जी.शाहका गीतमा राष्ट्रियता र प्रकृती प्रेम
साहित्य / कला

जी.शाहका गीतमा राष्ट्रियता र प्रकृती प्रेम




नेपाली साहित्य जगतमा मविवि शाह भनेर राजा महेन्द्रलाई भनिन्छ भने जी.शाह भनेर राजा ज्ञानेन्द्रलाई भनिन्छ । राजा महेन्द्रका केहि गीतहरु अहिले पनि युट्युव हरुका माध्यमबाट सुन्न सकिन्छ । गहिरो देशभक्ती, प्रकृती प्रेमका शब्दहरु मविवि शाहका गीतमा पाइन्छ । किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ.... एक असाध्यै लोकप्रिय गीत हो । हरेक नेपाली युवाको मन मुटुमा बस्न सफल । त्यस्तै लोलायका ति ठुला तिम्रा दुइ नजरले हेरिदिए मलाई.....   र  के छ र दिऊँ तिमीलाई मैले.... देखी राष्ट्रियताका सवालमा म मरे पनि मेरो देश बाचिरहोस....आदि उहाँका कालजयी गीति रचनाहरु हुन । नेपाली साहित्य जगतमा पिता महेन्द्र तथा पुत्र ज्ञानेन्द्र दुवैका रचना एकदम उत्कृष्ट छन । हरेक नेपालीका मन मनमा वस्न सफल । सबै उमेर समुहलाई मन पर्ने । 


जसले आफ्नो अमूल्य जिन्दगीलाई माटो र जातिको निम्ति सुम्पिन्छ, जसले जीवनको सार्थकतालाई महत्व दिएर आफ्नो माटोको निम्ति उत्सर्ग गराउँछ, वस्तुतः त्यो मरेर पनि बाँचेकै हुन्छ । पुर्खाको रगतले सिञ्चित भूमिलाई अक्षुण राख्नु, आफ्ना सन्ततिले हुर्काएको फुलबारीलाई सँधै हराभरा बनाइराख्न, आफ्नो र आफ्ना सन्तानको अहंमा चोट लाग्न नदिनु मूलतः सच्चा देशभक्तहरुको कर्तव्य प्रतीत हुन्छ । हाम्रा महान पुर्खाहरुले यसै गरे । देश र देशधर्मका लागी अन्तिम प्राणसम्म पनि लडिरहे । कसैले साहित्य सिर्जना मार्फत नेपालीत्वलाई उजागर गरे भने कसैले मधुर स्वरहरुमा त कसैले गीत र नाटक आदिबाट नेपाली माटो र पहिचानको मर्मलाई चिनाउने काम गरे । ति हाम्रा लागी अमुल्य निधि हुन । नेपाल र नेपाली रहेसम्म त्यस्ता अमर कृतिहरु हाम्रा चिनारीको रुपमा बस्नुपर्छ, सदैव जिवन्त रहिरहनु पर्दछ । धेरै नेपाली साहित्यकारहरुका रचना पुर्ण रुपले देशप्रेम र यहाँको प्रकृती प्रेममा समर्पित छन । त्यस्तै एक साहित्यकार हुन जी.शाह । उहाँका रचनाहरुमा नेपाली माटोको सुगन्ध र मर्म पोख्दै आफुलाई यही माटोको पक्षमा समर्पित गरेको शब्दजाल भेटिन्छ । देश र माटोको सम्मानका लागी सायदै त्यो तहको शब्दजाल प्रयोग गर्न सक्ने खुबी केहि दुर्लभ पात्रहरुमा मात्र हुन्छ । जी.शाह त्यस्तै एक दुर्लभ पात्र हुन । हरेक नेपाली युवालाई देशको मर्म बुझाउने, देशधर्म र देश प्रतिको कर्तव्य प्रति झकझक्याउने अस्त्रको रुपमा उहाँका रचनाहरुलाई लिन सकिन्छ । 

देशप्रममा ओतप्रोत भई उहाँ लेख्नुहुन्छ,


बाँच्नु नै छ यदि भने बाँच नेपाली भै

बोल्नु नै छ यदि भने, बोल नेपाली नै 

आमाको नै गर यदि गर्ने भए याद

भएकोमा नेपाली नै बाँच गर्वसाथ


मुटुभरि छातीभरि नेपाली भै बाँच

हर सास सास मेची काली लिई बाँच । 

संगीतः शंमूजीत बासकोटा
स्वरः प्रकाश श्रेष्ठ 
शब्द रचनाः जी.शाह

.... ... ... ... .. 

