हिन्दू युवा संयोजनले छ महिनामा के-के गर्यो ?
समसामयिक

हिन्दू युवा संयोजनले छ महिनामा के-के गर्यो ?


मौलिक धर्म संस्कृतिको जगेर्ना गर्ने हेतुले गठन गरिएको "हिन्दू युवा संयोजन नेपाल" एक शशक्त देशभक्त धार्मिक संगठन हो। देशभक्त युवाहरुलाई एक ढिक्का बनाएर राष्ट्रहितका लागि काम गर्नु यसको प्रमुख लक्ष हो। ६२-६३ को परिवर्तन संगै देशमा स्वतन्त्रता र अधिकारको नाममा समाज भाडने काम भईरहेको छ। धर्म परिवर्तनलाई राज्यद्वारा स्वीकृति दिईएको छ।  राज्य संयन्त्र धर्म परिवर्तनका घटनाहरुमा मौन रहदै आएको छ, जसका कारण देशका केहि मौलिक संस्कृतिहरु लोप हुने अवस्थामा समेत पुगिसकेका छन्। हिन्दू किरात, बोन प्रकृति पुजक सबै एकसाथ मिलेर बसेको समाजमा धर्म परिवर्तन संगै मनमुटाव शुरुवात भएको छ। गुम्बा तथा मन्दिरहरुमा तोडफोड हुन थालेका छन्।  कतै फाल्गुनन्द र यलम्बरको सालिक फोरिदै छ भने कतै पृथ्वी नारयणाको शालिक फोरिदै छ, अपमानित गरिदै छ ।पुजारी कुटिने र मारिने घटनाहरु सामान्य बन्दै गएको छ।  राष्ट्रिय एकताका प्रतिकहरु माथि आक्रमण भईरहेको छ। 


यस्तो अवस्थामा देशका सचेत युवाहरु एकजुट भएर मातृभूमिको रक्षा गर्न एकढिक्का हुनुपर्ने देखिन्छ।  यदि वर्तमान युवा पुस्ताले देश धर्मको अस्मिता जोगाउन योगदान नगर्ने हो भने निकट भविष्यमा नेपालको मौलिक पहिचान समाप्त हुन् धेरै समय लाग्ने छैन।  त्यसैले यस संगठन बिगत लामो समय देखि विभिन्न गतिबिधि गर्दै जनचेतनाका आवाजहरु बुलन्द गर्दै आइरहेको छ। युवा पुस्ताले देश धर्म जोगाउन आ-आफ्नो स्थानबाट एकजुट भएर काम गर्नुपर्छ, यसका लागि हिन्दू युवा संयोजनले युवाहरुको लागि साझा चौतारीको रुपमा भूमिका खेल्ने संगठनका संयोजक श्री अभिषेक जोशीले बताउनु भयो। विस २०६८ देखि निरन्तर धर्म परिवर्तनका मुद्दाहरुमा काम गर्दै आएको यस संगठनले पछिल्लो समय सामाजिक काम जस्तै गरिब दुखिलाई आर्थिक सहयोग गर्ने जस्ता कामहरुमा पनि अग्रसर हुदै आएको छ।




यस्ता छन हिन्दू युवा संयोजनले विगत छ महिनामा गरेका कामहरुको विवरण 


आर्थिक सहयोगका कामहरु: ब्लड क्यान्सरबाट बाट पिडित  तेज प्रसाद अधिकारीका पुत्र सत्या अधिकारीको उपचारका लागि हिन्दू युवा संयोजनको कोरिया प्रमुख अर्जुन पौडेल तथा नेपालको कमिटिको पहलमा रु ७० हजार नगद आर्थिक सहयोग गर्यो।  त्यस्तै अर्का ब्लड क्यान्सर पिडित नुवाकोट घर भई गलेस्वर धाममा संस्कृति अध्यन गर्दै गरेका कुइकेलको पनि स्वाथ्य उपचारको लागि हिन्दू युवा संयोजनको पहलमा नगद रु २० हजार आर्थिक सहयोग गर्यो। गत भाद्र महिनामा एसिड आक्रमण बाट पिडित पवित्रा कार्कीको स्वास्थ्य उपचारका लागि नगद रु १५००० रुपैया सहयोग गर्यो।  यस्ता अन्य थुप्रै कार्यहरुमा हिन्दू युवा संयोजन अग्रपंतिमा रहेर आर्थिक सहयोगका काम गर्यो।  




