दालचीनीको आयुर्वेदिक उपचारहरु
आयुर्वेद

दालचीनीको आयुर्वेदिक उपचारहरु


नेपाली–दालचीनी । संस्कृत–दारुसिता ।
 
१.  रुघाको जरोमा -  १ मासा दालचीनी । ५ रत्ती ल्वाङ र १५ रत्ती सुठो २ माना पानीमा काढा पकाएर आधा माना बाँकी भएपछि निकाल्नू र छान्नू । ५–५ तोलाको मात्रा गरी दिनको ३ पटक दिनाले रुघाको जरो र त्यसका उपद्रहरु  पनि शान्त हुन्छन ।
 
२.  न्यूमोनियाँ र खोकीमा – ३ मासा दालचीनी, १ मासा मरिच, ३ मासा जेठीमधु, ४ ओटा कण्टकारीको फल र २ तोला मिश्री १ माना पानीमा पकाउनू र १ चौथाई बाँकी भएपछि निकाली छान्नु । यो औषधि दिन भरमा ३ मात्रा गरी पिलाउनाले न्यूमोनिया र अत्यन्त बढेको खोकीमा पनि आराम गर्छ । कफ काटिन्छ र शरीर हलका हुन्छ । द्म र गला बसेकोमा पनि फाइदा गर्छ । मुखको दुर्गून्ध नष्ट हुन्छ । यसले छातीमा जमेको कफ काटेर निकालिदिन्छ र वमन पनि रोकिदिन्छ ।
 
३. क्षयमा – बेहन दुधमा दालचीनीको तेल ५ थोपासम्म मिलाई क्षय–रोगीलाई पिलाउने ग¥यो भने क्षयका उपद«, कफबाट रगत आउने खोकी जरो इत्यादि नष्ट भई बिस्तारै–बिस्तारै आराम हुन्छ । यो ओषधि खानेबित्तिकै  क्षयको शक्ति ह्ट्तै जान्छ ।
 
४. कपाल दुखेमा – दालचीनीको तेल निधारमा र कञ्च्टमा मल्नाले सर्दृीबाट पैदा भएको शिरदर्द आराम हुन्छ ।
 
५. दाँतको रोगमा – दालचीनीको तेल कपासको फाहामा राखोर खाक्रोे दाँत भित्र हाली च्याप्यो भने दाँतका कीरा र दन्त–शूल समेत नष्ट हुन्छ । दाँतको बाहिर (गाला) पनि लगाउनू ।
 
६. कानका रोग – दालचीनीको तेल २–३ थोपा कानमा हाल्नाले कानका अरु रोग र बहिरोपन समेत नष्ट हुन्छ ( कान पोल्यो भने तिलको तेलमा मिसाई हाल्नू) ।
 
७. अतिसारमा– ४ मासा दालचीनी र १ तोला खयर मिलाएर पिंध्नू । २५ तोला तातो पानीमा यो औषधि हाली छोपिदिनू । २ घण्टापछि छानेर २ मात्रा बनाई पिउनू । यसलै अतिसार नष्ट हुन्छ ।
 
८. अथवा– ६ रत्ती दालचीनीको चूर्ण र ६ रत्ती खयरको चूर्ण मिलाएर तातो पानीसित पिए पनि अतिसार आराम हुन्छ ।
 
९. मन्दाग्नि र कब्जियतमा – ५ रत्ती सुठो, ५ रत्ती दालचीनी र ९ रत्ती अलैंची पिंधी भात खाने बेला खाई भात खानाले खाएको हजम हुन्६, भोक पनि लाग्६ ।
 
१०. वायुको दर्दमा – दालचीनीको तेल मलिदिए वायुको दर्द जान्छ ।
 
११. पेट दूखेमा – ३ मासा दालचीनी र ३ मासा सुठोको धूलो मिलाएर तातो पानीसँग खानाले पेट दुखेको आराम हुन्छ । पेट फुल्ने, वायु गुड.गुड. गर्नो दिशा खलास नहुने र आन्द«ाको दोष समेत नष्ट भई शरीर फुर्तिलो हुन्छ । आउँको दोष पनि नष्ट हुन्छ ।
 
१२. पिसाबको रोगमा – ३ मासा दालचीनी, ३ मासा गोखुर र २ मासा मिश्रीको काढा पिउनाले पिसाब सफा हुन्छ र स्त्रीको मासिक–धर्म पनि समय–समयमा ठीक–ठीक सँग हुन्छ ।
 
१३. अलकाईा – दालचीनीको काढा पिए र त्यसैले अलकाईको खटिरा धोए कोहि दिनमा अलकाई वैलाउँछ र रगत पनि बन्द हुन्छ ।

१४. वमनमा – तातो पानिमा २।३ थोपा दालचिनीको तेल मिलाई पियो भने वमन बन्द हुन्छ ।
 
१५. स्वर बसेमा –३ मासासम्म दालचीनी र मिश्रीको काढा पकाई पिउनाले स्वर खुल्दछ ।
 
१६. आँखा र्फफराएमा – दालचीनीको तेल आँखामा लगायो भने र्फफराउने नष्ट हुन्छ ।
 
१७. अण्ड–वृद्धिमा – अण्डमा पानी जमे ६ मासा दालचीनीको काढाको सेवन र अण्डकोशमा दालचीनीको तेल मल्नाले आराम हुन्छ ।
 
१८. स्मरण–शक्तिमा – १ मासा दालचीनी, १ मासा घोडताप्रे र १ तोला मिश्रीको काढा पकाई पिउने गर्नाले स्मरण–शक्ति तेज हुन्छ, बुद्धि बढदछ र पागलपन र छारे रोग इत्यादि पनि नष्ट हुन्छन् ।
 
१९. पक्षाघातमा – १ तोला दालचीनीको तेल, ५ तोला तिलको तेल र ३ रत्ती कपूर मिलाई मालिस गर्नाले वातका तमाम रोग र पक्षाघात समेत नष्ट हुन्छन् ।
 
२०. स्तम्भनमा – दालचीनी दाँतले चपाई यसको रस कामेन्दि«यमा लगाएर रमण गर्नाले स्तमभन भएर दुबै जना प्रसन्न हुन्छन् ।
 
२१. बिच्छीको विषमा – दालचीनी र शञ्जीर पिंधेर लगाउनाले बिच्छीको विष नष्ट हुन्छ । दालचीनीको तेल लगाएर पनि हुन्छ ।   

श्रोत: औषध-पूर्णचन्द्रोदय पुस्तक।