धार्मिक अतिक्रमण बिरुद्ध हिन्दु युवा संयोजन अभियान
समसामयिक

धार्मिक अतिक्रमण बिरुद्ध हिन्दु युवा संयोजन अभियान


धादिङ जिल्लामा पहिलो पटक धर्म परिवर्तन बिरुद्ध युवाहरु एक भई अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेका छन । एक दिने उक्त धार्मिक अन्तरक्रिया कार्यक्रममा बिभिन्न क्षेत्रका सय भन्दा बढि युवाहरुले उपस्थिति जनाए । प्रमुख वत्ताका रुपमा हिन्दु युवा संयोजन अभियानका संयोजकले पछिल्लो समय देशमा भैरहेको धार्मिक अतिक्रमण र उनिहरुको रणनैतिक उद्देश्यहरुका बारेमा बताए भने सदस्यहरु, विकास अधिकारी ,  विश्व प्रकास र रोशन लगायतले विश्व इतिहासमा भएका इसाइहरुको आतंक र द्धन्दहरुको बारेमा स्पष्ट पारे । सहभागी उत्साही युवाहरुले आफ्नो क्षेत्रमा भइरहेको धर्म परिवर्तनको अवस्था बारे बताए । धादिङमा गरिब निमुखा जनताहरुलाई केहि सामान्य प्रलोभनमा धर्म परिवर्तन गरिदै आएको, रोक निको हुन्छ भन्ने भ्रम फैलाएको र हिन्दु देवताहरुको अपमान गर्दै धर्मान्तरण गरि फसाएको बारेमा युवाहरुले विस्तृत अन्तरक्रियामुलक छलपल गरे । 
धादिङ जिल्लामा गई त्यहाँका युवाहरुसंग अन्तरक्रिया गरि फर्केका यसै अभियानका संयोजक अभिषेक जोशीलाई हामिले प्रश्न गरेका थियौ, यस्ता अन्तरक्रिया कार्यक्रमको आवश्यकता किन पर्यो, र धादिङमै किन जानुपर्यो उहाँ भन्नुहुन्छ "पछिल्लो समय नेपालमा भैरहेको क्रिश्चियन अतिक्रमण र धार्मिक स्वतन्त्रताको नाममा गरिदै आएको गलत कार्यको बारेमा युवाहरुलाई शुशुचित गर्न तथा जागरुक गराउन यस्तो अन्तरक्रियाको आवश्यकता परेको हो  । नेपालमा अहिले इशाइकरणको बोलबाला  छ, सरकारी प्रशाशनिक देखि सामाजिक संस्थाहरुका माध्यमबाट हिन्दुहरुमाथी चौतर्फी आक्रमण भैरहेको छ । यदि यसलाई नरोक्ने हो भने नेपाल छिट्टै विखण्डनको बाटेमा लाग्ने छ । इसाइहरुलाई हर कुनै तरहले नेपाललाई छिन्न भिन्न पार्नुपरेको छ, हाम्रो संस्कृती र सामाजिक सदभाव विथोल्न परेको छ, त्यसैले उनिहरु जसलाई जसरी धर्मान्तरण गर्न सकिन्छ, त्यहि चालबाजि गरेर सोझा तथा गरिब नेपालीको संवेदना माथी खेलबाड गर्दै धर्मान्तरण गरिरहेका छन । धर्मान्तरणमा सबैभन्दा अगाडि धादिङ जिल्ला पनि एक भएको र त्यहाँका पिडित हिन्दुहरुको आग्रहमा अन्तरक्रिया गरेको जोशीले बताए । "

"धार्मिक सहिष्णुता सहित हजारौ वर्ष देखि मिलेर बसेका नेपालीहरु लाई निरन्तर फुटाउने काम भयो, नेपाललाई धर्म निरपेक्षताको आडमा देशको मौलिकता र यसको गरिमा नष्ट गर्न क्रिश्चियनहरु लागीपरे । त्यसैले अब युवाहरु आ आफ्नो ठाउबाट उठनुपर्छ",  अभियानका महासचिव रोशन नेपालले बताए । उहाँ भन्नुहुन्छ, नेपाल संसारकै प्राचिनतम देश हो, जती पुरानो हाम्रो हिमाल र यसको उचाई छ, त्यो भन्दा पुरानो हाम्रो धर्म संस्कृती छ । यसको संरक्षण हाम्रो कर्तव्य हो । नेपालले भने विगत केहि दशकबाट भैरहेको क्रिश्चियन आतंकलाई बेलैमा नरोक्ने हो भने देश सार्वभौम र अखण्ड देख्न मुश्किल छ, बुद्ध भुमीको रुपमा परिचित यस शान्तिक्षेत्रमा द्धन्दको सम्भावनालाई बेलैमा रोक्नु पर्छ र यसका लागी हरेक क्षेत्रबाट युवाहरु नै एक हुनुको विकल्प छैन, उनले भने ।  