ईसाइको आतंक बाट पिडित गाउलेको उद्दारका लागि पहल
: हिन्दू युवा संयोजनको पहलमा ललितपुर जिल्ला स्थित झरुवा भन्ने स्थानमा इसाइहरुको बढदो सक्रियता र हिन्दू समुदाय प्रतिको अत्याचारका बिरुद्ध आवाज उठाउने काम भयो। झरुवा स्थिति संतानेश्वर मन्दिर नजिकको गाउँमा ५-७ ओटा हिन्दू घर परिवारलाई इसाइहरुले बन्धक बनाउने प्रयास गरेका थिए।  ईसाईहरुले हिन्दूहरुका घर वरिपरिका जग्गा जमिन किनेर चारै तिर फलामे काढे तार लगाएर घेराउ गर्ने काम गरिरहेका थिए। सोहि स्थानमा एक इसाई चर्च पनि रहेको र चर्च मार्फत हिन्दूहरुलाई धर्म परिवर्तन गर्न दवाव समेत दिइरहेका रहेछन।  


पिडित गाउँलेहरुको उद्दार तथा न्यायको लागि संघठनका संयोजक अभिषेक जोशीले आफ्नो समुहका युवा साथीहरु सहित निरन्तर आवाज उठाए।  पिडित गाउलेहरुको आत्मबल बढाउन तथा घटनाको वस्तुस्थिति बुझ्नको लागि झरुवामै गएर गाउलेहरु संग भेटघाटका कार्यक्रम भयो।  साथै सोहि गाउँमा धर्म परिवर्तन गराउन आग्रसर ईसाई पास्टर संग बहस गरि धर्म परिवर्तन जस्तो घृणित कार्य बन्द गर्न आग्रह समेत गर्नुभयो।  


धर्म परिवर्तन बिरुद्ध निरन्तर आवाज: सामाजिक संजाल,युटुब, राष्ट्रिय टेलिभिजन तथा पत्र पत्रिका मार्फत निरन्तर आवाज बुलन्द गर्ने काम भयो।  करिब ५०-६० वटा जति भिडियो अन्तर्वार्ता मार्फत इसाइको काला कर्तुतहरुका बारेमा भण्डाफोर गर्ने काम भयो।  धर्म परिवर्तन विरुद्धका साथसाथै मौलिकताको प्रचारका लागि दर्जनौ लेख रचनाहरु प्रकाशित भए। जसले देश धर्म र राष्ट्रियतलाई बलियो बनाउन धेरै हदसम्म काम गर्यो।  अभियानका तर्फबाट प्रकाशित लेख रचना र भिडियो ब्लगकै मार्फत धेरै युवाहरु प्रशिक्षित हुने मौका पाए।  


सिमाना अतिक्रमण बिरुद्ध: राष्ट्रियताको सवालमा नेपालमा सधै पेचिलो बन्ने विषयहरुमा सिमाना अतिक्रमण पनि एक हो।  बिगत लामो समय देखि भारतको तर्फबाट धेरै सिमाना अतिक्रमणका घटनाहरु भईरहेका छन्। पछिल्लो समय चीनको तर्फबाट पनि सिमाना अतिक्रमण हुन थालेका छन्।  लिपुलेखको बिसयमा चीनले भारतलाई देखाएको मौन समर्थन पनि नेपालको लागि घातकनै छ।  हुम्ला जिल्लाको बिसय र अन्य विभिन्न स्थानमा चीनको पनि आँखा नगडेको होइन।  त्यसैले हिन्दू युवा संयोजनले सिमाना अतिक्रमणको बिरुद्ध थुप्रै बिरोधका कार्यक्रमहरु गर्यो।  बहस अन्तरक्रियाका कार्यक्रम  पनि गर्यो।  चिनिया नागरिकद्वारा नेपाली सुरक्षाकर्मी कुटिएको घटनामा पनि हिन्दू युवा संयोजनले कडा प्रतिक्रिया दिएयो थियो।  



