अदुवाको आयुर्वेदिक उपचारहरु
आयुर्वेद

अदुवाको आयुर्वेदिक उपचारहरु


१. दाँत दुखेमा - सर्दीले दाँत दुखेकोमा अदुवाको टुक्रा आगोमा तताई दाँत भित्र च्यापेर राख्नाले दाँतको पीडा नष्ट हुन्छ।
 
२. खोकी र दममा - १-२ मासा अदुवाको रसमा मह मिलाएर चटाउनाले दम, खोकी र रुघा आदि नष्ट हुन्छन्।  
 
३. हैजामा - १ तोला अदुवाको रस र १ तोला आँकको जरा खुब खल गर्नु , जब गोली बन्न लायकको हुन्छ तब मरिच जत्रो गोली
बनाउनु। १-२ गोली मनतातो पानीसित दियो भने हैजा नष्ट हुन्छ ।
 
४. अथवा - १-२ मासा अदुवाको रस, तुलसीको रस र ३-४ लाल मुजूरको प्वाँखको खरानीमा मह मिलाएर चटाउनाले पनि हैजा
नष्ट हुन्छ।  
 
५. वमनमा - १-२ तोला अदुवाको रस र प्याजको रस मिलाएर पिलाउनाले वमन बन्द हुन्छ र बह लाग्ने व्यथा पनि नष्ट हुन्छ।
 
६. कान दुखेमा - अदुवाको रस मनतातो पारी कानमा हाल्नाले कान दुखेको नष्ट हुन्छ ।
 
७. अथवा - अदुवाको रसमा सिधेनुन मिलाई मनतातो पारी कानमा हाल्नू , कान दुखेको नष्ट हुन्छ।
 
८. सुनिएमा - १-२ तोला अदुवाको रसमा पुरानो शखर १ तोला मिलाएर चटाउनाले सारा शरीरको सूजन नष्ट हन्छ (यो औषधी खादा बाख्रीको दूध मात्र पथ्य लिनु पर्दछ ।
 
९. कमल-पित्तमा - अदुवा, त्रिफला (हर्रो, बर्रो र अमला) र शखर बराबर मिलाएर राख्नू। यो औषधी ५-६ मासाको मात्रामा पानीसँग पिउनाले कमल-पित्त रोग नष्ट हुन्छ।
 
१०. मन्दाग्निमा - १ तोला अदुवाको रसमा १ तोला कागतीको रस मिलाएर पिउनाले मन्दाग्नि नष्ट हुन्छ।
 
११. अथवा - १ तोला अदुवाको रस र सिधेनुन भोजनको आदिमा चाटेर भोजन गर्नाले मन्दाग्नि नष्ट हुन्छ।
 
१२. वातमा - २ माना अदुवाको रसमा १ माना तिलको तेल मिलाएर पकाउनू। जब तेल मात्र बाँकी रहन्छ तब निकाल्नू र छानेर बोतलमा राख्नू । यो तेल मालिश गर्नाले जोनिको वात रोग नष्ट हुन्छ ।
 
१३. जलोदरमा - ५ तोला ताजा अदुवा कुटेर रस निकाल्नू र बराबर मिश्री मिलाएर बेहान जलोदरमा-रोगीलाई पिलाउनू । आर्को दिन ७ तोला अदुवाको रस दिनु, एवं रीत्या २ तोलाको दरले २५ तोलासम्म पुयाउनु, अनि २ तोलाको दरले घटाउँदै जानू, जब ५ तोला बाँकी रहन्छ, तब औषधी बन्द गरिदिनू । तैपनि राम्रो आराम भएको छैन भने फेरि प्रयोग गर्ने, अवश्य आराम हुन्छ ।
 
१४. फोड़ा आदिमा - अदुवा कुटेर फोड़ा आएको ठाउँमा बाँधी दिनू । फोड़ा आराम हुन्छ ।
 
१५. जुकामा - ३ म़ासा अदुवाको साना-साना टुक्रा गर्नु र रोगीलाई निल्न लगाउनु। ३-४ दिनपछि जुका नष्ट हुन्छन।  

श्रोत: औषध-पूर्णचन्द्रोदय पुस्तक।