अठार पुराणमा श्लोकहरुको संख्या कती ?
जिज्ञाशा

अठार पुराणमा श्लोकहरुको संख्या कती ?


हिन्दु सनातनी समाज विशेष गरेर भारत तथा नेपालमा पुराण हरुको स्थान महत्वपुर्ण रहदै आएको छ । पुराणलाई वेद पछिको वेद पनि भनिन्छ । अत्यन्त कठिन संंस्कृत भाषामा लेखिएको वेद को अध्ययन गर्न र बुझ्नका लागी केहि कठिन हुन सक्छ । सबैले कठिन भाष्यमा रचना गरिएको वेद र त्यसको ज्ञान वास्तवमै सबैको पहुचमा सहज ढंगले नहुन सक्छ नै । यसैको समाधान  हुन सक्छ  कथा तथा वार्तालाप को माध्यमबाट रचना गरिएको पुराणहरु । हरेक पुराणहरुको आ आफ्नै महत्व छ र आ आफ्नो विशेषता छ । वैदिक पुराणहरु मानव जिवनको लागी अत्यन्त महत्व राख्दछ । मानव जिवनको सार्थकता, यसको स्वरुप तथा जिवन रहस्य लगायत सम्पुर्ण जगत र सृष्टिको वारेमा पुराणमा अत्यन्त वैज्ञानिक ढंगले रहस्योदघाटन गरिएको छ । 

अर्काे शब्दमा भन्नुपर्दा पुराणहरुको श्रवण तथा अध्यन नै मोक्ष प्राप्तिको मार्ग पहिल्याउने आधार हो । सबै पुराणहरुको उद्देश्य भनेको मानव लगायत सम्पुर्ण जगत र विश्व ब्रम्हाण्डको भलाइ गर्ने कुनै ग्रन्थ छ भने त्यो वैदिक पुराणहरु नै हो, जुन चार वेद (अग्वेद, यर्जुवेद, सामवेद र अथर्ववेद) हरुको साराशं अर्थात छोटकरी रुप हो भन्न सकिन्छ । 

१) ब्रह्म पुराण १० हजार 

यो एक महत्वपुर्ण पुराण हो । यसमा सृष्टि, रहस्य एवं ब्रह्मप्रतिपादन यसको मुख्य विषय हो । यस पुराणमा ब्रह्मलाई मुख्य मानिएको छ । तीर्थहरुको माहात्म्य र श्री कृष्ण चरित्र आदिको वर्णन पाईन्छ । 

२) पद्म पुराण ५५ हजार 

यस पुराण मा भागवान ब्रम्हा र बिष्णु नरायण को विसएमा लेखिएको छ । विसेस गरेर शृस्टी कालको घटना हरु मुख्य विसय हुन । पद्म को अर्थ कमल हो ।


३) विष्णु पुराण २३ हजार 

श्रीपराशर ऋषिद्वारा रचना गरिएकोयो पुराण अत्यन्त महत्त्वपूर्ण तथा प्राचीन हो। यसका प्रतिपाद्य भगवान विष्णु हुन्, जो सृष्टिका आदिकारण, नित्य, अक्षय, अव्यय तथा एकरस हुन्। यस पुराणमा आकाश आदि भूतहरूको परिमाण, समुद्र, सूर्य आदिको परिमाण, पर्वत, देवतादिको उत्पत्ति, मन्वन्तर, कल्प-विभाग, सम्पूर्ण धर्म एवं देवर्षि तथा राजर्षिहरूको चरित्रको विशद वर्णन छ।


४) शिव पुराण २४ हजार 

भगवान सदाशिवलाई मुख्य विषय बनाईएको यो पुराण एक महत्व पुर्ण तथा शैव मतमा आस्था राख्ने हरुले यसलाई विशेष महत्व राख्दछन । यसका साथै यो पुराण, सृष्टि, संहार तथा मानव निति सारको विषयमा विशेष रुपमा वाख्या गरेको छ । 

५) श्रीमद्भागवत पुराण १८ हजार 

सबैभन्दा धेरै अध्ययन गरिएको पुराण श्रीमद्भागवत महापुराण हो । आज संसारभर यो पुराण एक लोकप्रिय ग्रन्थको रुपमा प्रख्यात छ । यसलाई पुर्वीय सभ्यताको मुकुटको रुपमा लिइन्छ ।

६) नारद पुराण २५ हजार 

नारद पुराण स्वयं महर्षि नारदको मुखारबिन्दु बाट  भनिएको एक वैष्णव पुराण हो।महर्षि व्यास द्वारा लिपिबद्ध गरिएको १८ पुराणहरूमध्येको एक हो।


७) मार्कण्डेय पुराण ९ हजार 

मार्कण्डेय ऋषिले क्रौष्ठिकलाई सुनाएको मार्कण्डेय पुराणले प्रचलित रहेको छ । यसमा देवताहरु, अग्नि, इन्द्र तथा सुर्य भगवान आदिको बारेमा चर्चा गरिएको छ । 

