सुर्य र पृथ्वी विचको दुरी हनुमान चालिसामा कसरी वर्णन गरिएको छ ?
जिज्ञाशा

सुर्य र पृथ्वी विचको दुरी हनुमान चालिसामा कसरी वर्णन गरिएको छ ?



१५औँ शताब्दीमा एक सनातनी ऋषि तुलसीदास गोश्वामीले हनुमान चालिसाको रचना गर्नुभयो । आरोग्य, सुख प्राप्ती तथा धन धान्य बन्नका लागी हनुमानलाई खुशी पार्नका निमित्त यो हनुमान चालिसको अध्ययन गर्ने गरिन्छ । साथै श्री हनुमानलाई भगवान रुद्रकै एक रुपमा आदर सम्मान गरिन्छ । भगवान श्री हनुमानको नाम मात्र जप्नाले पनि भुत प्रेतको भयबाट बचाउने र मनमा सकारात्मक सोच फैलाउन मद्धत गर्दछ भन्ने जनविश्वास रहेको छ । 

अवधी भाषमा लेखिएको उक्त हनुमान चालिसामा सुर्य र पृथ्वी विचको दुरीको बारेमा उल्लेख गरिएको छ भन्ने कुरा धेरैलाई हेक्का नहुन सक्छ तर यो वास्तविक हो । आधुनिक विज्ञानले यो रहस्य पत्ता लगाउनुभन्दा सयौँ वर्ष अगाडी हिन्दुहरुको घर घरमा वाचन हुने एक भजन संग्रहमा यो विज्ञान छ भन्दा कुन सनातनी हिन्दु गौरवान्वीत नहोला र । 

उक्त हनुमान चालिसामा भनिएको छ । 

जुग सहस्त्र योजन पर भानु ।

लील्यो ताहि मधुर फल जानु ।।

अर्थातः

सुर्य अर्थात भानु सम्मको दुरी भन्नाले युग सहस्त्र योजन हो । जसलाई गणितिय मानमा हिसाब गर्दा, 

१ युग बराबर १२००० 

१ सहस्त्र बराबर १०००

१ योजन बराबर ८ माइल 

यसलाई हिसाब  गर्दा, 

१२००० × १००० × ८ = ९६,००,००० माइल हुन आउछ 

१ माइल बराबर १.६ किलोमिटर 

त्यसकारण युग सहस्त्र योजन भन्नाले ९६,००,००० × १.६ माइल = १५३,६००,००० किलोमिटर (पन्ध्र करोड, छत्तिस लाख किलोमिटर) 


यो तथ्य सत्रौ शताब्दिमा मात्र आएर आधुनिक वैज्ञानिकहरुले पत्ता लगाए । उनिहरुको हिसाब अनुसार सुर्य र पृथ्वी विचको दुरी भनेको पृथ्वीको अर्धव्यासको २२,००० गुणा हो । जहाँ पृथ्वीको अर्धव्यास ६३७१ किलोमिटर मानिएको छ । 

यसरी हिसाव गर्दा,

२२,००० लाई ६३७१ ले गुणन (×) गर्दा १४०,१६२००० किलोमिटर हुन आउछ ।  

तर वास्तवमा पृथ्वीले सुर्यलाई परिक्रमा गर्दा पुर्ण गोलाकार मार्गमा नभई अण्डाकार मार्गमा परिक्रमा गर्दछ । 

त्यसैले पृथ्वी देखी सुर्य सम्मको दुरी वर्षभरी एकनासको हुदैन । सबैभन्दा नजिकको दुरी भनेर अंग्रेजी पात्रो अनुसार जनावरी ३ लाई मानिन्छ । त्यसकारण पृथ्वी र सुर्यको दुरी ९१४४५००० माईल अर्थात १४७१६६४६२ किलोमिटर मानिन्छ । 

त्यस्तै, पृथ्वी देखी सुर्य सम्मको सबभन्दा टाढाको दुरी भनेर जुलाई ३ लाई भनिन्छ । यो समयमा पृथ्वी देखी सुर्यको दुरी ९४५५५००० माईल अर्थात १५२१७१५२२ किलोमिटर मानिन्छ ।  

यी दुवै मानलाई जोडेर औषत निकाल्ने हो भने १४९५९७८७० किलोमिटर हुन आउछ । वैज्ञानिकहरुको हिसाबमा पनि पुर्ण वैज्ञानिकता नै रहेन । किनकी हरेक दिन दुरी तलमाथि भैरहने पृथ्वी र सुर्यको दुरी कसरी ६३७१ किलोमिटर अर्थात पृथ्वीको अर्धव्यासलाई २२,००० पटक गुणन गर्दा त्यो मान आउछ भन्न सकिन्छ । । समग्रमा भन्नुपर्दा पृथ्वीले सुर्यलाई परिक्रमा गर्दा पुर्ण वृत्ताकार मार्गमा परिक्रमा नगरेर अण्डाकार मार्गमा परिक्रमा गर्ने हुदा पृथ्वी देखी सुर्य सम्मको दुरी पनि एक समान नहुने भयो । 

फेरी त्यो २२००० अकं कहाँ बाट आयो । कतै हिन्दुहरुले पत्ता लगाएको मानलाई घुमाई फिराई उत्तर निकाल्ने प्रयास त भएको होइन । 


बरु हनुमान चालिसामा सटिक ढंगले वर्णित दुरी नै सबैभन्दा वैज्ञानिक हो भन्न सकिएला ।