स्वर्गको टुक्रा
साहित्य / कला

स्वर्गको टुक्रा


प्याराे  सुन्दर् धराकाे वन सब धन हाे स्वर्गकाे भाग हाम्राे।

हास्दै खेल्दै रमाकी टह टह मनकी चन्द्रमा कत्ति राम्राे।।

खाेला नाला सुहाकाे वर पर डुलि सर्पको चाल राम्राे।

धर्ती बीचै अडेको भुवन चहकिने धर्तिकाे स्वर्ग हाम्राे।।


प्यारी डूल्दै गरेकी चपल सहितको चेलिकाे बैँस प्याराे।

गालैमा स्याउ फल्ने मन झन रसिलाे कन्दरा पुग्न गाह्राे।।

ईलाम् का दृश्य साह्रै मन खुस गरने अस्तमै सूर्य राम्रो।

विश्वैमा ज्याेति छर्ने चहकमहककाे चाहना हुन्छ हाम्राे।।


राराकाे दृश्य प्यारो मन हरण भए पाेखरा चट्ट राम्राे।

काेकील्काे गान दुर्लभ् दिलसँग मिलने छन्दकाे भान हाम्रो।।

डाफेकाे नाच संगै मधु मधु चरने माैरिकाे भुन्न राम्राे।

ढाकाकाे टाेपि दाैरा छम छम गरने मारुनी नाच हाम्राे।।


साराकाे मान गर्दै डटि अगि बढने विश्वमै सान हाम्राे।

सेवन्ती फूल जस्तै झलमल गरने अन्तरी तेज राम्राे।

पुर्खाकाे देन कस्ताे झन तन फुलने वीरको देश हाम्राे।

अाभा पूरै धरामा  प्रकट चहकिलाे सभ्यता अत्ति राम्राे।।


मेराे प्याराे यहाँ मा सब कन घुमने सल्लहा दिन्छु राम्राे।

दीवाना हुन्छ सारा जगत भर महाँ संस्कृतिक् चाड हाम्राे।।

ती सीता बुद्ध जस्ता जनक सहितले फैलियाे तेज हाम्राे।

गाैरव् यै हाे सदाझै अनवरत यहाँ चाल्दछाैँ चाल राम्राे।।


                      ।।इति।।