अब्राहमिक पन्थ: यहुदी, इसाई र ईस्लाम बिचको समबन्ध
विचार

अब्राहमिक पन्थ: यहुदी, इसाई र ईस्लाम बिचको समबन्ध


अब्राहमिक धर्म भन्नाले यहुदी र यसबाट जन्मेको इशाई र इस्लाम धर्म भन्ने बुझिन्छ।  यी तिनै धर्मलाई समग्रमा अब्राहमिक भनिन्छ।  


यी तिनै धर्मका अनुयायीहरुले अब्राहम र अब्राहमका पछिका दुतहरुलाई  ईस्वर मान्दछन। जसरि हिन्दु बौद्ध र जैन धर्मको मूल श्रोत एकै हो, ठीक त्यसै गरेर यहुदी, ईसाई र इस्लामको मूल श्रोत पनि एकै हो।  


अब्राहम पछि मोसा आए मोसा पछि जिजस अर्थात ईसामसिह आए र अन्त्यमा पैगम्बर मोहम्मद आए। सबै दुतहरुका अनुयायी बन्दै गए, र आफुलाई यहुदी, इसाई र इस्लाम भन्न थाले। 


यहुदी धर्मको कुरा गर्ने हो भने, यो करिव ३५०० वर्ष देखि अस्तित्वमा आएको धर्म हो।  यो धर्म अनुसार पैगम्बर अब्राहमले यस धर्मको स्थापना गरेका थिए।  र यहुदीहरु पैगम्बर हजरत मोसालाई मान्दछन।  उनीहरु यो मान्दछन कि मोसा मिश्रका थिए।  तिनै हजरत मोसाले तत्कालिन मिश्रमा भएको अन्याय, अत्याचार र गुलामीबाट यहुदीहरुलाइ बचाए।  यहुदीहरुलाई त्यहाबाट इजरायल ल्याएर बसाए।  


यहुदीहरु मोसालाई मुक्तिदाता भन्दछन । खतना गर्नु (पुरुषको लिङ्गको टुप्पो काट्नु), नवाज पढनु, हज गर्नु, रोजा ब्रत बस्नु, जकात कफायत, हराम हलाल, पवित्र दिन (सबबाब) जस्ता परम्पराहरु यहुदी धर्म बाटै आएको हो।  यस्ता परम्पराहरु मुसलमानले कडाईका साथ् पालना गर्दछन ।  यस्तै परम्पराहरु  इसाइहरुले पनि पालन गर्दछन, केहि फेरबदल सहित।  


यी तिनै धर्ममा आदम, हब्बा, इब्राहिम, नुहा, दाउद, इसाक, इस्माइल, इल्यास, र सोलोमन आदिका कहानीहरु प्रचलित छन्।  प्राय किंवदन्ती र प्राचिन कथाहरु पनि एकै हुने गर्दछन।  मूल जरो र स्थापना उस्तै र एकै भएर पनि यी तिनै यहुदी, इसाई र इस्लाम बिच राम्रो सम्बन्ध कहिले पनि  भएन।  यिनीहरु तिनै एक आपसमा लडिरहे, आ-आफ्नो धर्म सहि र वास्तविक भनि प्रचारमा लागिरहे। यसै क्रममा संसारमा धेरै युद्धहरु भए, कयौ सभ्यताहरु नस्ट पारिए र करोडौ मानिसहरुको हत्या गरीए।  


इसाइका अनुसार, मोसाको समयपछि बढेको अत्याचार र व्यभिचारबाट मुक्तिका लागि ईस्वरले जिजसलाई पठाए र उनि नै पहिलो पैगम्बर इसामसिह हुन् जसले मानिसहरुमाथि भैरहेको अत्याचारबाट उन्मुक्ति दिलाउन धर्तीमा आए। तर  उनलाई तत्कालिन समयका क्रुर यहुदी शासकले उनलाई शुलिमा चढाए, आदि भन्दछन।


 जव इसामसिह अर्थात जिजस क्राइस्ट सुलीमा चडेको तिन दिन पछि जीवित भए तव जिजसका  शिष्यहरुले उहाको चमत्कारिक कार्यबाट प्रभावित भए र उनलाई मुक्तिदाता भन्न लागे।  त्यसपछि जिजस क्राइस्टका अनुयाहिहरुले उनको विचारहरु प्रचार प्रसार गर्न थाले जुन पछि इसाई धर्मको रुपमा प्रचलित भयो।  त्यस्तै जिजसको वचनहरु संग्रह गरेर तयार पारिएको ग्रन्थ जसलाई नया करार अर्थात् बाइबल भनिन्छ। जुन पहिलेको पुरानो करार (यहुदी धर्म ग्रन्थ) भन्दा केहि फरक छ, जहा पुरानो करारको केहि आलोचना समेत गरिएको छ।  


यसरि ईसाई धर्मको सुरुवात भैसके पछि निरन्तर रुपमा ईसाई र यहुदी विच धार्मिक टकराव र द्वन्दको सरुवात भयो। विस्तारै ईसाईहरुको वर्चस्व बढदै गयो र यहुदीहरु माथि धेरै अन्याय र अत्याचारहरु गर्न थाले।  ईसाईहरुले यहुदीहरु माथि ठुलो आर्थिक कर लगाउथे, इसाई पन्थ स्वीकार गर्न बाध्य पार्दथे।  यस्ता गतिबिधिहरुले युरोप र मन्ध्यपुर्वी यसियाका देशहरुमा धेरै अशान्ति हुन थाल्यो।  


