राजसंस्थाको पक्षमा विशालप्रदर्शन
समसामयिक

राजसंस्थाको पक्षमा विशालप्रदर्शन


आज राजधानीमा राजतन्त्रको पक्षमा विशाल आन्दोलन  भयो।विभिन्न धार्मिक संघसंगठनहरुको सामुयिक उपस्थितिमा हजारौं नेपालीहरु एकजुट भई आन्दोलनमा सरिक भएका हुन्। आन्दोलनमा अधिकांस युवा अनुहारहरु देखिएको थियो। गणतन्त्र मुर्दावाद, संघियता खारेज गर, हिन्दूअधिराज्य कायम गर र राजतन्त्र जिन्दावाद लगायतका नारा लगाइएको थियो। माइतीघर मण्डलाबाट शुरुवात भएको बिरोध प्रदशन, वानेश्वर सम्म पुगेर कोणसभामा टुङ्गिएको थियो।  प्रदशनकारीहरु राजारानीको तस्विर सहितको टिसर्ट र ब्यानर बोकेर सहभागी भएका थिए।  

हिन्दू युवा संयोजन नेपालका बादल दाहाल क्षत्रिले यतिबेला सबै हिन्दूवादी संघसंगठनहरु एकजुट हुनुपर्ने बेला आएको बताउनु भयो । उहाँ भन्नुहुन्छ अहिले पनि नजुटने हो भने देशको भविष्य झन् झन् बर्बाद हुदै जाने प्रष्ट छ।

राजसंस्थावादिहरुको निरन्तर आन्दोलन हुन थालेपछि केहि कट्टर गणतन्त्रवादीहरु तर्सिन थालिसकेको जानकारहरु बताउछन।  राजाबादीहरु बर्तमान व्यवस्थालाई बिदेशीको इशारामा देशको  धर्म संस्कृति मास्न र नेपालको राष्ट्रिय एकता खल्बल्याई विदेशीको रणभूमि बनाउन योजनासहित ल्याईएको बताइरहेका छन्।  गणतन्त्रवादीहरु भने राजावादीहरुको आन्दोलनलाई "पंचे" र "मण्डले" जस्ता आरोप लगाइरहेका छन् ।  

देशमा बढिरहेको भ्रष्टाचार, व्यथिती, अशान्ति र धर्म संस्कृति प्रतिको निरन्तर आक्रमण आदिका कारण यो व्यवस्था प्रति युवाहरु विशेष रुपले असन्तुष्ट हुदै आएका छन्। विश्लेषकहरु र देशको स्वाभिमान र अस्मितामा समेत आंच आएको बताइरहेका छन्। नेपालको भुरणनैतिक अवस्थाका कारण पनि एक स्थायी शक्ति (राजसंस्था) चाहिने रहेछ भन्ने कुरा राजनीतिक दलका नेताहरुले समेत स्वीकार गरिसकेका छन्।  

राजसंस्था वादीहरुले आरोप लगाए जस्तै गणतन्त्र र धर्मनिरपेक्षता नेपालीको चाहना भन्दा पनि पश्चिमी रास्ट्रहरुको ईच्छा अनुसार आएको भनिरहेका छन् । 

 विभिन्न घटनाहरुले पनि यसलाई प्रष्ट परिरहेको छन्।  बर्तमान प्रधानमन्त्री खड्क प्रसाद ओली समेत संघियताको पक्षधर होइननन भन्ने कुरा उहाँको विभिन्न अन्तर्वार्ता र भाषणहरु  मार्फत पुष्टी भईसकेको छ।पुर्व प्रधानमन्त्री शुशिल कोइरालले पनि "धर्मनिरपेक्ष भएको आफुलाई पत्तै नभएको" बताउनु भएको थियो।  यी दुई प्रधनामंत्रिहरुको भनाईहरुबाट पनि संघियता र धर्मनिरपेक्षटको जग हाल्ने नेपाली नभएर बिदेशिहरुनै रहेछन भन्ने स्पस्ट हुन्छ।  त्यसैले पनि राजसंस्थावादिहरु गणतन्त्र मुर्दावाद मात्र भनिरहेका छैनन्, यसलाई विदेशीले थोपरिदिएको व्यवस्था भनिरहेका छन्।  सत्ताशिन नेता तथा कार्यकर्ताहरुले पनि यो कुरा स्वीकार गरेका छन्।  

पछिल्लो समय देशैभरि संबैधानिक राजसंस्थाको पक्षमा आन्दोलनहरु हुन थालेका छन्।  अधिकांस आन्दोलनहरु युवाहरुलेनै नेतृत्व गरिरहेका छन्।