नेपाल अधिराज्यका २१ शाह राजाहरु
इतिहास

नेपाल अधिराज्यका २१ शाह राजाहरु



सत्य युगमा सत्यावती, त्रेता युगमा तपोवन, द्धापर युगमा मुक्तिसोपान र हाल कलियुगमा नेपाल नामले प्रख्यात हिमालयको काखमा अवस्थित यो देश हिन्दुहरुको बाहुल्य रहेको वैदिक सनातनी राष्ट्र हो । इतिहासको विभिन्न कालखण्डमा भौगोलिक रुपमा विस्तारित हुदै तथा खुम्चदै जादा वर्तमान समयमा पुर्वमा मेची देखी पश्चिममा महाकालीसम्म फैलिएको छ । थरी थरीका भाषा तथा भेष, रहनसहन, चाडपर्व र चालचलनले यो देश एक सय बढि जात जाती र भाषा भाषीको साझा घर हो । प्राकृतीक र भौगोलिक रुपले समेत विश्वकै सुन्दरतम देशहरुमध्ये नेपाल एक हो । यस देशलाई वैदिक समय देखि सार्वभौम, स्वाधिन, र समृद्ध हुदै अक्षुण रहनका लागी यहाँको राजनैतिक पद्धतीको ठुलो भुमिका रहेको छ । मल्लकाल, लिच्छिविकाल र शाहकालको महत्वपुर्ण भुमिका रहेको छ । वर्तमानको नेपाल देश अस्तित्वमा रहनका लागी शाह राज वंशको भुमिका अतुलनिय रहेको छ । शाहवंशको त्याग, योगदान र भुमिकाबिना यो देशको संरचना कल्पनानै गर्न सकिदैन । हाम्रो पहिचान, गौरव, र स्वाधिनतामा शाहवंशका राजाहरुको निकै ठुलो त्याग र बलिदान अर्पण भएको छ । यहाँ शाह वंशका पहिलो राजा द्रव्य शाह देखी हालसम्मका शाह राजाहरुको छोटो परिचय उल्लेख गर्ने प्रयास गरिएको छ ।

१) द्रव्य शाह (वि.सं. १६१६ १६२७) 


वि.सं. १६१६ भदौ २५ मा गोरखाका राजा भएका 

यशोब्रम्ह शाहका दुई छोराहरु थिए, जेठा छोरा नरहरि शाह लमजुंगको राजा भए भने भाई द्रव्य शाह लिगलिगकोट हुदै गोर्खाका राजा भए । उनि गोरखाका खड्का राजालाई पराजित गरि गोरखाका राजा भएका थिए । पछि गोरखाका राजा भैसके पछि आफ्नो राज्यका छेउछाउका राज्यहरु जस्तै सिह्रानचोक र अजिरकोगढलाई पनि गोरखामा एकिकरण गरे । 

यिनै द्रव्य शाहबाट गोरखाको सानो पहाडी राज्य विस्तार हुदै पुर्वमा टिष्टा र पश्चिममा कागंडा सम्म फैलिन पुग्यो । यीनका २२ औँ सन्तानसम्मले गोरखा अधिराज्यको विस्तारित रुप नेपाल देशको शाशनभार सम्हाल्दै आए । शाहवंशको शाशन करिव ४०० वर्ष भन्दा लामो लम्बियो भने इतिहासका अनेकौँ ठुला ठुला घटनाहरुबाट आफ्नो राष्ट्रको अस्मिता जोगाउदैँ यिनका सन्तान र नेपाली जनताको सहकार्यमा यो देश संचालन गर्दै रहे । 

२) पुरन्दर शाह (पुर्ण शाह वि.सं. १६२७ १६६२) 


३) छत्र शाह (वि.सं. १६६२ १६६३


७ महिनामात्र शाशन गरी असामयिक रुपमा देहावशान भएका 

४) राम शाह (वि.सं. १६६३ १६९२) 


दाजु छत्र शाह निसन्तान भएकाले भाई राम शाहले राजपाठ सम्हालेका, जसको शाशनलाई न्यायिक शाशनको रुपमा लिइन्छ । शाह राजाहरुमा यिनको नाम बडो श्रद्धाका साथ एक सुधारवादी राजाको रुपमा लिइन्छ । न्याय नपाए गोरखा जानु भन्ने उक्ति उनकै शाशन प्रणलीको व्याख्या गर्ने क्रममा आएको हो । देशको एकिकरणका साथसाथै सामाजिक न्याय प्रणाली, प्रशाशन तथा आर्थिक कुराहरुमा थुप्रै सुधारहरु गरेका थिए । 

५) डम्बर शाह (वि.सं. १६९३ १७०१)  


६) कृष्ण शाह (वि.सं. १७०१ १७०७)


७) रुद्र शाह (वि.सं. १७०७ १७२८)


८) पृथ्वीपति शाह (वि.सं. १७२८ १७७३) 


९) नरभुपाल शाह (वि.सं. १७७३ १७९९९) 


१०) पृथ्वी नारायण शाह (वि.सं. १८२५ १८३१ )


