सुन्तलाको आयुर्वेदिक उपचारहरु
आयुर्वेद

सुन्तलाको आयुर्वेदिक उपचारहरु


नेपाली-सुन्तला । हिन्दी-नारंगी । संस्कृत-नागरंग

१. जरो र खोकीमा - सुन्तलाको बिजुलामा मिश्री मिलाई तताएर खानाले जरो र खोको नष्ट हन्छ।

२. अतिसारमा - १-२ तोला सुन्तलाका सर्बत पिलाउनाले पित्तको अतिसार नष्ट हुन्छ।

३. वमनमा - १ मासा सुन्तलाको बोक्राको चूर्ण बनाएर चटाउनाले वमन बन्द हुन्छ ।

४. जुकामा -
१ तोला सुन्तलाको बोक्राको काडामा १ लाल हिङ्ग मिलाएर दिनाले पेटका जुका मर्दछन् ।

५. दादमा -
जुन दाद भित्र पट्टि सेतो र माथिबाट दाग भएको हुन्छ, त्यसमा सुन्तलाको पुल्टिस बाध्नु, त्यो ठाउँ नरम भएर दाद नष्ट हुन्छ ।

६. रगतको विकारमा - १ तोला सुन्तलाको रसमा ३ मासा चिराइतोको रस मिलाएर पिउने गर्नाले रगत शुद्ध हुन्छ । तागत पनि बढछ ।

७. खुजलीमा -  साना-साना खटिरा र चिलाउने रोग भएमा सुन्तलाको ताजा बोका मल्नाले आराम हुन्छ।

८. स्त्रीको छोप्ने व्यथामा - सुन्तलाको फलको अर्क पिउने गनाल स्नायु-जालको ऐठन र हिस्टीरिया रोग नष्ट हुन्छ ।

९. आमाशयको व्यथामा - १ तोला सन्तलाको बोक्रा, आधा तोला नीमको बोक्रा तातो पानीमा मिलाई छोपेर राख्नू । १५ मिनट पछि छानेर ५-७ तोला पिउनु। दिनको ३ पटक पिउने गर्नाले आमाशय खूब बलियो हुन्छ।

श्रोत: औषध-पूर्णचन्द्रोदय पुस्तक।