अहो! दशैं  त आइसकेछ
साहित्य / कला

अहो! दशैं त आइसकेछ


तल्लो घरबाट चिच्याउदै


"ओई साने !


मलाई त बाबाले चङ्गा धागो लट्टा अनि नयाँ लुगा किन्दि सक्नु भयो,
तैले किनिस् ?


बेलुकी आइजो  है मेरो घर सगै चङ्गा उडाउनु पर्छ।

"यो आवाज गाउँमा सुनिन थालिएको छ।


फेरि मधुर स्वरमा कोइली गाउन थालेको छ।
वनमा मयूर, चकाेर, नाच्न थालेका छन्।


सयपत्री र मखमलिमुस्कुराउदै सुवास छरिरहेका छन्।


घर छोड्नेहरु फर्किने क्रम सुरु भएको छ।


बाटामा मोटरहरु कमिलाको ताती झै दगुरी रहेका छन्।


रातमा शरच्चन्द्रले कान्ति छरिरहेका कारण सबैको मन रानी चञ्चल छिन्।


नदी कलकल सुसाइ माधुर्य पुर्ण आवाजमा केही भन्न खोज्दै छिन् ।


"ए मनुवा हो कति दु:ख खेप्न सकेका उठेर सुखको गीत गाउ
अब त खुसी हुने बेला आएको छ ।

"
विदेशी घर फर्किने तरखरमा अामालाई धोती ,
प्राण प्यारीलाई मखमली साडी,


भाइलाई राम्रो लुगा
अनि छोरलाइ चङ्गा धागो किन्न पसिनाको मुल्य तिरिरहेका छन् ।


नभबाटै चरिहरु चिरबिर चिरबिर गर्दै सन्देश बाडिरहेका छन्।


अामा, छोरा आउने खबरले दैलोमा बसी बाटोमै आखा टासि रहेकी छिन्।


पत्नी घर पोत्न थाली सकेकी छिन् ।


तर उनका आँखा पतिको आगमनको
 प्रतीक्षामा एकटक भइ हर्षका आँसु बगाइ रहेकी छिन्।


गाउँमा लिङ्गे पिङ ठड्याइ सके रे !


खेतमा धानका बाला टाउको हल्लाउँदै लोरी गाउन थालीसकेका छन्।


वर्षा ऋतुले खुसी बर्षाएर बिदा भएको छ।
खहरे शान्त भैसकेको छ। 

बच्चाहरु चङ्गा उडाउँदै चरी सगै खेल्न थालिसकेका छन्।


जागिरेले दसैको पेस्कीले नयाँ नयाँ लुगाफाटो किन्ने सपना बुनिसके रे ।


अब हर्षोल्लास र उमङ्ग सम्पूर्ण देश

बासिहरुमा छाएको छ
किनभने
फेरि एकपटक महापर्व दसैं आएको छ ।


खुसीको बहार छाएको छ।

-अमृत अधिकारी