देशमा भैरहेको धार्मिक विकृती र विशंगतीको विरुद्धमा आवाज उठाउने यस अभियानको प्रमुख उद्देश्य रहेको अभियान कर्ताहरुको जिकिर छ । नेपालका गाउ गाउँमा भइरहेको धर्म परिवर्तन (इसाईकरण) ले देशको मौलिकता नष्ट गर्ने र राष्ट्रियता कमजोर बनाउने काममा उद्धत छ । क्रिश्चियनहरुको यसमा ठुलो लगानी रहेको छ । उनिहरु जसरी भएपनि नेपालको मौलिक धर्महरु हिन्दु, बौद्ध, बोन किरात आदीलाई समुल नष्ट गर्न चाहन्छन । देशको धर्म संस्कृती, इतिहास, यहाँको मौलिक विशेषताको राम्ररी अध्ययन गरेका केहि शिक्षित तथा देशभक्त युवाहरुको समुह हिन्दु युवा संयोजन अभियान  भएको अभियनका एक सदस्य केदारमणी खनालले बताए । उनि भन्छन, देशमा धार्मिक जागरण फैलाउने, मौलिकताको रक्षा गर्ने र यहाँको मौलिकता विरुद्ध लाग्नेहरुको विरुद्ध एक ढिक्का हुनका लागी हिन्दु युवा संयोजन अभियान हिन्दुयुवाहरु जोडिन सक्ने एक शशक्त माध्यम हो । 

नेपालमा धर्म परिवर्तनको अवस्था
विगत १०-१५ वर्षयता क्रिश्चियनहरु नेपालको मौलिक धर्म संस्कृती नाश गर्न उग्र रुपमा लागेका छन । केहि खास राजनैतिक र रणनैतिक महत्वका उद्देश्यहरु पुर्ती गर्नका लागी पश्चिमाहरु नेपालमा वाइवल र क्रिश्चियन धर्मको माध्यम अपनाउदै आएका छन । 

नेपालका क्रिश्चियनहरुको संचालनकर्ता, लगानीकर्ता पश्चिमा राष्ट्रहरु र अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु हुन । नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गराउनमा पनि अन्तराष्ट्रिय गैरसरकारी संस्था विशेष गरेर संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन र केहि पश्चिमा मुलुकको प्रत्यक्ष लगानी, सल्लाह सुझाव र दबावमा वैदिक मुल र सभ्यताको जननीको रुपमा परिचित संसारको एकमात्र हिन्दु देशको अस्मिता लुटिएको हो  । धर्म परिवर्तनको बाटो सहज बनाउनका लागी नै नेपाललाई बदनियतपुर्ण ढंगबाट धर्म निरपेक्ष घोषणा गरिएको हो भन्नेमा स्पष्ट भइसकेको छ । जनसंख्याको बृद्धिदर भन्दा क्रिश्चियन धर्ममा बढेको जनसंख्या कैयौ गुणा धेरै छ । नेपालका क्रिश्चयन अगुवाहरुका अनुसार करिव ३० लाख भन्दा धेरै क्रिश्चियनहरु भइसकेको दावी गर्दछन । नेपाल सरकारको जनगणना २०६८ का अनुसार १.४ प्रतिशत भैसकेको छ, जवकी पञ्चायतकालीन समयमम्म केहि हजारमात्रमा सिमित क्रिश्चियनहरु २० - ३० वर्षको अवधीमा कसरी लाखौको संख्यामा पुगे भन्नेमा अवश्य पनि यसमा ठुलै लगानी र धार्मिक अतिक्रमणको अनुहार देख्न सकिन्छ ।


प्रोजेक्ट जेसुवा टु अन्तर्गत नेपालका चेपांग जाती संकटमा पुगिसकेको छ । यस प्रोजेक्टको उद्देश्य कुनै खास जाती तथा समुदायलाई पुर्ण रुपमा क्रिश्चियन बनाउनु हो । अहिले नेपालका ८० प्रतिशत चेपांगहरु क्रिश्चियन भैसकेको विश्लेषकहरु बताउछन । केहि वर्षयता साउदी अरव मार्फत तराईका सिमा क्षेत्रमा व्यापक मस्जिद र मदरसा हरु खुलेका छन । अनकन्टार पहाडी भेगमा पनि मदरसा र मस्जिदहरु खोलिएका छन । वास्तवमै नेपालको मौलिकता नष्ट गर्नमा इसाई (क्रिश्चियन) र मुश्लिम दुवै लागीपरेका छन । 

त्यसैले विगतमा भारतमा जे भयो, अफ्रिकामा जे भयो र आधा संसारमा द्धन्दको बिज कसरी रोपियो, यसको अध्ययन गरेका र बुझेका नेपालीहरुले सोहि कुरा नेपालमा नदोहोरिएको नै जायज होला !