र धर्मग्रन्थ बाइबलको शिक्षाको सर्वथा विरुद्ध हो ।


दोस्रो विचार कि पृथ्वी केन्द्र हैन अपि तु सूर्यको चारैतिर घुम्छ भन्ने कुरा असङ्कत, दार्शनिक दृष्टिकोणबाट असत्य र कमसे कम धर्म सिद्धान्तको दृष्टिबाट सत्य धर्मको सर्वथा विरुद्ध छ । 


त्यस्तै गरी ग्यालिलियो र कपर्निकसकै कुरालाई समर्थन गर्ने अर्का वैज्ञानिक गिआर्डिनो ब्रुनोलाई पनि रोमको चर्चले १६ फेब्रुअरी १६०० मा शरीरमा तेल छर्केर जिउँदै जलाएर मारेका थिए । चर्च तथा ईसाइहरू सत्य बोल्ने र भन्ने मान्छेमाथि कस्तो व्यवहार गर्थे भन्ने कुरा यसैबाट सिद्ध हुन्छ । तर फेरि अहिले हाम्रो देश नेपालमा यिनै ईसाइ मिसनरीहरू सोझा साझा जनतालाई सबै वैज्ञानिकहरू येसुको भक्त थिए भनेर प्रचार गर्दै हिँडेका छन् र चेतनाहीन नेपालीहरूले त्यसलाई पत्याइ पनि राखेका छन् । यो बडा अचम्मको कुरा छ ।

११. चन्द्रमाद्वारा नै अन्नको वृद्धि 

हामी सबैलाई थाहा भएकै कुरा हो कि हाम्रो जमिनमा फल्ने हरेक अन्न चाहे त्यो धान, गहु, मकै, फलफुलल तथा अरू कुनै पनि चिज होस् त्यस्तो खाने कुरामा रस भर्ने काम चन्द्रमाले गर्ने गर्दछ । चन्द्रमाविना फलफूलमा रस लाग्दैन अन्नमा दाना लाग्दैन । यो तथ्य केही समय पहिले मात्र विज्ञानले प्रमाणित गरेको हो तर हाम्रो वेदले यस तथ्यलाई पहिले नै उजागर गरेको थियो । 

हेरौं,

“उच्चा ते जातमन्धसो दिवि सद्भूम्या ददे । उग्रं शर्म मही श्रवः ।।” –सामवेद, पूर्वार्चिक, ५ ।१ ।१।

अर्थात् “हे सोमदेव चन्द्रमा  तपाईंंको पोषक रसको जन्म द्युलोकमा भएको हो । त्यहाँ प्राप्त हुनेवाला कल्याणकारी सुख र महान् अन्न तपाईंंको कृपाबाट नै हामी पृथ्वीमा पाउछौं ।”

त्यस्तै,

“प्र ते धारा असश्चतो दिवो न यन्ति वृष्टयः । अच्छा वाजं सहस्रिणम् ।।” –सामवेद, उत्तरार्चिक, १९ ।५ ।७ ।

अर्थात्“हे सोमदेव ¤ तपाईंंका अविरल रसधाराहरू प्रचुर अन्न दिनेवाला छन् । जसरी आकाशबाट वृष्टि हुन्छ त्यसरी नै तपाईंंको रसले पृथ्वीमा अन्न (पोषक तत्व ) वृष्टि गर्छ ।”

ल हेर्नुहोस्, प्रष्ट रूपमा भनेको नै त छ नि । के यस्तो विज्ञान अन्य कुनै धर्ममा छ त ? यसरी वेदमा भएका अनेक विज्ञान सम्मत कुराहरूले वेदलाई नै अन्तिम सत्यको रूपमा प्रस्तुत गरेको छ ।

१२. सूर्यका सात विशेष रङ 

सूर्यमा सातथरी विशेष रङहरू हुन्छन् भनेर सबैभन्दा पहिले न्युटनले पृज्मका माध्यमबाट प्रकाश छिराएर वर्णपटमा प्रष्ट पारेका थिए तर यो महान् विज्ञान हाम्रो वेदले पहिले नै उजागर गरेको थियो । हेर्नुहोस् त 

