कालको सुक्ष्म परिभाषा
धर्म

कालको सुक्ष्म परिभाषा


"कालको सुक्ष्म परिभाषा"

१. भूतचतुष्टयको सूक्ष्मतम अविभाज्य विभागको नाम परमाणु हो।

२. परमाणुलाई पार गर्न सुर्य लाई जति समय लाग्छ त्यही नै 'परमाणुकाल' हो। 

३. दुई परमाणु मिलेर एक 'अणु' हुन्छ।

४. तीन अणुहरु मिलेर एक 'त्रसरेणु' हुन्छ।

५. तीन त्रसरेणुहरुलाई पार गर्न सुर्य लाई जति समय लाग्छ, त्यसलाई 'त्रुटि' भनिन्छ।

६. त्रुटिको सौगुना काल लाई 'वेध' भनिन्छ।

७. तीन वेधको एक 'लव' हुन्छ।

८. तीन लवको एक 'निमेष' हुन्छ।

९. तीन निमेषको एक 'क्षण' हुन्छ।

१०. पाँच क्षणको एक 'काष्ठा' हुन्छ।

११. पन्ध्र काष्ठाको एक 'लघु' हुन्छ।

१२. पन्ध्र लघुको एक 'नाडिका' हुन्छ।

१३. दुई नाडिकाको एक 'मुहूर्त' हुन्छ।

१४. दिन र रात्रीको दुबै सन्धिको दुई मुहूर्तहरु लाई छोडेर छ: या सात नाडिकाको एक 'प्रहर' वा 'याम' हुन्छ। प्रहर मनुष्यको दिन र रात्रीको चतुर्थ भाग हो। 

१५. चार - चार प्रहरको मनुष्यको 'दिन' र 'रात्रि' हुन्छ।

१६. पन्ध्र दिन र रातको एक 'पक्ष' हुन्छ, जुन शुक्लपक्ष र कृष्णपक्ष हुन्।  

१७. शुक्लपक्ष र कृष्णपक्ष मिलेर एक 'मास' वा 'महिना' हुन्छ।

१८. दुई मासको एक ऋतु हुन्छ।

१९. छ मासको एक 'अयन' हुन्छ, जुन दक्षिणायन र उत्तरायण हुन्। 

२०. दुई अयन मिलेर मनुष्यको एक 'वर्ष' हुन्छ।


"श्रीमद्भागवत ३.११" 

श्रोत: "विकाश - विमर्श" पृष्ठ ४८ ।। 

श्री शङ्कराचार्य स्वामी निश्चलानन्दसरस्वतीजी महाराज ।।


जय गुरुदेव ।।

हर हर महादेव ।।