नवरात्र विशेष बडा दशैँ, शक्ति उपासनाको पर्व
धर्म

नवरात्र विशेष बडा दशैँ, शक्ति उपासनाको पर्व


- अमृत अधिकारी 


दशैँ हिन्दुहरुको पहान चाड हो । दशै विशेष गरि पहाडिया नेपालीहरुको सबैभन्दा ठूलो पर्व हो । यस चाडलाई असत्य माथि सत्यको जित भएको हुनाले विजयादशमी पनि भनिन्छ दशमी को अपभ्रशं भइ दशैँ हुनपुगेको हो । यो चाडकोविशेष दिन पनि यसै  दशमीको दिनलाई मानिन्छ । भारततर्फ यो पर्व लाइ नवरात्र विशेषको रुपमा मनाइन्छ । यस चाँडमा नारि शक्तिको उपासना गरिन्छ । भगवति देवीले आफ्नो विभिन्न रुप प्रकट गरी असुर हरुको विनाश गरी धर्तिमा रहेका सज्जनको रक्षा गर्नु भएको भन्ने प्रमाण विभिन्न शास्त्रमा उल्लेख गरिएको छ । हामी सनातनी अलौकिक शक्तिमा विश्वास गर्छौ । यस पर्वमा लौकिक मात्र नभएर अलौकिक विशेषता पनि पाइन्छ । 


लौकिक दृष्टिबाट हेर्दाः 


नेपालमा असोज बाट चिसो समय वा हिउदको सुरुवात हुन्छ । यस समयमा मानिस पोसिलो खानेकुरा को अभावमा विभिन्न रोगबाट ग्रसित हुने सम्भावना बढि हुन्छ । यसै समयमा न्यानो लुगा किन्ने मिठो र पोसिलो खानेकुरा खानाले जाडोबाट बच्न सहज हुन्छ । 


लौकिक दृष्टिमामा सायद संसारामा नारीको पूजा गर्ने एक  मात्र सनातन धर्म होला । यस पर्वमा नारी शक्तिको उपासना गरी नारी हरुमा फरक हौसला प्रदान गरिएको छ । त्यस्ता कलजयी शत्रु परास्त गर्ने महिलामा पनि भन्ने भावना हाम्रो सनातन पद्धतिमा पाइन्छ । 


साथसाथै यस महान पर्वमा विदेशिएका यूवा वृद्ध वृद्धा सम्पुर्ण परिवार जम्मा भई जीवनका सारा दुःख भुलेर खुसिसाथ परिवारसंग भेटघाट भर्छन । लामो समय पछि घर फर्कि आएको छोरा भेटदाआमाको खुसिको सिमा रहन्न । विवाह लगत्तै विदेशिएका श्रीमान घर फर्कदा श्रीमतीकै लागी वर्षभरी मिहिनेत गरि कमाएर राखेर पैसाले राम्रा राम्रा लुगा किनी लगाउँदा केटा केटी फुरुगं पर्छन । आफ्नो आफ्नो औकात अनुसार मानिस दशैँ मानाउछन । जस्तोसुकै गरिब पनि दशैँमा एक छाक मिठो र एक सरो गतिलो लुगाई खुसिसाथ दशैँ मनाउँछन । 


घटस्थापना 


यो आश्विनशुक्ल प्रतिपदाको दिन हो । यसै दिनदेखि दशैको नवरात्र प्रारम्भ हुन्छ । यस दिन आफ्नो कुलाचार अनुसार सबै जातले घटस्थापना गर्छन । त्यहि घडामा देवी दुर्गाको आव्हान गरि विधिपूर्वक पूजा गर्छन । 


घडामा वा माटोको घैटामा गोबर टासी जौ गडछ्न । घडामा गोबर नै किन टास्ने । यसको कारण के हो  भने आयूर्वेदमा भनिए अनुसार गोबरमा धेरै प्रकारको गुण हुन्छ । गोबरले माण्डलाकार गरी पोतेको स्थानमा कुनै पनि किटाणुको प्रवेश हुदैन । गोबर पञ्चगव्यमा गनिएको पदार्थ पनि हो । 


यस कारण गोबरबाट रोग र शोक हरण गर्ने क्षमता हुन्छ भनेर प्रमाणित हुन्छ । माटोकै घडा किन भन्दा माटोमा क्षमा शक्ति हुन्छ र पाप पनि हटाउने शक्ति माटोमा छ । 


जौ नै किन गाडने भन्दा औषधीनामहं यवः जौ ठुलो औषधी हो । यो आयुर्वेदको प्रमाण हो । आजकल जमराको रसलाई औषधीको रुपमा प्रयोग गरिदै आएको छ । 


जौ ले दुधको समान गुण दिन्छ । यवोसि धान्यराजोसि, जौ अन्नको राजा हो । विष्णुप्रीतिकराषवा जौ विष्णु स्वरुपलाई प्यारो छ । यस कारण मांगलिक कार्यमा जौको प्रयोग गरिएको हो । 