आधुनिक नेपालको निमार्ता श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाह नेपाल देश र नेपाली जातीका लागी सदा सर्वदा सम्झिरहने राजा हुन । जसको नेतृत्वले साना साना राज्यमा विभाजित नेपाल राष्ट्रको पुनः एकिकरणको अभियान सुरुवात गरे । नेपाल राज्यको विस्तार गर्न, नेपाल देशलाई सार्वभौम र स्वतन्त्र बनाउन आफ्नो सम्पुर्ण जिवन नै समर्पित गरेका राजा पृथ्वी नारायण एक दुरदर्शी, समाजिक सुधारक, प्रशाशनिक सुधारक, र न्यायप्रेमी राजा थिए । 

११) प्रतापसिहं शाह (वि.सं. १८३१ १८३४)


प्रतापसिहं शाहको छोटो शाशनकालमा चितवन नेपालमा एकिकरण भयो । यिनको मृत्युपछी राजमाता राजेन्द्रलक्ष्मी देवी शाह र बहादुर शाह रणबहादुरको नायवी भई राजकाज चलाएर देश एकिकरणको अभियानलाई अगाडी बढाए ।  

१२) रणबहादुर शाह (वि.सं. १८३४ १८५५)


१३) गीर्वाणयुद्ध शाह ( वि.सं. १८५५ १८७३) 


नेपाल अंग्रेज युद्ध भई नेपालको दुई तिहाई भुभाग गुमाउन पुग्यो ।

१४) राजेन्द्र विक्रम शाह (वि.सं. १८७३ १९०४)


१५) सुरेन्द्र विक्रम शाह (वि.सं. १९०४ १९३८) 


१६) पृथ्वी वीर विक्रम शाह (वि.सं. १९३८ १९६८)


१७) त्रिभुवन वीर विक्रम शाह (वि.सं. १९६८ २०११)


प्रजातन्त्र प्रेमी राजा त्रिभुवनको शाशनको उत्तरार्धमा राणशाशनको अन्त भई प्रजातान्त्रीक व्यवस्थाको स्थापना भयो । 

१८) महेन्द्र वीर विक्रम शाह (वि.सं. २०११ २०२८)


नेपालको इतिहासमा एक सुधारवादी, विकासप्रेमी तथा राष्ट्रिय जागरणका प्रणेताका रुपमा महेन्द्रलाई लिइन्छ । यिनले छुट्टै तथा मौलिक प्रकारको प्रजातान्त्रीक पंञ्चायती व्यवस्थाको थालनी गरे । यसै व्यवस्थाको जगमा रहेर अनेकौ विकासका गतिविधी हरु भए । छोटो शाशनकालमा यातयात, संचार, यधोग र शिक्षामा विकास गरेका महेन्द्रको सफल कुटनितिको कारण विश्व राजनितिमा नेपालको उपस्थिती स्पष्ट गर्न सफल भए ।

१९ं) वीरेन्द्र वीर विक्रम शाह (वि.सं. २०२८ २०५८)


नेपाललाई विश्व सामु शान्ति क्षेत्रको प्रस्ताव राख्ने, सार्कको अवधारण बनाउने, प्रजातन्त्रप्रेमी तथा विकास प्रेमी राजाको रुपमा विरेन्द्रलाई लिईन्छ । राष्ट्रियता, भातृत्व र समानताको लागी जोड दिने राजा विरेन्द्रले नेपाललाई विश्वमा चिनाउनका लागी थुुप्रै राष्ट्र हरुको भ्रमण गरे । अन्तराष्ट्रिय राजनितिमा नेपाललाई पनि हिस्सेदारीको रुपमा चित्रण गर्न सफल कुटनितिज्ञ राजा हुन । 

२०) श्री ५ दीपेन्द्र वीर बिक्रम शाहदेव (वि.सं. २०५८) 


दरबार हत्याकान्ड मा  राजा बिरेन्द्र लगायत सम्पुर्ण परिवारको हत्या पछी पिता विरेन्द्र भन्दा २ दिन बढी बाचेकाले युवराज दीपेन्द्र लाई राजा घोषणा गरियो । तर दीपेन्द्रको पनि २ दिन पस्चात मृत्यु भएकाले कान्छा बुवा अधिराज कुमार ज्ञानेन्द्र राजा भए ।

२१) ज्ञानेन्द्र वीर विक्रम शाह (वि.सं. २०५८ २०६५) 


प्रकृती प्रेमी, साहित्यप्रेमी तथा देशभक्त राजाको रुपमा श्री ५ ज्ञानेन्द्रलाई लिइन्छ । अन्तराष्ट्रिय हस्तक्षेपका कारण भएको रहस्यमयी दरवार हत्यामा दाजु विरेन्द्र सहित राजपरिवारका सम्पुर्ण सदस्यहरुको हत्या भएपछि राजा भएका थिए । त्यस्तै अन्तराष्ट्रिय हस्तक्षेपमा गुर्जिरहेको नेपालको राजनितिले राजा ज्ञानेन्द्रलाई पाखा लगाए । अन्तराष्ट्रिय राजनैतिक हस्तक्षेपको सामना गर्न असमर्थ भएकै कारण राजपाठ छोडन बाध्य भए । द्रव्य शाहको पालादेखि निरन्तर रुपमा संचालित शाह वंशिय राज परम्पराको अन्त भयो ।