वैदिक हिन्दु आचरण
अध्यात्म

वैदिक हिन्दु आचरण


वैदिक हिन्दुहरुमा खास विशेषताहरु छन जुन अन्यमा छैन । हजारौ तथा लाखौँ मान्यता र तथ्यहरुको आधारमा सनातनी परम्परा र वैदिक समाजको निर्माण भएको छ । हाम्रा हरेक क्रियाकलापहरु वैदिक छन अर्थात वेद संगत छन । वेद संगत भएका हरेक गतिविधीहरु वैज्ञानिक र हरेक युगहरुमा सान्दर्भिक समेत हुने गर्दछन । हाम्रा नितीशास्त्र, न्याय प्रशाशन लगायत समाजको हरेक पक्षको बारेमा वेदमा वर्णन गरेका पाइन्छ । वेद जम्मा चार प्रकारका छन भने यसैको आधारमा तयार भएका गिता पुराण, उपनिषद र नितीशास्त्रहरुको संख्या हजारौ छन, जसमा केहि करोड श्लोकहरुको संख्या छन । वेदका प्रत्येक श्लोक र शब्दहरु अकाट्य सत्य र अनुकरणीय हुन्छन । 


त्यसैले वैदिक जिवनचर्या नै पुर्ण वैज्ञानिक तथा हरेक युग युगमा अनुकरणिय हुने गर्दछ ।  समामान्यतया अध्ययन शिलता, सिर्जना, नैतिकवान र कर्मशिल आदि व्यवहार भएकाहरु वैदिक हुन, जसले कर्म गर्नुलाई नै सबैभन्दा ठुलो धर्म ठान्दछ त्यो नै वैदिक हो । कर्मबाट पन्छिने हरु वैदिक हुनै सक्दैनन । माथि उल्लेख गरेझै वैदिक जिवनयापन नै सबैभन्दा वैज्ञानिक, उन्नत र प्रगतिशिल हो । वैदिक परम्परामा नै जन्मे हुर्केर अवैदिक व्यवहार गर्नु म्लेच्छपना हो, मानवताको नाममा कलंक हो । 


पछिल्लो समय समाज र सारा विश्वमा नै वैश्ययुगको प्रारम्भ तथा पुजिवादको ढोल पिटिए संगै हाम्रा वैदिक क्रियाकलापहरुमा प्रश्न उठाउन थालिएको छ । संग संगै हाम्रा परम्परा र चालचलनहरुमा म्लेच्छपन आउन थालेको छ । अधात्म तथा ब्रम्हाण्डीय सत्यता भन्दा बाहिर गएर मानिस हरु व्यवहार गर्न थालेका छन । न भाषा शुद्ध छ, न खानपान शुद्ध छ न कुनै नैतिकता र मानव धर्म नै बाकि रहेको छ । मानिस अब मानिस रहेन तव मानिसमा क्रित्रिम मेसिन जस्तो व्यवहार देखा पर्न थालेको छ । माया प्रेम, सद्भाव, भावनात्मकता, मातृत्व, भातृत्व र भाइचारा सबै सबैमा तुसरापन आएको जस्तो भान हुन थालेको छ । 


यहाँ वैदिक र अवैदिक म्लेच्छहरु विच हुने सामान्य भेदहरुको बारेमा चर्चा गर्न खोजिएको छ । 


स्वधर्म प्रती आस्थावान 

आफु जन्मे हुर्केको र पिता पुखाले मान्दै आएको धर्मलाई आत्मसाथ गरी जन्म र कुल अनुसारको कर्म गर्नु स्वधर्मको पालना हो । स्वधर्मको पालना नै वैदिक व्यवहार हो । यद्दपी मुश्लिम वा क्रिश्चियन परिवार र समाजमा जन्मेकाहरु कसरी वैदिक हुन सक्लान भन्ने प्रश्न उठन सक्छ, यहाँ हिन्दु वैदिक कुलमै जन्म लिनेहरुको विषयमा कुरा गर्न खोजिएको हो । जो जस्तो हिन्दु कुलमा जन्म लिन्छ सोहि अनुरुपको कर्म गर्नु पर्दछ भन्न खोजिएको हो । 

