घुम्ने मेचमाथि अन्धो मान्छे-भूपि शेरचन
साहित्य / कला

घुम्ने मेचमाथि अन्धो मान्छे-भूपि शेरचन


घुम्ने मेचमाथि अन्धो मान्छे


घुम्ने मेचका अन्धालाई
साँघुरो चोकका द्यौतालाई
वीर भएका बुद्धूलाई
बुद्धू भएका वीरलाई
हल्लै–हल्लाको देशमा
चार भन्ज्याङ, यो चिसो एष्टेरमा
उभ्याउने हामी होइनैं।

‘केही लेख्छन्
लामो सास फेर्छन्’
यस्ता भूपी शेरचन
हामीले दिक्क पारेपछि
एक दिन भन्छन्
‘छाप्ने भए छाप्नू,
खोजेर जहाँ जे छन्।’
भयो।


हामीले खाज्यौ, खाजायौं
अनि अलिकता रोजायौं,
ऐले यो संस्करणचाहिं
जस्ताको तस्तै बुझायौं।


भूपीलाई फेरि पनि
साझा प्रकाशनको घेरोमनि
अर्कै रुपमा
अर्कै रङ्गमा
उजिल्याउने हाम्रो धोको छ।


(त्यो गरिदिने उनीबाहेक अर्को को छ?
त्यसैले उजूरको पोको छ। ) त्यसैले शुभकामनाको डोको छ–
भूपीले कलम नरोकून्,
शुभ्र, शान्त र स्निग्ध
मैनबत्तीको शिखालाई नछोपून्।