इसामसिह अर्थात जिजस क्राइस्ट जन्मेको ६३२ वर्षपछि पैगम्बर मोहमदले इस्लाम धर्मको स्थापना गरे। पैगम्बर मोहमदले आफ्ना अनुयायीहरुलाई बताएका कि, अल्लाह अर्थात् इश्वरको अन्तिम रहसुल म नै हु।  अल्लाहले उनलाई मक्कामाथी कब्जा गर्न आदेश दिएको बताए।  त्यसैले पैगम्बर मोहमद र उनका अनुयाहीहरु मिलेर एक सैनिक जत्था तयार गरेर मक्का माथि कब्जा जमाए।  यस घटनामा पैगम्बर मोहमदलाइ स्वीकार गर्नेहरुको जित भएको मानियो।  त्यसपछि पैगम्बर मोहमदका अनुयायीहरु दिन प्रतिदिन बढन थाले। पैगम्बर मोहमदको जिवनाका केहि घटनाहरुलाइ देवत्वकराण गरियो र उनको मृत्यु पछि नया इस्लाम पन्थको सुरुवात भयो।  पैगम्बर मोहमद्का वचनहरु संग्रहित एक ग्रन्थको पनि तयार पारियो जसलाई कुरान भनिन्छ।  


मुसलमानहरु यो विस्वास गर्दछन कि अल्लाह र मोहमदले बताएअनुसारको  एक मात्र सहि बाटो  ईस्लाम हो ।  इस्लाम धर्मालम्वीहरुले अल्लाहलाई मात्र एक इश्वर मान्दछन।  विस्तारै मुस्लिम अर्थात इस्लाम धर्मको प्रचार हुन थाल्यो।  पैगम्बर मोहमद जन्मेको  १००-२०० वर्ष भित्रमा नै सिंगो अरव र इजरायल सम्म ईस्लामहरु  फैलिए  । 


मुसलमानहरु दिन प्रतिदिन सैन्य बलको आडमा आफ्नो साम्राज्य बढाउदै गए।  इजरायलको जेरुसेलम सहित धेरै चर्चहरु पनि कब्जामा लिन लिए । पछि आ-आफ्नो धार्मिक स्थलहरु जोगाउन र राज्यहरु यथावत राख्नको लागि  ईसाई र इस्लाम बीच करिव २०० वर्षसम्म निरन्तर युद्ध भएको थियो। इस्लाम र इस्साई बिच भएको क्रुसेडको युद्ध जुन सन् १०९६ देखि सुरुवात भएर १२९१ सम्म चल्यो।  यो नै विश्वको पहिलो र सबैभन्दा लामो समय सम्म चलेको धार्मिक युद्ध हो।


आजसम्म यी तिनै धर्म विच एक अर्कामा अस्तित्वको लडाइ चलिरहेको छ।  उनीहरु तिनै धर्मालाम्विले आफुलाई वास्तविक धार्मिक भएको स्वीकार गर्दछन।  तिनै पन्थीहरुको आ-आफ्नो तर्क माथि भएको मान्दछन।  तर यहि तर्कले इतिहासमा हजारौ युद्धहरु भए, करोडौ मानिसहरुको हत्या भयो, सयौ सभ्यताहरु नस्ट पारीए, यद्यपि यिनीहरु सबैको जरो एकै हो।  


मुसलमानहरुको दावी गर्दछन कि अन्तिम रहसुलाको रुपमा पैगम्बर मोहमद आएको हुनाले उनैलाई मुक्तिदाता मान्नु पर्दछ।  ईसाईहरु भन्दछन, ईश्वरको पुत्र अर्थात दुत केवल जिजस क्राइस्ट हुन्, त्यस्तै यहुदीहरुको दावी छ कि मोसा नै ईश्वरको दुत हुन्। मुसलमानले मोसा र क्राइस्टलाई पनि स्वर्ग दुत मान्छन तर उनिहरुनै   मुक्ति दाता होइनन, अन्तिम दुतको रुपमा पैगम्बर मोहमद आएका हुनाले उनैलाई स्वीकार गर्नु पर्छ भनेर मुसलमानहरु भन्दछन।  


धेरै कुराहरुमा समानता हुदाहुदै पनि एक ले अर्को लाइ पुर्ण रुपमा स्वीकार गर्न नसक्दा एक अर्कामा फरक फरक देखिएको हो।  उदाहरणका लागि तिनै धर्मलाम्वीहरुले साझा शब्द "आमेन" प्रयोग गर्दछन, कुनै सुभ कार्य हुदा प्रयोग गर्ने यो शब्दको अर्थ हुन्छ, "गरौ वा राम्रो भयो"।  कुरानलाई नै  सत्य मान्ने र पैगम्बर मोहमदलाई अन्तिम दुत मान्ने मुसलमानहरुको धर्म ग्रन्थ कुरानमा मोसा र जिजसको बारेमा पनि धेरै कुराहरु लेखिएको छ।  


मोसा, जिजस वा मोहमद जे भने पनि एकै ईस्वरका स्वर्गदुत हुन्। त्यसैले यिनीहरुले मान्ने ईश्वर एकै हो केवल दुतहरु मात्र फरक हो। यद्यपि यहि दुतको नाममा भएको झगडाले संसारमा ठुला ठुला युद्दहरु भैरहेका छन्।  यिनीहरु तिनैको धर्म शास्त्र पनि लगभग एकै जस्तो छ, ऐतिहासिक घटना क्रम पनि एकै छ, सृष्टि समबन्धि कुराहरु पनि एकै छ केवल दुत अर्थात मुक्ति दाताको बिसयमा भएको झगडाले गर्दा विश्व आतंकित बन्न पुगेको छ।