मष्टो देवता
धर्म

मष्टो देवता


कर्णाली अञ्चलका सबै जिल्लाहरूमा र सुदूरपश्चिमका उत्तरी हिमाली जिल्लाहरूमा समेत 'मष्टो' नामक स्थानीय देवताको ठूला महत्त्व रहका छ। मष्टोलाई शङ्कर भगवानका सेवक तथा शक्तिशाली प्रतिनिधि पुष देवताको रूपमा पनि मान्दछन् र पूजा गर्छन् । ढंडार, ढाडे, दूध, थर्प, बुद्ध, कवा, कालाशिल्या र बाविरो आदि नाम र स्वभावअनुसार बाह्न किसिमका मष्टो छन् भन्ने मान्यता रहेको छ। मष्टो भनेको वराह देवता पनि हुन् । कुनै कुनै ठाउँमा यिनलाई कुलदेवताको रूपमा पनि पूजा गर्ने चलन पनि रहेको छ । खासगरी मष्टो देवतालाई दुई किसिमले विभाजित गरिएको हुन्छ


(१) दूधे मष्टो र

(२) दाऱ्या मष्टो 

दूधे मष्टो भनेका बलि नचढ्ने र दूधको धार, पूजा दिने मष्टो देवता हुन् । यसमा खीर (पायस) फलफूल आदिले पूजा गरिन्छ । अर्का दाऱ्या मष्टो भनेको बलि चढ्ने, भोग लाग्ने । मांसाहारी) देवता हुन्। 

मष्टोको पुजारीलाई 'धामी' भन्दछन् । वस्तुत: मष्टो देवताको कुनै साकार मूर्ति हुँदैन, देखिदैन । द्यौरालीको जस्तो मष्टो देवताको थान हुन्छ, जहाँ ध्वजा, पताका, घण्टीहरू झुण्ड्याइएका हुन्छन् । मष्टो देवता धामी ( पुजारी) का शरीरमा उत्रिई वा अवतरित भई आफ्नो शक्ति प्रदर्शन गर्छन् भन्ने कुराहरू पनि सुनिन्छन्।

मस्टो देवताका मन्दिरहरू

भेरी अञ्चल, जाजरकोट जिल्लाको कसम्से लेकको फेदीमा रहेको पैङ्ग गाउँविकास समिति वडा नं. १ र बिजुली डाँडामा समेत गरी तीनओटा मस्टो मन्दिरहरू रहेका छन् । ती हुन्

१. दुधिया मष्टो- प्रस्तुत दुधिया मस्टोका सम्बन्धमा बुझिएको एक जनश्रुति अनुसार धेरै कालपहिले एकजना बहुन बाजे आफ्नो कामले कतै जाँदै थिए, उनले आफ्नै शिरमाथि आकासमा उडी रहेको एउटा कागलाई देखे छन् । त्यस कागको शरीरमा एउटा दिव्य तेज (ज्योति) देखिएछ । तेज झल्काउँदै त्यो काग केही अगाडिको ढंगामा आई बसेछ । त्यो जाज्वलयमान ज्योतिलाई समाउन ती बाजे दौडदै त्यहाँ पुग्दा काग अलप भएछ । उक्त ढंगामा खट्टाका नङ्ग्रा मात्र उनले पाएछन् । साथै त्यहाँ एउटा घण्ट पनि फेला परेछ । तिनै ब्राहमणबाट उपलब्ध यी दवै करा ( नङ्ग्रा र घण्ट) लाई मस्टो देवताको रूपमा त्यहीं स्थापित गरिएछ। यसरी यहाँ मस्टो देवताको उत्पत्ति भएको हो भन्ने भनाई रहेको पाइन्छ।

 पैक गाउँमा रहेका यी द्धिया मस्टो हुन् । यहाँ (प्यागोडा) नेपाली शैलीको एउटा सानो मन्दिर छ। ताँवाको छानो र गजुर समेत भएको यस मन्दिरमा प्राकृतिक शिलामा चतुर्वाहु जस्तो आकार भएको मूर्ति पनि देखिन्छ । यहाँ दूध, फलफूल र खीर चढाई दूधको धार दिई पूजा गर्ने गारन्छ । यहाँ बली चढ्दैन । यी दुद्धिया मस्टो हुन् ।

२. बिजुली डाँडामा रहेका अन्य दुई मस्टोहरूमा पहिला काफल्लो मस्यै हुन् भने अर्का लाटो मस्ये हुन् । यहाँ चारैतर्फ पर्खालले घेरिएका

कम्पाउण्डभित्र काठको फल्याकको छाना भएका साधारण खालका दई मल्लिा छन् । यहाँ रहेका यी दुवै दारे मस्टो हुन् । यहाँ केही घण्ट र त्रिशूलहरू पनि छन् । यी देवतालाई चन्दन, अक्षता र फलफललगायत पश्बली समेत चढाई पूजागर्ने गरिन्छ।


माथि उल्लिखित यी सबै मस्टो देवताहरूको पूजाका लागि स्थायी स्रोत छैन । नित्यपूजा (दैनन्दिन) पनि गरिँदैन । भाद्र एवं बैशाख महिना र अन्य औंसी पूर्णिमा जस्ता विशेष धार्मिक पर्वहरूमा मात्र पूजागर्ने गरिन्छ र त्यस बखत जात्रा-उत्सवहरू पनि मनाइन्छन् । स्थानीय जनताको चन्दा रकम र अन्नपातहरूबाट पूजा सञ्चालन हुने गर्दछ। यहाँका पुजारीहरू धामी हुन्छन् र धामी विधिबाट पूजा चलाउने गरिन्छ । स्थानीय जनस्तरमा मस्टो देवताको निकै महत्व रहेको छ। पूजाका समयमा पुजारी धामीहरूमा देवता उत्रिई यिनीहरूले तातो फलाम चाट्न र उम्लिएको तेल पिउन पनि सक्छन भन्ने भनाइ रहेको छ। यसरी यस क्षेत्रमा मस्टो देवताको निकै महत्त्व र मान्यता रहेको पाइन्छ।

सम्बन्धित लेखहरू