इस्कोन एक बिधर्मीहरुको भिड
समसामयिक

इस्कोन एक बिधर्मीहरुको भिड


अचेल शहर बजारका मानिसहरु इस्कोन बन्न थालेका छन । धर्मान्तरण गरेर हिन्दु, बौद्ध आदिबाट क्रिश्चियन (इसाई) भएको जस्तै अन्य धर्मबाट इस्कोन हुने चलनको सुरुवात भएको छ । अब प्रश्न उठछ, इस्कोन र हिन्दुमा के फरक छ । आखिर इस्कोनका सदस्य हरुले पनि त कृष्ण कै नाम लिन्छन कसरी गैर हिन्दु भए । 

वास्तवमा इस्कोनवालाले पनि हरे कुष्ण नै भन्छन, राम नाम पनि जप्दछन, तर यिनिहरु छद्मभेषी हिन्दु हुन । हिन्दु धर्म संस्कृतिको लागी मन्द विष हुन । क्रिश्चियन भन्दा खतरनाक । युरोप र अमेरिकी समाजमा क्रिश्चियन विश्वास पद्धतीमा आनन्दित, खुशी हुन नसकेका गोराहरु इस्कोनका सदस्य बनिरहेका छन । युरोप अमेरिकाका धेरै मानिसहरु यसको सदस्य भइसकेका छन । उनिहरु हरे कुष्ण हरे राम आदि जप्न थालेका छन । तर नेपाल र भारत आदिका लागी टाउको दुखाईको विषय किन भयो, जवकी उनिहरु जन्मजात क्रिश्चियन भई जन्मेका गोराहरुलाई समेत हिन्दु भगवानका नाम जप्ने बनाइरहेका छन, संस्कृत पढ्ने बनाइरहेका छन । 


इस्कोनको (ISKCON) पृष्ठभुमी 

इस्कोन अर्थात (International Society for Krishna Consciousness-ISKCON) को स्थापनाकार श्रीला प्रभुपाद हुन । उनको जन्म भारतको बंगालमा भएको थियो । स्कटिस चर्च कलेजमा अध्ययन गरेका प्रभुपाद पढाईमा तेज थिए । यिनको अंग्रेजी अत्यन्त राम्रो थियो । पढाइ सकेर कलेजबाट बिध्याबारिधी भने लिएनन, किनकी उक्त समय भारतमा स्वतन्त्रताको आन्दोलन चलिरहेको थियो । उनि महात्मा गान्धीको विचारबाट प्रभावित थिए । यसैकारण कलेजबाट बिध्याबारिधीको कागज समाएनन । 

प्रभुपाद सानैदेखी इश्वर भक्त भने थिएनन । उनको एक फार्मेसी थियो । उनि त्यहि फामेर्सी चलाएर बस्दथे । उनको अंग्रेजी अत्यन्त राम्रो भएको कारण उनको गुरुले उनलाई भागवत गिता अंग्रेजीमा उल्था गर्न आदेश दिए । गुरुको इच्छा थियो कि भागवत गिता जस्तो शास्त्रलाई अंग्रेजीमा उल्था गरेर सारा संसारलाई भागवत ज्ञान सिकाउने । 

प्रभुपाद ७७ वर्षको उमेरमा अमेरिका गए, र भागवत प्रचारमा लागे । सो समयमा अमेरिकामा हिप्पी संस्कृतिको विकास भईरहेको थियो । हिप्पी भन्नाले मादक पदार्थको सेवन गर्ने, घर छोडेर हिडन, आवारा भन्ने बुझिन्छ । प्रभुपादले तिनै हिप्पीहरुलाई भागवत ज्ञान दिन थाले । नसामा चुर भइरहने हिप्पीहरु प्रभुपादको संगतमा असल हुन थाले । हरे राम हरे कुष्ण आदि जपेकै भरमा धेरै हिप्पीहरुको नसा छोडिन पुग्यो र असल मानिस बन्न थाले । विस्तारै प्रभुपादका अमेरिकन भक्तहरु दिन दुई गुणा र रात चारगुणाका दरले बढे । तिनै अमेरिकन भक्तहरुले अन्य देशहरुमा गई गिताको प्रचार गर्न थाले । यसरी संसारभरी भागवत गिताको प्रचार भयो । तर त्यस्तो प्रचारवाजी वास्तविक हिन्दुहरुका लागी बिधर्मी अभियानबाहेक केहि होइन । यसका बारेम बुझ्न जरुरी छ । 