“सप्त त्वा हरितो रथे वहन्ति देव सूर्य । शोचिष्केशं विचक्षण ।।” – सामवेद, पूर्वार्चिक, ६।५।१४।

अर्थात् “हे प्रकाशक सूर्यदेव  तेजस्वी सात रङ्कका सात घोडाले तपाईंंको आकाशमा रथलाई (गति) लिएर जान्छन् ।” यसरी प्रष्ट रूपमा भनेको छ कि सूर्यमा विशेष गरी सात प्रकारका रङ्क हुन्छन् । 

१३. शून्यको उत्पत्ति 

अहिले विश्वमा जति पनि विज्ञानले प्रगति गरेको छ त्यो सब गणितको प्रयोगद्वारा नै हो र गणितको सबैभन्दा मुख्य अङ्ग भनेको नै शून्य हो । यो अङ्ग संसारको हरेक क्षेत्रमा उपयोगमा आउँछ । विज्ञान, प्रविधि, बैंक, दैनिक जीवनको हिसाब किताब आदिमा सबैभन्दा बढी प्रयोगमा आउने अङ्ग नै शून्य हो । यो अङ्गविना अहिले विज्ञानले केही पनि काम नै गर्नै सक्दैन । शून्यविना अहिलेको दुनिया नै अन्धो, लङ्कडो र लाटो समेत हुन्छ ।

हो, यसरी विश्वलाई यो महान् अङ्गको देन नै हाम्रो धर्मको छ । हाम्रो उपनिषत् को एक मन्त्रबाट नै यसको उत्पत्ति भएको हो । सुप्रसिद्ध आर्यभट्टले एक मन्त्रबाट नै यस अङ्गको आविष्कार गरेका थिए । जुन यसप्रकार छ–

“ॐ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते । 

पूर्णस्य पूर्णमादाय पूर्णमेवाद्रवशिष्यते ।।” – बृहदारण्यक उपनिषत्, ५ ।१ ।१। 

अर्थात् “त्यो (ईश्वर) पूर्ण छ । यो (जगत्) पूर्ण छ र पूर्णबाट पूर्ण नै बन्छ । पूर्णबाट पूर्ण लिँदा पूर्ण नै शेष रहन्छ ।” अर्काे शब्दमाभन्दा पूर्णबाट पूर्ण निकाल्दा पूर्ण नै बाँकी रहन्छ । 

हो, यही मन्त्रलाई प्रयोग गरेर आर्यभट्टले शून्य अङ्गको आविष्कार गरेका छन् । उनले पूर्ण भन्ने शब्दलाई नै शून्य (०) अङ्गको वाचक मानेर प्रयोग गरे । अब आउनुस् शून्य (०) अङ्गलाई माथिको सिद्धान्तमा प्रयोग गरेर हेरौं । यहाँ शून्यको अर्थ सापेक्ष हो निरपेक्ष हैन । 

त्यो परमात्मा शून्य (०) छ । यो जगत् पनि शून्य (०) नै छ । त्यस परमात्माबाट यो जगत् निस्केको हो अर्थात् शून्य (०)बाट शून्य (०) निस्केको हो । हामी सबैलाई थाहा छ कि कसैबाट केही निकाल्नुको अर्थ जुन वस्तु छ त्यसबाट केही घटाउनु हुन्छ । ल हेरौं,

 परमात्मा शून्य (०) – जगत् शून्य (०) ऽ शून्य (०) । 

शून्य (०)बाट शून्य (०) घटाउँदा शून्य (०) नै रहन्छ अर्थात् पूर्णबाट पूर्ण घटाउँदा पूर्ण नै रहन्छ ।

तर, २ बाट २ घटाउँदा २ कहिल्यै पनि हुँदैन । ५ बाट ५ घटाउँदा कहिल्यै पनि ५ नै हुँदैन । केवल शून्य (०)बाट शून्य (०) घटाउँदा मात्र शून्य (०) हुन्छ । 

त्यस्तै, जब यो शून्य (०) (जगत्) प्रलयपछि त्यो शून्य (०) अर्थात् परमात्मामा मिल्छ तब पनि त्यो परमात्मा पूर्ण अर्थात् शून्य (०) नै रहन्छ । 