जलको घडामा नै दुर्गाको आव्हान गर्नुको हेतु यो हो कि जल पवित्र शुद्ध हो । यसमा प्राणिलाई बचाउने शक्ति हुन्छ । हामी अन्न खान नपाए पनि केहि दिन बाच्न सक्छौ परन्तु पानी नपिएर बाच्न सक्दैनौ । बाच्नका लागी अत्यावश्यक वस्तु भएको हुनाले देवीको जलमा पुजा गरिन्छ । यद्यपी हरेक पूजाहरुमा जलको पूजा अनिवार्य मानिएको छ । 


जलको मालिक बरुण हुन, बरुणको अूत्र पाश हो । दुखीको दुख दारिद्र आदि पाशोबाट छुटाउने शक्ति बरुण देवतामा हुनाले पनि बरुणको पूजा जलमा गरिएको हो ।


नवरात्रका नौ दिनहरु:-


पहिलो दिन 


पहिलो दिन माता शैलपुत्रीको पूजा आराधना गरी भव्यताका साथ मनाइन्छ । हिमालय पर्वतकी छोरी पार्वतीको नाम शैलपुत्री हो । लामो आयु र कुनै प्रकारको दीर्घ रोगबाट बच्नका लागि पहिलो दिन शैलपुत्रीको पूजा आराधना र गाईको घ्यूबाट बनाइएका परिकार चढाएमा आरोग्य प्राप्त हुन्छ । 


दोस्रो दिन 


दोस्रो दिन माता ब्रम्हचारिणिको पूजा आराधना गरि मनाइन्छ । ब्रम्हको जस्तै आचरण र ब्रम्हचरण पालना गर्ने देवीको पूजा गरिन्छ । कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउनका लागि ब्रह्मचारिणी माताको सख्खर चढाई पूजा आराधना तथा दान गरेमा हरेक प्रकारका अनिष्ट नाश हुने बताइएको छ । 


तेस्रो दिन 


तेस्रो दिन चन्द्रघण्टा माताको पूजा गरिन्छ । दुःख कष्टबाट मुक्तिका लागि गाइको दूधबाट बनाइएका विभिन्न परिकारका प्रसाद भोग लगाउने तथा दान गरेर माता चन्द्रघण्टाको पूजा गरेमा माताको आशीर्वाद हामीमाथि सधैँभरि रहन्छ भन्ने कुरा बताइएको छ । 


चौथो दिन 


चौथो दिन कुष्माण्डा माताको पूजा गरिन्छ । चतुर्थी तिथिका दिन माता कुष्माण्डको पूजा आराधना गरेमा ज्ञान र बुद्धि प्रदान हुनुका साथै कुनै पनि प्रकारका वाणीमा दोष छ भने उक्त तिथिमा मालपुवा अर्पण गरी पूजा गरेमा र मालपुवा दान गरेमा शुभ हुने कुरा उल्लेख गरिएको छ । 


पाचौ दिन 


पञ्चमी तिथिका दिन स्कन्धमाताको पूजा आराधना गरेमा व्यपार व्यवसायबाट सफलता तथा राज्यबाट पाउने सेवा तथा सुविधामा वृद्धिका साथै रोजगारीका लागि पनि राम्रो हुने कुरा बताइएको छ । यस दिनमा केराको भोग लगाएर पूजा आराधना गरेमा सफलता मिल्ने बताइएको छ । 


छैठौ दिन 


छैठौ दिन कात्यायनी माताको पूजा गरिन्छ । यस दिन बलको बोटमा दुर्गाको आव्हान गरी मन्त्रनु पर्दछ । बेलका हागाको फलमा देवीको पूजा गरि आव्हान गरेर सप्तमीको दीन त्यही बेलका फल समेत भएको हागा भाचेर पूजा गर्नुपर्दछ । आकर्षण, सुन्दरताका साथै मनले चाहेको व्यक्ति प्राप्तिका लागि कात्यायनी माताको पूजा आराधना गरेमा सफल हुने कुरा बताइएको छ । घरमा कुनै अविवाहित व्यक्ति हुनुहुन्छ भने विवाहमा बाधा अवरोध परेको छ भने मह चढाएर माता कात्यायनीको पूजा आराधना गरेमा कार्यसिद्धि हुने कुरा पनि बताइएको छ । 


सातौ दिन 


सातौ दिन कालरात्री माताको आव्हान गरि पूजा गरिन्छ । मुल नक्षत्र भएमा बुद्धि विकास गर्ने चाहन हरुले सरस्वतीको पुजा गर्दछन । 


यस दिनलाई पत्रिका पुजा पनि भनिन्छ । फुलपाती नौ प्रकारको मानिन्छ । ति हुन । 


केराको बोट, धानको बोट, मानेको गाना, फलसहित बेलको हागा, अशोकको हागा, दारिमको हागा, हलेदाको बोट, कचुको बोट, जयन्तिका बोट आदि । 


