दहिका अमुल्य गुणहरु
आयुर्वेद

दहिका अमुल्य गुणहरु


नेपाली-दही । हिन्दी-दही । संस्कृत-दधि ।

१ अजीर्ण (अपच ) मा - गाईको दही बराबर पानी मिलाई पिए अजीण नष्ट हुन्छ ।।


२ तृषा (तिर्खा) मा - पुरानो इटको टुक्रा सफा गरेर धुनु र आगोमा तताई रातो गरेर गाईको दहीमा झ्वाई गर्नु र तिर्खाको रोगीलाई अलि-अलि गरी पिलाउन् । यसो गर्नाले तिर्खा शान्त हुन्छ ।


३ सूर्यावर्तमा - सूर्योदयभन्दा पहिले दही र भात ३ दिनसम्म खानु । यसले सूर्यावर्त नष्ट हुन्छ।
   "मध्याह्नसम्म जति-जति सूर्यको तेज बढ्दै जान्छ, उति कपाल दुख्छ, घाम कम भएपछि आराम हुन्छ, यसलाई 'सूर्यावर्त' भन्दछन् ।।


४ कोढ़ (कुष्ठ ) मा - चितू र सहिजनको बोक्रा पिंधेर दहीको पानीमा मिलाई लेप गर्नाले कुष्ठ नष्ट हुन्छ ।


५ अथवा - अलैंची र पुनर्नवा खूब मसीनो गरी पिंधी त्यसमा दहीको पानीमा मिलाई लेप गर्नाले कुष्ठ नष्ट हुन्छ ।


६ अथवा - खयर र लोध मसीनो गरी पिंधी दहीको पानीमा मिलाई लेप गर्नाले कुष्ठ नष्ट हुन्छ ।


७ अलकाईमा -
दहीको सेवनले अलकाईको रगत आउन बन्द हुन्छ ।

८ राती नदेखेमा - दहीको पानीमा आफ्नो थूक मिलाई अञ्जना गर्ने वा दहीको पानीमा मरिच मिलाई लगाए रतौधी आराम हुन्छ।


९ दाद र चिलाउनेमा - अमला, चकमकेको गेड़ा र खयर बराबर पिंधने र त्यसमा दही मिलाई लेप गर्नाले दाद चिलाउने व्यथा नष्ट हुन्छ।


१० दाह (जलन) मा - दहीबाट आएको पानी लगाउनाले जुन अङ्गको दाह भए पनि नष्ट हुन्छ ।


११ प्रवाहिकामा -
दहीको पानीमा मह मिलाएर चटाउनाले पेटका प्रवाहिका नष्ट हुन्छ।


१२ अतिसार (पखाला) मा - दही भात खानाले अतिसार नष्ट हुन्छ।


१३ अथवा - दही र १ तोला अमला खाए अतिसार नष्ट हुन्छ।


१४ कफ वातमा -
दहीमा सुठो, मरिच, पिप्ला, सिधेनुन र रायोको धूलो मिलाएर खानाले कफ र वात नष्ट गर्छ, शरीर बलियो बनाउँछ र कान्ति बढाउँछ । (हेमन्त र शिशिर ऋतुमा दहीको सेवन गर्नाले शरीर हृष्ट-पुष्ट हुन्छ र कुनै रोगले पनि एकासि आक्रमण गर्न सक्तैन)।


१५ निद्रा नलागेमा - दही शिरमा मले निद्रा पर्छ। मगज ठण्डा हुन्छ।


१६ मुखको कालो दागमा - दही मुखमा मल्नाले मुखको कालो दाग चाया नष्ट हुन्छ । मुख नरम हुन्छ ।


१७ जाइफलको नशामा - दहीमा मिश्री मिलाएर खानाले जाइ फलको नशा जान्छ ।


१८ काँचको टुक्रा खाएमा -
अन्नको साथ काँचको टुक्रा आदि खाइए १,२ माना गाईको दही खानु , उपद्रव शान्त हुन्छ ।


१९ करवीर आदिको विषमा -
गाईको दहीमा चिनी मिलाएर पियो भने करवीर, रातीगेड़ी, धतूरो र अरू विषादि चीजहरू खाएर भएका उपद्रवहरू नष्ट हुन्छन्।


२० बारुलो आदिको विषमा - बारुलों, बिच्छी , अरिङाल, माउरी र झीगाहरूले टोकेमा गाईको दही मले विष शान्त हुन्छ र शरीर ठंडा हुन्छ।

श्रोत: औषध-पूर्णचन्द्रोदय पुस्तक।