शून्य (०)  शून्य (०) ऽ शून्य (०) । 

शून्य (०) अङ्ग र परमात्माको यो सम्बन्ध माथिको सिद्धान्तमा एकदम फिट भयो । तर माथिको सिद्धान्तमा शून्य (०) का सट्टा अरू अङ्ग प्रयोग गर्ने हो भने कदापि मिल्दैन । यसरी हाम्रो वेदबाट नै शून्य अङ्गको उत्पत्ति भएको प्रष्ट नै भयो । तर, कतिपय खोजकर्ताहरूले आर्यभट्टभन्दा पनि पहिले (२०० द्य।ऋ) मा नै पिङ्कलाचार्यको पिङ्कलच्छन्दशास्त्रले शून्यका बारेमा व्याख्या गरिसकेको बताएका छन् । उनको एक श्लोक छ जसबाट उनले शून्यको परिकल्पना गरेको मानिन्छ–

गायत्रे षड्संख्यामर्धेद्रपनीते द्व्यङ्गे अवशिष्टत्रयस्तेषु 

रूपमपनीय द्व्यङ्गाधः शून्यं स्थाप्यम् । ”

अर्थात् गायत्री छन्दमा एक पदमा छवटा अक्षर हुन्छन् । जब यसलाई आधा गरिन्छ तब त्यो ३ हुन आउँछ । फेरि त्यसबाट १ घटाई २ ले भाग गरे परिणाम १ हुन्छ । त्यसबाट १ घटाउँदा परिणाम शून्य हुन्छ । 

१४. चुम्बकीय धु्रव 

पृथ्वीमा दुईवटा ध्रुवहरू हुन्छन्– एक उत्तरी र अर्को दक्षिणी । यी दुई ध्रुवमा चुम्बकीय तरङ्कग प्रवाहित हुन्छ जसलाई विज्ञानले अहिले प्रमाणित गरेको छ । तर यो विज्ञान हाम्रो वेदमा पहिलेदेखि नै छ ।

“गाव उप वदावटे मही यज्ञस्य रप्सुदा । उभा कर्णा हिरण्यया ।।” –सामवेद, पूर्वार्चिक, २ ।१ ।३ । 

अर्थात् “सूर्यका किरण यज्ञार्थ स्थित छन् र तिनले पृथ्वीलाई यज्ञीय रूप प्रदान गर्नेवाला छन् । ती किरणका दुई छेउ (ध्रुव) चम्किला– चुम्बकीय तरङ्कगले युक्त छन् ।”

यसरी वेदले नै प्रष्ट भनिदियो कि पृथ्वीको दुई ध्रुवमा चुम्बकीय तरङ्क व्याप्त छ । 

१५. गतिमान् सूर्य र चन्द्रमा 

हामी सबैलाई थाहा भएकै कुरा हो कि चन्द्रमाले पृथ्वी र सूर्यको परिक्रमा गर्छ अर्थात् चन्द्रमा गतिमान् छ । विज्ञानले पछिमात्र पत्ता लगाएको यो तथ्य हाम्रो वेदले पहिले नै उजागर गरिसकेको छ । त्यस्तै सूर्य पनि आफ्नो अक्षमा घुम्ने गर्छ र आकाशगङ्काको तारापुञ्जीय केन्द्रको परिक्रमा गर्छ जसलाई कस्मिक वर्ष  पनि भनिन्छ । यसको अर्थ कि सूर्य पनि गतिमान् छ । वेदले के भन्छ–

“चन्द्रमा अप्स्वाँद्रन्तरा सुपर्णो धावते दिवि । ... ” –अथर्ववेद १८ ।४ ।८९ ।

अर्थात् “अन्तरिक्षमा चन्द्रमा र सूर्य दौडिइरहेका छन् ।”