इस्कोन नेपाल, नेपालीलाई आवश्यक छैन 

इस्कोन अभियान त्यस्ता देश र समाजमा आवश्यक छ, जहाँका मानिसहरु जन्मदै गैर हिन्दु अर्थात मुश्लिम र क्रिश्चियन भएर जन्मेका छन । त्यस्तो समाज जहाँका मानिसहरुमा डिप्रेशन, मानसिक चिन्ता र अराजकताको बोलवाला फैलिएको छ, त्यहाँ अवश्य पनि इस्कोनको  आवश्यक छ । जस्तो अमेरिकामा थियो, र अहिले पनि आवश्यक छ । इस्कोनको सुरुवात नै अमेरिकी आवरा, हिप्पीहरुबाट भएको हो । अहिलेपनि इस्कोनको सदस्य हुनेहरुमा  अधिकांश आवरा, मादक पदार्थ सेवन गर्ने, शरिभरी टाटु खोपाएकाहरु हुन । अर्को समुह चाहि व्यक्तिको चरित्र भएको, मेघावी र सम्पन्न भएतापनी आधात्मीक ज्ञानको खोजीमा इस्कोनको शरणमा पुग्ने गरेका छन । यद्दपी वास्तविक आधात्मिक ज्ञानको लागी इस्कोन सहि मार्ग भने होइन । 


नेपाल जस्तो देशमा इस्कोनको अभियान आवश्यक छैन । यहाँका मानिसहरुलाई भगवानको बारेमा पाठ पढाइरहन पर्दैन । भगवानकै सन्तान हौ, हामी नेपालीहरु । यहाँका पाखा पखेराहरु कृष्ण नाचेका र श्री राम जी आदिले भ्रमण गरेका क्षेत्रहरु हुन । भगवान शिवको आशिवार्दले पुलकित यहाँको मानिसहरुलाई अमेरिका देखि आएका इस्कोन अनुयाइरले गिता पढाउन के जरुरत ! के उनिहरु हामीलाई गिता पढाउन योग्य छन ?

 हाम्रो धर्म संस्कृतीमा वेद अध्ययन तथा व्यख्या गर्नका लागी निश्चित योग्ताको परिपुर्ती हुनु पदर्छ । अमेरिकी वा युरोपमा गौमास भोजन गर्ने गोराहरु यसको लागी योग्य छन त ! अवश्य छैनन । त्यसकारण त्यहाँका मानिसहरु केवल भगवानको नाम जप्नका लागी मात्र योग्य हुन सक्छन । संस्कृत वा वेदको अध्ययनका लागी अवश्य योग्य होइनन । यदी यसो गर्दछन भने त्यो अपराध हो । 


उनिहरु कर्मकाण्डी वा वैदिक परम्परा समाउने अधिकार प्राप्त पनि होइनन । केवल नाम जपको मात्र अधिकार अमेरिकी र युरोपियन हरुमा छ । वैदिक यज्ञ कर्म, वेदको पाठ र अध्ययन नेपाल र भारत अर्थात भारतवर्ष भन्दा बाहिर वर्जित नै छ । 

इस्कोनमा केवल भक्तिको मार्गको बारेमा मात्र चर्चा गरिन्छ । केहि हदसम्म योग र ध्यानको पनि । अझ अचम्मको कुरा त के छ भने इस्कोनवालाहरु भगवान श्री कृष्णको फरक फरक परिचय दिन्छन । कृष्ण बाहेक अरु भगवान नै होइनन, शिव तामसिक र बेकामे हुन भन्ने जस्ता हावादारी कुरा समेत गर्न पछि पर्दैनन । १०० जुनि सम्म शिवको सेवा गरेपछि मात्र वैष्णव बन्न पाइने जस्तो गलत व्याख्या समेत गर्दछन । त्यसकारण इस्कोनवालाहरु छद्मभेषी हुन । 