असमान सन्धि सम्झौता बिरुद्ध:
एमसीसी जस्ता राष्ट्रघाती असमान संझौताको बिरुद्ध हिन्दू युवा संयोजनले थुप्रै कार्यक्रमहरु गर्यो। सडकमा दर्जनौ बिरोध कार्यक्रमहरुमा उपस्थित जनायो भने, यस रास्ट्र राष्ट्रघाती संझौताको बिरुद्ध दर्जनौ अन्तर्वार्ता र लेखहरु मार्फत नेपालीलाई शुसुचित गराउने काम गर्यो।  

नेपालको अस्थिर राजनीतिक प्रणालि र गरिबीको अवस्थालाई सदुपयोग गरि शक्ति राष्ट्रहरुले आफ्नो भूमिका स्थापित गर्न अनेकौ असमान सन्धि संझौता गर्दै आएका छन्।  त्यस्तैमा एमसीसी पनि एक हो।  


देश दौडाहा तथा जनचेतना कार्यक्रम: संघठन विस्तार तथा जनचेतना फैलाउन धादिंग, गोरखा, कास्की (पोखरा) लगायत जिल्लाहरुमा हिन्दू युवा संयोजन पुग्यो भने, पछिल्लो केहि हप्ता यता संघठनका संयोजक अभिषेक जोशी सहितको टोलि तराईको भ्रमण सकेर सुदुर पश्चिमाञ्चलको भ्रमण गर्न पुग्नुभएको छ।  धनुषा, सप्तरी, सिरहा हुदै भैरहवा जिल्लाका विभिन्न गाउँ तथा शहरको भ्रमण भयो।  भ्रमणका क्रममा जनकपुरका युवाहरुका साथमा राष्ट्र राष्ट्रियता र धर्मको बारेमा प्रशिक्षण कार्यक्रमहरु भए। जनकपुरको क्षिरेश्वर महादेव मन्दिर, क्षिरेश्वर महादेव नगरपालिकामा केहि दिन बसेर स्थानीय युवाहरु संग देश धर्मको बारेमा छलफलहरु भयो। भ्रमणका क्रममा गाउँका मानिसहरुसंग अन्तरक्रियाका दर्जनौ कार्यक्रमहरु सम्पन्न भए।  


पश्चिमको नेपालगंज, धनगढि र कन्चनपुरमा करिब हप्ता दिन लामो कार्यक्रमहरु भए।  त्यहाका स्थानीय समाजसेवी, पत्रकार, र युवा साथिहरुसंग अभिषेक जोशीले अन्तरक्रिया गर्नु भयो।  बिद्यालयहरुमा देश धर्म र राष्ट्रियताका बिसयमा बिद्यार्थीहरुलाई जागरुक बनाउनु भयो।  साथै नेपालगंज स्थित बागेश्वरी मन्दिरको ढोका खोल्न र पुजा अर्चना निरन्तर गर्न गराउन प्रशाशन संग अपिल गरियो।  हिन्दू राज्यको मागका लागि धनगढिमा आयोजित र्यालीमा सहभागी जनाइयो।  बर्दियाको ठाकुरद्वराका स्थानीयहरू संगको कार्यक्रम बिशेष रहयो।  स्थानियहरुले अभिषेक जोशिसंगको अन्तरक्रिया कार्यक्रमलाई बिशेष महत्व दिए ।  


गत हप्ता मात्रै स्थानिय निङ्लाशैनी एफएम  बैतडी, बेलाैरी एफएम  कञ्चनपुर र दिनेश एफएम कैलाली आदिमा अन्तर्वार्ता र बहस कार्यक्रम सहभागी हुनुभयो। यस्ता अन्तर्वार्ताहरु मार्फत पनि जनताहरुलाई शुसुचित गराउने काम भयो।  भ्रमणका क्रममा स्थानीय मठ मन्दिर हरुको सरसफाई गर्ने जस्ता सिर्जनात्मक कामहरु पनि भए।  अहिले पनि अभिषेक जोशी देश दौडाहाको क्रममा सुदुर पश्चिमकै गाउ घरमा व्यस्त हुनुहुन्छ।  


यसका साथासाथै  हिन्दू युवा संयोजनले विभिन्न कार्यक्रमहरु अगाडि सारेका छन्।  देश धर्मको लागि निरन्तर आफु साफ्नो संघठन लागिपरिरहने संयोजक श्री  अभिषेक जोशीले बताउनु भयो।  

जय गोरख।  जय भवानी।