बलभद्रको बिरता र नालापानीको युद्ध
इतिहास

बलभद्रको बिरता र नालापानीको युद्ध


नेपाल - अंग्रेज युद्धमा अंग्रेज सरकारले नेपाललाई पाचँ ठाउबाट हमला गरेको थियो । युद्ध पश्चात नेपालको हार भई सुगौली सन्धी भयो  । युद्धको परिणामस्वरुप नेपालले आफ्नो एक तिहाई भुभाग सहित ठुलो स्वाभिमान गुमायो । नेपाल अंग्रेज युद्ध भएका दुर्ग (किल्ला) हरुमध्ये नालापानी (कलंगा)को रक्षाको भार बलभद्र कुवरलाई सुम्पिएको थियो भने अंग्रेजतर्फका सेनापती जनरल जिलेप्सी थिए । बलभद्र कुँवर, रामकृष्ण कुँवरका भाई र जयकृष्ण कुँवरका नाति थिए । युद्धको समयमा बलभद्र कुवर जम्मा २६ वर्षका  थिए । बलभद्र कुँवरको नेतृत्वमा आइमाई, केटाकेटी सहित जम्मा ६०० जना नेपाली सेना (जनता) थिए  भने अंग्रेजतर्फ जिलेप्सीको साथमा ४०००  सेना थिए । नेपाली पक्षसंग आधुनिक हतियार केहि थिएन । उनिहरुले परम्परागत हतियार जस्तै खुकुरी, ढाल, तरवार, धनु, लगायत ढुंगामुडाका साथमा लडाइए लडे । उता अंग्रेजहरुका साथमा भने आधुनिक हतियार, तोप गोला बारुदका साथ बन्दुकहरु थिए । अंग्रेज र नेपालको सैनिक हैसियत तुलनायोग्य नै थिएन । अंग्रेजको तुलनामा नेपाली सेनाको अवस्था अत्यन्त नाजुक देखेरै होला उनिहरुले नेपाली सेनानायक बलभद्र कुँवरलाई हामीसंग मिल्न आउँ भनि केही प्रलोभन सहित पत्र पठाए । तर महान देशभक्त बलभद्र कुँवरले "आधा रातमा पत्र खोल्ने हाम्रो चलन छैन, भोली रणक्षेत्रमा भेट हुनेछ" भनेर उत्तर दिएका थिए । 

बलभद्र कुँवरले भनेजस्तै छोटै समयमा अंग्रेज सेनानायक जनरल जीलेप्सी सहित १००० सैनिकको मृत्यु भयो । नेपाली नारीहरु र बालबालीका केटाकेटीले किल्लाबाट ढुंगाहरु वर्साए । भनिन्छ बलभद्र कुँवरले आफ्नो सेनालाई यस्तो सफत खुवाएका थिए ;  "हामी मर्नपरे पनि किल्लाभित्र मर्दछौ, हामी किल्ला छाडदैनौ, हामीसँग लड्न आउनेसँग लडेर मात्र मर्दछौ ।"  नेपालीको बिरत्वमा टिक्न नसकेपछी अंग्रेजले दिल्लीबाट थप सेना मगायो । खाफ्नो सेनानायकको समेत मृत्युबाट अंग्रेजहरु अत्यन्तै रुष्ट र आक्रोसित भएका थिए । साथै नेपालीहरुको बिरत्वका अगाडी केही सिप नलाग्ने देखेर छल निती अपनाए । अंग्रेजहरुले नेपाली किल्लामा आउने पानीको मुहान नै काटिदिए । यसरी अंग्रेजपक्षले अत्यन्त अमानवीय र छलनिती अपनाएर नेपाललाई घुढा टेकाउने प्रयत्न गर्याे र सफल भयो । 

अन्तमा अंग्रेजहरुको अमानविय छलनितीका अगाडी नेपाली सेनाहरुलाई टिक्न गाह्रो भयो । धेरै नेपालीहरु पानी पिउन नपाएर आकुल व्याकुल भई मरे । धैरै दिनसम्मको पानी बिनाको लडाइएमा नेपालले किल्ला छोडने निर्णय गर्यो । बीर बलभद्र बाचेका आफ्ना ७० जना नेपालीहरुका सार्थ किल्लाबाट बाहिर निस्के । किल्ला छाडने समयमा बलभद्रले अंग्रेजसंग भनेका थिए , "दुर्ग (किल्ला) लिनसक्ने कसैको सामर्थ थिएन तर अब म आफ्नो खुशीले यो छाडदैछु  ।" बीर बलभद्र र उनका महान सहयोगी नेपालीहरुको बिरत्वबाट प्रभावित भएर अंग्रेज सेनाले कलंगामा एउटा स्मारक बनाएका थिए जसमा "हाम्रा शूरवरि बैरी बलभद्र सिंह र उनका बहादुर गोर्खालाीहरुका सम्मानोपहार" भनी लेखिएको छ । 

यसरी अंग्रेजसंग हार भएपछी महान देशभक्त बलभद्र अत्यन्त मर्माहत भए । र आफ्नो देशको अस्मिता लुटने अंग्रेजहरुका बिरुद्ध जिवनभर लडरै मर्ने प्रण गरी लाहोर तिर लागे ।