एसिड आक्रमण र लव जिहादको बिरुद्ध हिन्दु युवा संयोजन नेपाल
समसामयिक

एसिड आक्रमण र लव जिहादको बिरुद्ध हिन्दु युवा संयोजन नेपाल


विगत केहि समय यता महिला माथि हुने एसिड आक्रमणका घटनाहरु अधिक मात्रामा बढिरहेको छ।  आक्रमणको धेरै जसो कारण असफल प्रेमबाट प्रेरित भई यस्ता खालका घटना हुदै आएका छन्।  एक प्रतिवेदन अनुसार हरेक वर्ष १५०० भन्दा धेरै एसिड आक्रमणका घटना विश्वभरी हुने गरेका छन् । नेपालमा पनि यो क्रम बढदो छ।  हरेक बर्ष दर्जनौ यस्ता आक्रमणका घटनाहरु हुने गरेका छन्।  


केहि दिन अघि पवित्र कार्की माथि भएको एसिड आक्रमण पनि डरलाग्दो र फरक खालको घटना हो। ओखलढुङ्गा घर भई हाल बल्खुमा वस्दै आएकी पवित्रा नाम गरेकी एक महिलालाई एक भारतीय र एक नेपाली मुश्लिम  मिलेर  एसिड आक्रमण गरेका हुन् ।एक  भारतीय मुस्लिम नागरिकले नेपाली युवती पवित्राको पटक पटक पिछा गर्दा पनि पवित्राले मतलव नगरे पछि उनले आक्रमण गर्ने योजना बुनेका रहेछन। समाचारहरुमा आए अनुसार आलम पवित्रालाई एक तर्फी प्रेम गर्दथे।  यधपी उनि विवाहित पुरुष नै हुन् । पटक पटकको प्रयास पछि पनि उनको प्रेम प्रस्ताव सफल नभए पछि एसिड आक्रमणको योजना बुनेका रहेछन भनेर प्रस्ट हुन् सकिन्छ। अहिले  घटनाको बिभिन्न कोणबाट बहस हुन् थालेको छ।  


कसरी भयो आक्रमण ?

एसिड प्रहारको आरोप लागेका ४२ वर्षीय  मोहमद आलमको बाफलमा ब्याग फ्याक्ट्री रहेछ।  पवित्रा र उनकी दिदि सुनिता २०७२ साल तिर सोहि ब्याग पसलमा काम गर्थे । आलमले बहिनीको नम्बर देउ भनेर मागेको र कामको सिलसिलामा मागेको ठानेर आफुले बहिनीको नम्बर दिएको बताउछिन दिदि सुनिता।  त्यसपछि आलमले दिनदिनै फोन गरेर घुम्न जाउ भनेर हैरान पार्न थालेपछि दुवै दिदि बहिनीले ४ वर्ष अघि काम छाडेका थिए।  काम छाडेपनि आलमले फोन गर्न भने छाडेनन।  पछि बहिनी पवित्राले दिदिहरु संग बस्न छोडेर वानेश्वरमा बसाइ सरेकी थिईन।  


पछिल्लो समय बहिनी दिदिकोमा नै आएर बस्न थालेकी थिइन्।  घटनाको दिन बिहान पवित्रा दहि किन्छु भनेर बजार हिडेको रहिछन।  तर सोहि समयमा आलमको फोन आयो।  पवित्राले आफु दहि किन्न हिडेको कुरा आलमलाई बताईन । आलमसंग भेट भयो र उनीहरुले खाजा खाए । फर्कने बेलामा आलमले पवित्रालाई छोडने बेलामा पिसाव फेर्ने बहाना बनाई कुना तिर गए सोहि बखत आफ्नो सहयोगी मुन्ना मार्फत एसिड पवित्राको अनुहारमा छ्यापेर हिडे।  आलमले यसरि एसिड प्रहार गर्ने बारेमा पहिले नै योजना बनाई तयारि अवस्थामा रहेछन। आलमले एसिड आफुले नाफ्याकी अर्को व्यक्ति मुन्ना भन्नेलाई  फ्याक्न लगाएका रहेछन। आलमले धेरै पहिले नै मौका पर्खिरहेका रहेछन।  

अनुहारमा अत्याधिक जलनले रुदै आफु तिर आइरहेकी बहिनी लिएर दिदि तत्काल मनमोहन हस्पिटल लागिन । पोलेको र जलन  सम्बन्धी  विशेष उपचार गर्ने हस्पिटल कीर्तिपुरमा लगियो र हाल उनलाई नियमित उपचार भईरहेको छ।

पिडित महिलाको आर्थिक अवस्था पनि निक्कै कमजोर रहेछ। उनका परिवारका सदस्यहरु  आर्थिक सहयोगको लागि याचना गरिरहेका छन्।  हिन्दु युवा संयोजन नेपालले सानो रकम सहयोगका साथसाथै पिडित परिवारलाई सान्त्वना दिदै दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेको छ।  किर्तिपुर अस्पतालमै पुगेको हिन्दु युवा संयोजन नेपालका सदस्यहरुले आर्थिक सहयोग गर्न सार्वजनिक अपिल समेत गरेका छन।  रकम हस्तान्तरण गर्दै हिन्दू युवा संयोजन नेपालका केन्द्रिय महासचिव रोशन नेपालले "यो घटना लव जिहादको एक रुप भएको" बताएका छन्।  नेपालले भने  यस "घटनामा युवतिलाई  प्रेममा फसाएर  बिहे गर्ने योजना अभियुक्तले बुनेका रहेछन, सो सफल नभई सके पछि आक्रोसमा एसिड आक्रमण गरेका हुन्। यो सरासर लव जिहाद (Love Jihad) को एक रुप हो।


त्यस्तै हिन्दू युवा संयोजन नेपालका संयोजक अभिषेक जोशीले नेपालको मानव अधिकार कर्मी, महिला अधिकारकर्मी तथा राजनीतिज्ञहरु प्रति व्यंग्य गर्दै भने " रुकुम घटनामा राजनैतिक रंग दिने, तीजको अस्लिल गीत ब्याण्ड गरेकोमा बिरोध गर्नेहरुले महिला माथि भएको एसिड आक्रमणमा नबोल्नु दुखद भएको बताए"।  जोशीले "विगत ५-७  वर्ष यता यस्ता घटना अत्याधिक मात्रामा बढिरहेका छन्।  नेपालको कानुन नै फितलो भएका कारण अपराधि हरुको मनोबल बढेको छ।  बिषेशत यो घटना मुस्लिमले हिन्दु महिला माथि गरेको आक्रमण हुनाले पनि यो लव जिहाद जस्तो आतंककारी मनोभावबाट प्रेरित अवश्य हो। त्यसैले एसिड आक्रमणका साथ साथै लव जिहादको पनि बिरोध गर्नु पर्ने आवाज उठाए।"