धनियाँको आयुर्वेदिक उपचारहरु
आयुर्वेद

धनियाँको आयुर्वेदिक उपचारहरु


नेपाली-धनियाँ । हिन्दी-धनियाँ । संस्कृत-धान्याक ।।

१. आँखाको रोगमा -
१ मासा धनियाँको गेड़ा कुटेर आधा माना पानीमा पकाउनू र कपडामा छान्नू , अनि त्यो रस आँखामा टष्काउनाले आँखा दुखेको नष्ट हुन्छ । आँखा पोल्ने र पानी बग्ने पनि नष्ट हुन्छ।

२. अथवा - हरियो धनियाँको रस छोरीकी आमाको दूधमा मिलाई आँखामा टप्काउनाले आँखाको कठिन दर्द पनि आराम हुन्छ।

३. अथवा - धनियाँको काढ़ा पकाएर आँखा धुने गर्यो भने आँखाको पुरानो सूज र बिफरबाट भएको आँखाको घाउ पनि आराम हुन्छ ।

४. अथवा -  धनियाँको गेडा र जौ पिंधेर पल्टिस बनाएर आँखामा बाधयो भने आँखाको डिल सुनिने र आँखाका अरू रोग पनि आराम हुन्छन् ।

५. अथवा -
हरियो धनियाँको रस आँखामा हाल्नाले बिफरको खटिरा आँखासा आउँदैन।

६. खल्बाट भएमा - धनियाँको धूलो कागतीको चुकमा मिलाएर लेप गर्यो भने खल्वाट नष्ट हुन्छ र रों उम्रन्छ।

७. कपाल दुखेमा - ३-४ मासा धनियाँ र अमला बराबर लिई राती भिजाउनू र बेहान पिंधेर मिश्री मिलाई पिउनू; यसले गर्मीबभएको शिर-दर्द आराम हुन्छ।

८. नाथ्रो फुटेमा - धनियाँको पात पिंधेर त्यसको रस नाकमा हाल्नाले र शिरमा लेप गर्नाले नाथ्रो फुट्ने रोग नष्ट हुन्छ। रगत बन्द हुन्छ।

९. शूलमा - धनियाँको गेडाको धूलो र मिश्री मिलाई ५-६ मासा पानीसँग दियो भने गर्मीबाट भएको शूल नष्ट हुन्छ ।

१०. अतिसारमा - ४-५ मासा धनियाँको भुटेको गेड़ा खानाले तुरुन्त दिशा बन्द हुन्छ।

११. रक्तातिसारमा - २।३ मासा धनियाँको गेड़ा पानीमा भीजाएर पिंधी छानेर खानाले रक्तातिसार नष्ट हुन्छ ।

१२. जुकामा - १ मासा धनियाँको गेडाको चूर्ण रक्सीसँग खानाले पेटबाट जुका निस्कन्छन् र फेरि पैदा हुँदैनन् ।

१३. शीतपित्तमा - हरियो धनियाँको रसमा तिलको तेल मिलाएर मालिश गर्नाले शीतपीत्त नष्ट हुन्छ ।

१४. कामोत्तेजनामा - ४-५ मासा धनियाँको गेड़ा पानीमा भिजाएर पिउनाले काम-शक्ति नष्ट हुन्छ।

१५. गर्मीको सूजनमा -
  हरियो धनियाँको रस र कागतीको रस मिलाएर लगाउनाले गर्मीको सूजन नष्ट हुन्छ।

१६. अथवा-
धनियाँको ताजा पात पिंधेर त्यसमा चनाको पिठो र तिलको तेल मिलाएर लगाउनाले कठोर सूजन र जहर वातको सूज पनि नष्ट हुन्छ ।

१७. सार्कीखटिरामा -  हरियो धनियाँको रस शीशाको ग्लासमा हालेर शीशाकै बत्ताले घोट्नू र गुलरोगन (तिलको तेलमा गुलाबको पात हाली बनाएको तेल) मिलाई लगाउनाले साकीखटिरा नष्ट हुन्छ।

१८. घाँटी दुखेमा - १ मासा धनियाँको गेड़ा चपाउनाले दर्द  नष्ट हुन्छ ।

१६. अलकाईमा - २-३ माला धनियाँको गेड़ा मिश्री हालीपिउनाले अलकाईबाट आउने रगत बन्द हुन्छ ।

२०. मन्दाग्निमा - १ मासा धनियाँको गेडा र १ मासा सूठोको काढ़ा पकाएर पिउनाले पाचन-शक्ति बढ्दछ र पेटको दर्द आराम मिल्छ।

२१. गण्डमाला - धनियाँ र जौको पिठो पिंधेर लगाउनाले गण्डमाला नष्ट हुन्छ।

२२. जोनिको दर्दमा - ६ मासा धनियाँको गेडाको धूलोमा १० मासा शखर मिलाएर लगाउनाले गर्मीबाट दुखेको जोनिको पीडा नष्ट हुन्छ।

२३. गर्भाअवस्थाको खोकीमा - १ मासा धनियाँको काढामा मिश्री र चौलानी मिलाई पिउनाले गर्भवती स्त्रीको वाकवाकी नष्ट हुन्छ।

२४. बालकको खोकीमा - १ मासा चौलानीमा धनियाँ हाली पकाएर पिलाउनाले बालकको खोकी र दम नष्ट हुन्छ।

श्रोत: औषध-पूर्णचन्द्रोदय पुस्तक।