नेपाली भई जन्म लिन पाएकोमा गर्व गरौँ, नेपाल र नेपालीकै हित सोचौ, देशलाई छातिमा राखौँ, हरेक सास सासमा मेची कालीको स्पन्दन गराऔँ भनेर देशलाई अगाध स्नेहलाई केन्द्रमा राखि रचना गरिएको यो गीत अहिले पनि रेडियो नेपालमा बारम्बार बज्ने गर्छ । यो गीत सुन्ने जो कोहि पनि राष्ट्रिय भावनाले ओतप्रोत हुन्छ । देशभक्तिको नाममा यती माथीसम्मको शब्दजाल प्रयोग गर्न सक्ने साहित्यकार हुन जी.शाह । उहाँका हरेक कृतिमा यस्तै देश धर्म र देश प्रतिको कर्तव्य घनिभुत रुपमा पाइन्छ । वास्तवमा साहित्यमा जी.शाहलाई बुझ्नु र उहाँको कृतिलाई अध्ययन गर्नु भनेको समग्रमा नेपाल बुझ्नु हो भनेर ठोकुवाका साथ भन्न सकिन्छ ।

युवाँहरुलाई जागरुक गराउन उहाँ लेख्नुहुन्छ, 


हे युवा तिमी हौ, देशको शक्तिः, तिमी हौ देशको भक्ति 

तिमी हौ देशको रक्षक, तिमी हौ देशको पालक 


नेपाल मातालाई उचालौँ, नेपाल मातालाई बढाऔँ

तिमी हौ हिजोको गरिमा, तिमी हौ आजको निर्माता 

निमी हौ भोलिको नेता, तिमी नै हौ भोलिको महिमा


नेपाल मातालाई सिगारौँ, नेपाल मातालाई फुलाऔँ

तिमीले सोचे जे पनि हुन्छ, तिमीले गरे जे पनि बन्छ

तिमीले हेरे जे पनि फूल्छ, तिमीले देखे जे पनि फल्छ । 

गीतको बोलः हे युवा तिमी हौ, देशको शक्तिः
संगीतः बच्चुकैलाश
स्वरः बच्चुकैलाश, पुष्प नेपाली र साथीहरु
शब्द रचनाः जी.शाह

.... ... ... ... ... 

युवाँ नजागे देश बन्दैन, युवा जागरुक नमै केहि हुदैन भन्ने भावना उहाँका गीतमा पाइन्छ । युवालाई सिर्जनशिल भई देशप्रतिको कर्तव्य बुझ्न आग्रह गर्नुहुन्छ । युवालाई देशको असली खम्वाको रुपमा लिई युवाँको हित नै असली रुपमा देशको हित हो भन्नेमा उहाँले जोड दिनुभएको छ । उहाँको हरेक कृतीमा युवाँलाई सर्वाेपरि ठानिएको छ । महान दार्सनिकहरुले पनि युवाँशक्ति नै देशको असली शक्ति हो भनेर स्विकारेका छन । यदि युवाँहरुलाई उचित शिक्षा दिक्षा सहित सहि मार्गनिर्देशन गर्ने हो भने देश अवश्य बन्छ, देशको शिर अवश्य माथि उठछ । यो रहस्य जी.शाहले राम्रोसंग बुझेको देखिन्छ । 