 नेपाल जहाँ सयौ हजारौँ चाडपर्व भएको, विभिध संस्कृतीले सुसस्कृत देशमा इस्कोन अत्यन्त फिक्का लाग्छ, आवश्यक नै छैन  । अमेरिकी तथा युरोपियनहरुको कुनै मौलिक चाडपर्व छैन, कुनै मौलिक संस्कृती र जिवनपद्धती नभएको खाली उजाड समाजमा इस्कोनले केहि आदर्श भर्न सक्दछ । उनिहरुलाई भगवान नाम मात्र काफी छ । 


श्रीला प्रभुपादले गुरुकुलमै अध्ययन गरेका भए, सायद गौमासं भोजन गर्ने गोराहरुलाई संस्कृत तथा वेदको बारेमा अध्ययन गराउदैन थिए होला । उनी बालक अवस्था देखी नै धर्मीक प्रकृतीका भएका भए अवश्य पनि हिन्दु धर्मको मर्मका बारेमा बुझ्दथे होला, भन्नुको तात्पर्य यो हो  कि वेदको लागी योग्य को हो र को होइन भन्ने चेत उनिमा हुने थियो । अवश्य पनि भगवानको नाम जप्नका लागी कसैलाई वर्जित गरिएको छैन, तथापी वैदिक मन्त्र हरुको वाचन गर्नका लागी सबैलाई अधिकार दिइएको छैन । जस्तो मन्त्रहरु जहाँ पायो त्यहि र जस्तो अवस्थामा पनि वाचन गर्ने मन्त्र होइन । यो चारै वेदको सार हो । यसको विधिपुर्वक वाचन हुनपर्दछ । विधिपुर्वक नभएमा यसबाट लाभ होइन हानि पनि हुन सक्छ । भइरहेको पनि त्यहि छ, मन्त्र जप्ने धेरै भए, फल सुन्य कारण  गलत प्रकृया। त्यस्तै गायत्री मन्त्र लगायत कुनै पनि वैदिक मन्त्रहरु जो कोहिले वाचन गर्न हुदैन तर इस्कोन वालाहरु गायत्री मन्त्र सिकाइरहेका छन । वेदको आफुखुशी व्याख्या गरिरहेछन । यो धर्म नभएर अधर्म हो । 


इस्कोन अभियानका गतिबिधी अवैदिक 

श्रीला प्रभुपादको आधारभुत अध्ययन स्कटिस चर्च स्कुलबाट भएको हुनाले वैदिक ज्ञान बाल्यकालमै लिनु पर्नेमा केवल संस्कृत  र हिन्दीमा लेखिएको ग्रन्थ अंग्रेजीमा उल्था गर्ने क्रममा भागवत ज्ञान हासिल गरेका हुन । गुरुको उपस्थितीविना अध्ययन गरे । त्यसकारण  उनले वैदिक पद्धतीको पालना गर्न सकेनन । चार जात ब्राम्हण, क्षेत्री, वैश्य र शुद्र धर्मको मुल मर्म बुझ्न सकेनन । यसैकारण आजका इस्कोनहरु एकै जात भनि हिडिरहेका छन । यिनिहरुलाई यसको वास्तविक मर्म नै थाहा छैन । उनिहरु गौमास भोजन गर्ने गोराहरुलाई भटाभट कथित ब्राम्हण हिन्दु बनाइरहेका छन । जवकी जन्मजात हिन्दु कुलमा नजन्मीएका हरु हिन्दुको कुनै आधारमा हिन्दु जाती हुन सक्दैन । उनिहरुलाई शुद्र हिन्दु समेत हुने अधिकार छैन । यदी हुन्छन भने पाचौ तहको हिन्दु हुन सक्ने कुरा इतिहासका उदाहरणहरुबाट प्रष्ट्र हुन सकिन्छ । वैदिक पद्धतीमा जात जाती (ब्राम्हण, क्षेत्री, वैश्य र शुद्र) विच कुनै भेदभाव छैन, तर जाचीगत पहिचान भने अवश्य छ । त्यसको मयार्दा बुझ्नु पर्दछ । जस्तो चार दिशा उत्तर, दक्षिण, पूर्व र पश्चिममा कुन प्यारो र बढि महत्व हुने,  सबै बराबर नै छन। प्रज्ञा शक्ति, रक्षा शक्ति, बाणिज्य शक्ति र सेवा शक्ति नै चार जातको मर्म हो । आजको विश्व पनि यही आधारमा चलेको छ, यो भन्दा भिन्न छैन, तर विकिृत रुपमा भएको कारण यसले दुर्घटना निम्त्याएको छ । त्यसकारण जातको मर्म नमान्नेहरु न हिन्दु हुन सक्छन न वैदिक नै । इस्कोन यसकारण हिन्दुहरुको लागी छद्मभेषी तथा विकृत स्वरुप हो । 