८) अग्नि पुराण १५ हजार ४ सय 

अग्निलाई मुल प्रतिपाद्य विषय बनाईएको यस पुराणमा शिवस्वरुपको विशेष वर्णन गरिएको छ । साथै विभिन्न ऋषिमहर्षिहरुद्धारा स्थापित मान्यता र अग्निका सम्बन्धमा विशेष चर्चा पाईन्छ । यसमा मुख्य रुपमा दशावतार, सृष्टि, मन्त्र शास्त्र, वास्तु शास्त्र, भुगोल, राजनीति, दुर्ग, धनुर्वेद, आयुर्वेद, छन्दशास्त्र, आलंकारशास्त्र, व्याकरण तथा कोश जस्ता विषयहरु अन्तर्वस्तुका रुपमा रहेका छन । 

९) भविष्य पुराण १४ हजार ५ सय

यस पुराणमा कलि धर्मका विषयमा व्यापक वर्णन गरिएको छ । विशेषत यसमा स्त्री र पुरुषका लक्षण, समय र वस्तु आदिको परिवर्तनका कुराहरु यस पुराणभित्र पाईन्छ । 

१०) ब्रह्मवैवर्त पुराण १८ हजार 

ब्रह्म उत्पत्ति , स्थिति एवं प्रलय प्रतिपादनका साथै ब्रह्मले अवतार लिएको विशेष क्षेत्रहरुको वर्णन र मानव कल्याण विषयहरु मुल रुपमा रहेका छन ।

११) लिगं पुराण ११ हजार 

शिव स्वरुपको लिगंको विषयमा व्याख्या गरिएको यस पुराणमा आत्माको परिचय, आत्मा लाई चिन्ने र जान्ने मार्गका बारेमा सविस्तार वाख्या गरिएको छ । ब्रह्माण्को सृष्टि, संचालन तथा यसको कारणका विसयमा लिगं पुराणमा अत्यन्त सुन्दर ढगंले वर्णन गरिएको छ । 

१२) वराहपुराण २४ हजार 

भगवान् श्रीहरिको वराह अवतारको मुख्य कथाका साथ अनेक तीर्थ, व्रत, यज्ञ, दान आदिको विस्तृत वर्णन गरिएकोछ। यसमा भगवान् नारायणका पूजन-विधान, शिव-पार्वतीका कथाहरू, वराह क्षेत्रवर्ती आदित्य तीर्थको महिमा, मोक्षदायिनी आदिको बारेमा वर्णन गरिएको छ ।

१३) स्कन्द पुराण ८१ हजार १ सय 

स्कन्द को अर्थ विनास को । भागवान शिव को रुद्र स्वोरुप को बिसयम विस्तृत व्यख्या गरिएको छ ।


१४) बामन पुराण १० हजार 

भागवान बिष्णुको बामन अवतारको बिसयमा चर्चा गरिएको यो पुराणमा निती सार लगायतका विसयहरु अतन्त्य सुद्नर ढङ बाट प्रस्तुत गरिएको छ ।


१५) कूर्म पुराण १७ हजार 

सर्वप्रथम भगजान विष्णुले कूर्म रुप धारण गरेर यो पुराण राजा इन्द्रद्युम्नलाई सुनाएका थिए । यस पुराणमा पाँच प्रमुख लक्षणहरु सर्ग, प्रतिसर्ग, वंश, मन्मन्तर एवं वंशानुचरितको क्रमबद्ध रुपमा व्याख्या गरिएको छ ।

१६) मत्स्य पुराण १७ हजार 

 यस पुराणमा  भगवान् श्रीहरिको मत्स्य अवतारको मुख्य कथाका साथ अनेक तीर्थ, व्रत, यज्ञ, दान आदिको विस्तृत वर्णन गरिएकोछ। यसमा जल प्रलय, मत्स्य अनि मनुको संवाद, राजधर्म, तीर्थयात्रा, दान महात्म्य, प्रयाग महात्म्य, काशी महात्म्य आदिको बारेमा वर्णन गरिएको छ ।

१७) गरुड पुराण १९ हजार 

गरुण श्रोताको रुपमा तथा नारायण भगवान वत्ताका रुपमा रहेको यस पुराणमा सर्ग वर्णन, देवार्चन, तीर्थ वर्णन, भुवन वृत्तान्त, मन्वतर, वर्णधर्म, मृत्यु वर्णन, स्वस्थ्य विज्ञान, अष्टागं योग र आयुर्वेद विज्ञानको बारेमा वाख्या गरिएको छ । 

१८) ब्रह्माण्ड पुराण १२ हजार  

विश्व ब्रह्माण्डको सृष्टिक्रमको सविस्तार व्याख्या गरिएको छ । 

सबै अठार पुराण हरुमा भएको श्लोक हरुको श्लोकको संख्या चार लाख छन ।