यी चिजलाई सप्तमीको दिन देवीकै स्वरुप मानेर घरभित्र पुजास्थानमा प्रवेश गराउनुपर्दछ । आठौ दिन 


आठौ दिन

महागौरी माताको पूजा गरिन्छ ।  यस दिन अष्टमीका नामले बढि प्रचलित छ । अष्टमीलाई अरु भन्दा ठुलो र महत्वपुर्ण दिनको रुपमा मानिन्छयसै कारण महाअष्टमी भनिएको हो । यौटा जम्भ भन्ने दैत्यले घमण्डले सप्तमी वध अष्टमी मानेको हुनाले इन्द्रबाट मर्नु परेको थियो । यस दिन दुर्गादेवीको विशेष कुलाचार अनुसार पूजा हुन्छ । यस दिन भगवतीले अवतार लिनु भएको हुनाले महाष्टमी भनिएको हो । 


आश्विन शुक्ल अष्टमीको आधा रातमा पूर्वाषढा नक्षत्र युक्त त्यही अष्टमीमा दक्ष प्रजापतिको यज्ञ विध्वसं गर्ने सती अवतारबाट कोटी योगिनी सहित भै उत्पन्न हुनु भएको हो अर्थात पावर्ती अवतार भएको हो । यसै दिन नजदुर्गाको पूजा आव्हान हुन्छ । घडामा कपडामा केराको पातमा अष्टदल कमकमा चामलको थुप्रोमा फल राखी नवदुर्गाको पूजा हुन्छ । पहिला संकल्प गरी सकेपछि नवदुर्गाको पूजा गर्नुपर्दछ । अनि जयन्यादिको पुजा नवदुर्गा पूजा अष्टमातृका पूजा घडामा गणेश ब्रम्हाजीको पूजा गर्नूपर्दछ । तत पश्चात मंगला नन्दिनी आदिको पूजा हुन्छ । भित्तोमा गोबरको भैरवको मूर्ति स्थापना गरेर पूजा गर्ने चलन धेरैको छ । बलि दिनेहरुले यसैमा दिन्छन । त्यसपछि योगिनीको पूजा अनि चतुष्ष्ठी योगिनीको पूजा कोटी योगिनीको पूजा पनि गर्नु भनने शरत्काली पूजामा लेखिएको छ । 


यस दिन आफ्नो कुलाचार अनुसार कसैले दिनमा कसैले साझमा कसैले रातमा कालरात्री गर्छन । भय निर्वाणका निमित्त शास्त्रास्त्र पूजा पनि यसै दिन गरिन्छ । 


नवौ दिन


सिद्धि प्रदान गर्ने माता सिद्धिदात्रीको पूजा गरिन्छ । यस दिन पनि अष्टमीकै रितिले पूजना हुन्छ । पहिलो दिन स्थापना गरिएका देवीदेवताको पूजा सकिएपछि मात्रै विशेष पूजा त्रिशुलीनी नामले गर्नुपर्छ । आफ्नो सवारी राधनको र वाहनको पूजा पनि गर्ने चलन छ । यस दिन रेवन्त घोडाको पूजा गरिन्छ । यस दिन नवरात्र व्रत समाप्त हुने दिन हुनाले कसैको होम गर्ने चलन छ । होम गर्नु उधापन हो । शास्त्रमा जुनसुकै कार्य समाप्तिमा हवन गर्नु भन्ने आदेश छ । यसै दिन कुमारीको पनि पुजा गरिन्छ । कुमारीलाई नवदुर्गा मानेर पूजा गरिन्छ । 
 घ्यू चढाएर पूजा आराधना गरेमा अकाल मृत्युबाट बच्नका लागि र कुनै पनि प्रकारका नराम्रा समाचार सुन्न नपरोस् भन्नका लागि सिद्धिदात्री भगवतीको पूजा आराधना गर्ने कुरा शास्त्रमा बताइएको छ । 


विजया दशमी 


जब नवरात्रको रौनक सकिन्छ सायद सम्पूर्ण चाड मनाउनेको प्रतिक्षाको दिन विजया दशमी हुन्छ । यस दिन परिवारका सम्पुर्ण सदस्य सहभागी भई बडाका हातबाट आशिर्वाद लिने प्रचलन छ । यस पर्वले समाजमा नयाँ रंग छर्दछ । एक प्रकारको फरक विशेषता यस दिन हर सनातनी र दशैँ मनाउने परिवारमा रहन्छ । वर्षै पछि भएको भेटमा रमाएका मनका खुसी वर्णन गरी साध्य छैन । अरु मियको भन्दा फरक प्रकारको वातावरण यस दिन पाइन्छ । स्वच्छ  सफा र वर्षा सकिएको समय ।


जय माता दुर्गा ।।


अम्बे चण्डिके ।।




सम्बन्धित लेखहरू