हिन्दू युवा संयोजन पाल्पा द्वारा रांके जुलुस
समसामयिक

हिन्दू युवा संयोजन पाल्पा द्वारा रांके जुलुस


स्वराष्ट्र, स्वधर्म,स्वाभिमान र स्वतन्त्रताको मूल सिद्धान्त सहित निरन्तर मातृभूमिको सेवाको लागि समर्पित हिन्दू युवा संयोजन पाल्पाले रांके जुलुस सहित प्रदर्शन गरेको छ। अभियानका पाल्पा संयोजक श्री दयाराम ढकालको संयोजकत्वमा भएको कार्यक्रममा नेपालकोे मौलिक संस्कृतिको संरक्षण, धर्म परिवर्तन तथा जातिय विभेद विरुद्ध एवम् समसामयिक संकटको विरोध गरिएको छ। युवाहरुले भ्रस्टाचारको बिरोधमा  १० अर्बको हिसाब खोइ जस्ता नारा समेत लगाएका थिए ।


हिन्दू युवा संयोजन पाल्पाका संयोजक श्री दयाराम ढकालले पाल्पा जिल्लालाई धार्मिक जागरण अभियान सञ्चालन गरी धर्म परिवर्तन निशेधित छेत्र घोषणा गर्ने बताउनु भयो । युवाहरुको व्यापक उपस्थिती भएको युक्त बिरोध प्रदशनमा युवाहरु अत्यन्त उत्साहित देखिन्थे । प्रदशनमा उपस्थित युवाहरुले निकट भविश्यमा पनि यस्तै जागरणका गतिबिधी निरन्तर जारी राख्ने प्रतिबद्धता जनाए । 


पछिल्लो समय राजनैतिक आवरणमा निरन्तर हिन्दू धर्म र वैदिक सभ्यता माथी प्रहार भैरहेको छ । विशेषत २०६२/६३ को राजनैतिक परिवर्तन पछी धर्म परिवर्तनकारी हरुलाई राज्यले विशेष सहयोग गरी विदेशी बिधर्मी विचारहरु फैलाउने र नेपालको मौलिक धर्म संस्कृतिहरु दवाउने काम भएको छ । देशमा हिन्दू अधिराज्य पुन:स्थापना गर्ने तथा मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्य सहित  सयौ हजारौ धार्मिक समुहहरु गठन भएका छन । तर सबैमा स्पष्ट कार्यनितीको अभाव देखिन्छ । हिन्दू युवा सम्योजन अभियान एक त्यस्तो अभियान हो, जुन जुझारु देशभक्त युवाहरु द्वारा नै गठन भई सञ्चालनमा आएको धार्मिक समुह हो । यस समुहको देसका बिभिन्न स्थानमा छेत्रीय सँगठनहरु गठन भैसकेका छन ।