१६. परमाणुबाट नै सब थोक सृजित र नष्ट हुन्छन् पृथ्वी शून्यमा स्थिर छ

अहिलेको विज्ञानले पनि धेरै समयको अभ्यासपछि यो कुरा पत्ता लगाएको छ कि सृष्टिका हरेक वस्तु परमाणुको संयोग र वियोगबाट निर्मित छन् । कुनै पनि वस्तुको संरचना नष्ट हुनु र पुनः नयाँ बन्नुमा परमाणुको नै हात हुन्छ । त्यस्तै अहिलेको विज्ञानले यो पनि प्रष्ट गरेको छ कि पृथ्वी विनाआधार शून्यमा अडिएर रहेको छ । यो विनाआश्रय रहेको छ तर यस्तो महान्, अकल्पनीय तथ्यको परिकल्पना हाम्रो वेदले पहिले नै गरिसकेको थियो ।

“विश्वतश्चक्षुरुत विश्वतोमुखो विश्वतोबाहुरुत विश्वतस्पात् । 

सं बाहुभ्यां धमति स पतत्रैद्र्यावाभूमी जनयन्देवद्र एकः ।।” –यजुर्वेद १७ ।१९ । 

अर्थात् “सर्वत्र आँखावाला, सर्वत्र मुखवाला, सर्वत्र भुजा र चरणवाला ती अद्वितीय परमात्माले आफ्नो भुजाबाट नै पृथ्वी र द्युलोकलाई विना आश्रय (दबकभ) प्रकट गरेर शून्यमा स्थिर गरी राखेका छन् । उनले प्रकृतिका परमाणुको संयोग तथा वियोगबाट नै नवीन संसारको रचना तथा विलय गरी सृष्टिको प्रक्रियालाई सुव्यवस्थित गरेर राखेका छन् ।” 

१७. गुरुत्वाकर्षण 

गुरुत्वाकर्षण वैज्ञानिक आविष्कारको सबैभन्दा ठूलो उपलब्धि हो । विज्ञानले प्रमाणित गरेको छ कि अन्तरिक्षमा स्थित सूर्यले आफ्ना सबै ग्रहहरूलाई आफ्नो आकर्षण शक्तिले गतिशील बनाएको छ र सबैलाई आफ्नो नियन्त्रणमा राखेको छ । यस्तो महान् विज्ञानको आधुनिक खोजकर्ता सर आइज्याक न्युटन हुन् । तर, यस कुराको परिकल्पना हाम्रो वेदले पहिले नै गरिसकेको थियो ।

“सविता यन्त्रैः पृथिवीमरम्णादस्कम्भने सविता द्यामदृंहत् ।” (ऋग्वेद १०।१४९। १) ।

अर्थात् “सृष्टिका उत्पादक सवितादेव (सूर्य) आफ्नो नियन्त्रण साधन (गुरुत्व आकर्षण) का बलले पृथ्वीलाई सुस्थिर पार्दछन् ।” 

“युक्ता मातासीद् धुरि दक्षिणायाः ... ।।” –ऋग्वेद, १ ।१६४ ।९

अर्थात् “समर्थ सूर्यदेवको धारण क्षमतामा (गुरुत्वाकर्षणका आधारमा) पृथ्वी माता अडिएकी छिन् ।” त्यस्तै महर्षि कणाद रचित वैशेषिक दर्शनले पनि गुरत्वाकर्षणको बारेमा स्पष्ट रूपले बताएको छ 

‘तद्विशेषेणादृष्टकारितम् ।’ ५।५।२ अर्थात् पृथ्वीको गतिक्रिया विशेषरूपले अदृष्ट आकर्षण शक्तिको कारणले हो ।

१८. वेदमा जलचक्र 

सबैलाई ज्ञात भएकै विषय हो कि सूर्यको प्रकाशका कारणले गर्दा नै पानी बाफमा परिणत हुन्छ र माथि आकाशमा गएर फेरि पानीको रूप धारण गरेर वर्षा हुन्छ । हो यस्तो महान् प्राकृतिक जलचक्रको वर्णन हाम्रो वेदमा पहिलेदेखि नै छ ।

“समानमेतदुदकमुच्चैत्यव चाहभिः ।

भूमिं पर्जन्या जिन्वन्ति दिवं जिन्वन्त्यग्नयः ।।” (ऋग्वेद, १ ।१६४ ।५१) ।

अर्थात् “जल तातेर माथि उठ्छ र वर्षाका रूपमा तल आउँछ । पानीको वर्षाले जमिन भिज्छ र अग्निले दिव्यलोक सन्तुष्ट बन्छ ।” 