जी.शाह व्यक्तिगत रुपमा स्वमं एक असाध्यै प्रकृती प्रेमी हुन । त्यसैले उहाँका रचनामा प्रकृतीक हरियाली भेटन सकिन्छ । उहाँका कविता र गीतहरुमा नै मृग र खरायो हरु नचाउन सक्नुहुन्छ भने कतै कल कल बग्ने नदि र झरनाहरुको सुसेली शब्दहरुमा भर्नु हुन्छ । कहिले उहाँ यो प्राकृतिक सृष्ट्रिलाई रहस्यको रुपमा लिनुहुन्छ र आफ्नो साहित्य मार्फत यसरी व्यक्त गर्नुहुन्छ, 


मौसम यहाँ फेरिन्छ किन जान्दछ कसले 

बोलेको होला चरीले किन बुझ्दछ कसले 

जे सम्झे पनि सदैव यहाँ चलेको रीत यै 

नसीबमा यो संसारको छ लेखेको गीत यै ।


छ घाम किन न्यानो र जून किन छ उदासीन

शिशिरपछि वसन्त किन बहार मुस्काउँछिन 

जे बुझेपनि छ ईश्वरको अमेट धीत यै 

नसीबमा यो संसारको छ लेखेको गीत यै । 


हिलोमा मात्र गै किन होला कमल फुकेको 

चन्द्रमा किन छातीको कालो दागमै खुलेको । 

जे ठाने पनि छातिमा कालो दागमै खुलेको 

जे ठाने पनि हो प्रकुतिको अटल जीत यै 

नसीबमा यो संसारको छ लेखेको गीत यै 


संगीतः नातिकाजी, शिव शंकर 
स्वरः उदितनारायण झा
शव्द रचनाः जी.शाह
गीतको बोलः मौसम यहाँ फेरिन्छ किन 


यसरी साहित्यकार तथा गीतकार जी.शाह प्रकृतीको रहस्यबारेमा बडो अचम्मीत बालक झै प्रस्तुत भई सुन्दरताको वर्णन गर्न पुग्दछन । प्रकृतीको रहस्य बडो उत्सुक भईकन खोजेजस्तो केहि नबुझेजस्तो गरि आफुलाई प्रस्तुत गर्नुहुन्छ । 


भन्नै पर्ने कुरा,

२०६२-६३ को राजनैतिक परिवर्तन संगै तत्कालीन राजा श्री ५ ज्ञानेन्द्रलाई यो देशको राजनैतिक खेलाडीहरुले  उहाँको बदनाम गर्न हदैसम्मको प्रयास गरे । उहाँका राम्रा कार्यको कहिल्यै प्रचार गरिएन, भए नभएका कु प्रचारहरु गरि उहाँको साहित्यिक प्रतिभाको साथसाथै देशको लागी खेलेको अहम भुमीकालाई लुकाउने तथा दुस्प्रचार गर्ने प्रयासहरु भए । उहाँका करिव ६० भन्दा धेरै यस्ता कालजयी गीत रचनाहरु छन । तत्कालिन समयका नाम चलेका लोकप्रिय संगितकार तथा गायक हरुले उहाँको रचनामा प्राण भरेका थिए । रेडियो नेपाल तथा नेपाली टेलिभिजनहरुमा समेत नियमित प्रशारण हुने गर्दथे । तर परिवर्तनको नाममा भएको नयाँ व्यवस्था र क्रान्तिकारी भनिने शक्तिहरुले उहाँका कृतिहरुको प्रशारणमा रोक लगाए । यदा कदा बाच्नु नै छ यदि भने.... बोलको गित मात्र रेडियो नेपालमा कहिलेकाहि बज्ने गरेको सुनिन्छ । अरु सबै गित हरुको प्रशारण बन्द गरिएको छ  । तत्कालिन समयमा उहाँका गित सुनेका नेपालीहरु जी.शाहका अन्य गितहरुको व्यग्र पर्खाइमा छन । हरेक देशप्रेमी, प्रकृतीप्रेमी र नेपालवादी युवाहरु उहाँको रचना सुन्न लालायीत छन । सबैको यसमा ध्यान जाओस । 

नेपाली साहित्य र कला अमर रहोस । 

जय देश ।