अर्को महत्वपुर्ण कुरा मानिसको जिवनको कर्महरु, न्यारन (नामाकरण) यज्ञपोवित संस्कार, चुडाकर्म आदि नगरेका हरु पनि इस्कोनका सदस्य छन । उनिहरुले कुन आधारमा वेदको अध्ययन गर्ने? यस्ताले वेदको व्याख्या गर्ने ?

केहि भारतिय विद्वानहरु भन्दछन, इस्कोनको हरेक गतिबिधी अमेरिका स्थित मुख्य कार्यालयबाट हुने गर्दछ । संसारभर बनाइएका कृष्ण मन्दिरबाट उठेको रकम सिधा अमेरिका पुग्छ । भारतमाका अधिकांश ठुला शहर हरुमा इस्कोनले स्थापना गरेको कृष्ण मन्दिर छ । त्यस्ता मन्दिरहरु हेर्नका लागी आकर्षक समेत बनाइएको हुन्छ । हरेकदिन उठने लाखौ दान रकमहरु नजानिदो किसिमले गोराहरुको हातमा पुग्छ । हिन्दुहरु अत्यन्त सोझा हुन्छन, उनिहरु वास्तविकता नबुझी पछि लाग्छन । गोराहरुले यो कुरा राम्रो संग बुझेका छन, त्यसैले मन्दिर बनाएर लाखौ कमाउन नया युक्ति निकालेका छन । हिन्दुहरु यो ठान्दछन कि गोराहरु समेत हाम्रा भगवान श्री कृष्णको नाम जपिरहेका छन । तर वास्तवमा उनिहरु यसका लागी योग्य नै होइनन । हाम्रो मौलिक धर्म संस्कृती नै नाश गर्नका लागी इस्कोन अगाडी आएको भन्ने कुरा थोरैले मात्र बुझेका छन । भारतका विद्वानहरु तथा सन्यासीहरु इस्कोनलाई धार्मिक मान्यता दिदैनन, पुरी मठका मठाधिस इस्कोनलाई एक बिधर्मीहरुको भिड ठान्दछन । स्व. राजिव भाई दिक्षितले पनि इस्कोनलाई एक ठगि धन्दाको रुपमा लिएका थिए । 


कुनै पनि हिन्दु मन्दिरको आफ्नै मौलिकता छ । त्यसको वास्तु विज्ञान, मुर्तिमा प्राण प्रतिष्ठा र एतिहासिक पृष्ठभुमी । मन्दिर व्यापारिक प्रयोजनको लागी खोल्न र बनाउन मिल्ने कुरा होइन । यो न व्यापार व्यवसाय हो न कुनै सेवामुलक संस्थान नै । तर इस्कोनले मन्दिर जस्तो कुरा व्यापारिक प्रयोजनका निमि त्त स्थापना गरेको छ । थोरै लगानी धेरै प्रतिफल । भारत र नेपाल जस्तो देशमा हजारौ वर्ष पुरानो मन्दिरहरु छन, त्यसको संरक्षण प्रबद्धनमा कसैको ध्यान छैन, तर व्यापारीक अभिलाषा सहित बनाइएका त्यस्ता मन्दिरहरुमा मानिस हरुको भिड हुनु भनेको कलियुगको बिधर्मी पना हो । कलियुगमा धर्मको नाम बेचेर कमाई खाने भाडो बनाइन्छ भनेको कुरा इस्कोन जस्ता बिधर्मीहरुबाट प्रमाणित हुदैँ छ । धनाढय अर्बपति बिनोद चौधरीको सिजी धामलाई पनि उदाहरणको रुपमा लिन सकिन्छ । 

तस्बिर