बीरहरुको सन्ततिको तातो रगत बलेन किन
संसार जितेको क्षत्रीको खुकुरि चलेन किन
आफ्नै देशको माटोमा पराइले हक जमाउंदा
अचम्म लाग्छ अझै पराइको लास जलेन किन
सेता अंग्रेज धपाउने बीरले काला अंग्रेज धपाउन
बर्तमानमा निधारमा राष्ट्रको सिन्दुर दलेन किन
खरानि भइसक्नु पर्ने दुष्ट नजर लगाउने त्यो बैरी
आजको दिन सम्म पनि बैरीको शिर ढलेन किन
बारम्बार आफ्नो देशमाथि नै प्रहार भइरहंदा पनि
आइलाग्ने लाइ जाइलाग्ने आंटको बिउ फलेन किन