“सूर्यका किरणले जलधारा बग्दछन् ।” (ऋग्वेद १ ।१६४ ।४२)

अपां नपातपवसे सवितारमुप स्तुहि । तस्य वतान्युश्मसि ।। (ऋग्वेद १ ।२२ ।६) 

“हे ऋत्विक् हो ¤हाम्रो रक्षाका लागि तिमीहरू सवितादेव (सूर्य) को स्तुति गर । हामी सवितादेवका लागि सोमयागादि कर्म सम्पन्न गर्न चाहन्छौं । ती सवितादेवले जल सुकाएर फेरि बर्साउँछन् ।” 

नाड्यो वायुसंयोगादारोहणम् ।। (५।२।५)

प्रखर सूर्यकिरण र वायुको संयोगबाट जलबाष्परूपमा माथि उठ्छ ।  

पश्चिमाले भनेको समय नै मान्ने हो भने पनि आजभन्दा पाँच हजार वर्ष अगाडि नै हाम्रो सत्य सनातन वेदले यो कुरा सिद्ध गरिसकेको थियो । तसर्थ सप्रमाण भन्न सकिन्छ कि वेद शतप्रतिशत ईश्वरको वचन नै हो किनकि यति धेरै विज्ञानसम्मत कुरा केवल परमेश्वरको वचनमा नै हुन सक्छ† अन्यत्र हुँदैन । 

१९. दिनमा तारा नदेखिनुको कारण

विज्ञानले यो कुरा प्रमाणित गरेको छ कि दिनमा ताराहरू नदेखिनुको मुख्य कारण सूर्यको प्रकाशले गर्दा हो । सूर्य उदय भएपछि सूर्यको प्रकाश ताराहरूकोभन्दा धेरै मात्रामा पृथ्वीमा आउने भएकाले दिनमा ताराहरू देखिँदैनन् । हो यो विज्ञान हाम्रो वेदले पहिले नै प्रतिपादन गरेको छ ।

“अप त्ये तायवो यथा नक्षत्रा यन्त्यक्तुभिः । सूराय विश्वचक्षसे ।।””–सामवेद, पूर्वार्चिक, ६ ।५ ।७ ।  

अर्थात् “सबैलाई प्रकाश दिने सूर्यदेव उदाउनासाथ रात्री र ताराको समूह चोर लुकेझै लुक्छन् ।” 

२०. वेदमा ओजन तहको ज्ञान 

सूर्यबाट आउने हानिकारक किरणहरूलाई वायुमण्डलमा रहेको ओजन तहको सहायताबाट धर्तीमा आउँन दिँदैन जसका कारण हामी लगायत सम्पूर्ण प्राणीहरू सुरक्षित छौं । यो पृथ्वीको सत्हबाट २५–४० कि.मि उचाइसम्म रहेको तह हो । आधुनिक विज्ञानअनुसार यो समतापमण्डल अन्तर्गत पर्दछ । यो तहले सूर्यबाट निस्केको घातक परावैजनी किरणलाई सोसेर पृथ्वीमा जीवहरूको रक्षा गर्दछ । पृथ्वीको यो सुरक्षाकवचका बारेमा हाम्रो वेदमा पहिलेदेखि नै परिकल्पना छ ।

“इयं मही प्रतिगृहृणातु चर्म पृथ्वी देवी सुमनस्यमाना । अथ गच्छेम सुकृतस्य लोकम् ।।” 

–अथर्ववेद, ११ ।१ ।८

अर्थात्“यो विस्तृत देवीस्वरूप पृथ्वी शुभसङ्गल्पबाट युक्त भएर चर्मरूपी ढाल (ओजन तह) आफ्नो संरक्षणका लागि धारण गर्छिन् जसबाट हामी पुण्यलोकलाई प्राप्त गर्छौं ।”

हेरौं,कस्तो प्रष्टसँग भनिदिएको छ । यस्तो महान् छ हाम्रो वेद 


श्रोत: विज्ञान को नजर मा वेद र वाइवल