चिनको दादागिरी प्रती हिन्दू युवाको आक्रोश
समसामयिक

चिनको दादागिरी प्रती हिन्दू युवाको आक्रोश


काठमाडौ, १८  वैशाख,


हिन्दू युवा संयाेजन नेपालले चिनियाँ नागरिक विरुध्द शान्तिपूर्ण प्रदर्शन गरेकाे छ । महासचिव राेशन नेपालकाे संयाेजनमा गाे ब्याक चाईनिज (Go Back Chinese) लेखिएको प्लेबार्ड बाेकेर काठमाडौंकाे सिफल क्षेत्रमा प्रदर्शन गरिएको थियाे सिंहदरबार जस्ताे प्रदर्शन निषेधित क्षेत्रमा जबरजस्ती घुसपैठ गरेर चिनियाँ नागरिकले केही दिन अगाडि नेपाल प्रहरीमाथि हातपात गरेका थिए ।

कुनै पनि सार्वभौम देशकाे संवेदनशील क्षेत्रमा घुसपैठ गर्नु अाफैँमा जघन्य अपराध हाे भन्दै महासचिव राेशन नेपालले साे कार्यमा संलग्न सबैलाई नेपाल सरकारले कडा भन्दा कडा कारवाही गर्नुपर्ने बताए लकडाउनलाई पुर्ण पालना गर्दै प्रदर्शन गरिएको थियाे ।