शेक्सपिएरको घरमा रामायण वाचन
समसामयिक

शेक्सपिएरको घरमा रामायण वाचन


लण्डन/वेलायत

विश्वविख्यात साहित्यकार विलियम शेक्सपिएरको घरमा रामायण वाचन भएको छ । संभवत यो पहिलो घटना हो । अन्तराष्ट्रीय नेपाली समाजद्धारा लण्डनमा आयोजित छैटौँ सम्मेलनमा विशेष अतिथी बन्नुभएका  नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ सहितको नेपाली टोलीले लण्डनस्थित शेक्सपिएरको घरको आगनमा नेपाली रामायण वाचन गरेका हुन । साथै प्रा डा. जगमान गुरुङको नेत्यृत्वमा साहित्यकार शेक्सपिएरको घरको आगनमै नाट्यमन्चन समेत गरिएको थियो । सम्मेलनका उपस्थित सहभागीहरुले घरको दैलो अगाडी श्रीमन्नारायणको भजनको तालमा नृत्य समेत गरेका थिए । 

प्रा.डा. जगमान गुरुङले लण्डनको ग्रिनविच घडिको अगाडी बसेर ध्यान समेत गर्नुभएको थियो । प्रा.डा. नेपालको साहित्य, संस्कृती , धर्म, इतिहासका एक मुर्घन्य विद्धान हुनुहुन्छ । उहाँको हरेका प्रवचन र विचारहरु हाम्रा लागी अथाह ज्ञानको भण्डार हुन्छ । 

श्रोत: डा. जगमान गुरुङ