श्रीमद्भागवद् गीतामा भनिएको छ, 

श्रेयान् स्वधर्माे विगुणः परधर्मात्स्वनुष्ठितात् । 

स्वभावनियतं कर्म कुर्वन्नाप्नोति किल्बिषम् ।। ४७ ।। 

अर्थातः राम्रोसँग सम्पन्न गरिएको अर्काको कर्म वा व्यवसायलाई अपनाउनुभन्दा त्रुटिपूर्ण ढंगले गरिएको भए पनि आफ्नै कर्ममा लाग्नु राम्रो हुन्छ । आफ्नो स्वभावअनुसार निर्देशित कर्म कहिल्यै पनि पापबाट प्रभावित हुँदैन । 


हाम्रो स्वधर्ममा वैदिक क्रियाकलापहरु जिवनको आदर्श बनेको छ, तसर्थ स्वधर्मको पालना नै वैदिक व्यवहार हो । 


जिविन दर्शन

ॐ सर्वे भवन्तु सुखिनः। सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु। मा कश्चित् दुःख भाग्भवेत्॥ ॐ शान्तिः शान्तिः शान्तिः॥ भनेर सबैको भलो चिताउने, सारा विश्वलाई आफन्त ठान्ने, विश्वलाई आफ्नो परिवार मान्ने र समग्रमा मानवता र भातृत्वलाई प्राथमिकतामा राख्ने सोच वैदिक सोच हो । तर मै खाउँ, मै लाउ, मै बनु, मै फलु र फुलु भन्ने सोच फिरिगीं म्लेच्छ सोचाई हो । हाम्रो पुर्विय समाजमा अरुको सेवा नै साचो अर्थमा धर्म हो र पुन्य कमाउने मुख्य बाटो भनेकै सहयोग हो भन्ने छ । कोहि दरिद्र नहोउन, कोहि दुखि र लक्षण हिन नहोउन, सबै निरोगी र समुन्नत होउन भनेर हरेक दिन, हरेक प्रहर केवल वैदिक समाजको सदस्यले मात्र भन्छ । 

चाणक्य नितीमा स्पष्ट संग भनिएको छ, 


धर्मे तत्परता, मुखे मधुरता दाने समुत्साहता 

मित्रsवच्चकता, गुरौ विनयता चित्तेsती गम्भिरता 

आचारे सुचिता गुणे रसिकता शास्त्रेषु विज्ञानता 

रुपे सुन्दरता शिवे भजनता सत्स्वेव संदृश्यते ।।१४।।


अर्थात धर्ममा निरन्तर लागिरहनु, मुखले मिठो, बोल्नु, दान दिनमा सधैँ उत्सुक रहनु, मित्रहरुप्रति भेदभाव नराख्नु, गुरुहरुप्रति नम्रताको व्यवहार गर्नु र आफुभित्र गम्भीरता रहनु, आचरणमा पवित्रता हुनु, गुणहरुको ग्रहण गर्ने रुचि राख्नु, शास्त्रहरुमा विशेष ज्ञानको ओजी गर्नु, रुपमा सौन्दर्य हुनु र भगवानमा भक्ति हुनु आदि सज्जन पुरुषमा देखिने गुणहरु हुन । 

यस्ता गुणहरु एक आर्दश पुरुषमा हुने गर्दछ । वास्तवमा एक वैदिक समाजका हरेक मानिसहरुमा यस्तै प्रकारको गुण क्षमता हुने गर्दछ । यदि यस्ता गुणहरु हामिमा हुदैन वा छैन भने हामी वैदिक होईनौ । 


मातृत्व 

जननी जन्म भुमिश्च स्वर्गादपी गरियशी भन्ने उद्गारलाइ आफ्नो राष्ट्रियताको मुल मन्त्र मान्ने हरु वैदिक हुन । देश लाई आमाको रुपमा सम्मान गर्ने, जन्मभुमिलाई स्वर्ग झै ठान्ने विचार वैदिक विचार हो । यसलाई देश तथा आफ्नो जन्म भुमी प्रतीको धर्मको आधारमा अथ्र्याउन सकिन्छ । तर देशलाई केवल माटो वा भुगोलको आधार मात्र ठान्ने, आफ्नो व्यक्तिगत सुविधाको लागी जन्म भुमी प्रती घात गर्नेहरु वैदिक हुनै सक्दैन । वैदिक धर्मशास्त्र हरुले आफु जन्मेको कुल, समाज र राष्ट्रको ऋण तिर्नु पर्ने कुरा उल्लेख गरेको छ । मानिस भई बाच्नुको सार्थकता तव मात्र पुरा हुन्छ जव उसको जिवनबाट राष्ट्र समाज र कुलले केहि उपलव्धी प्राप्त गर्न सक्नेछ । 


नैतिक धर्म

माता, पिता, गुरु, अतिथी र बन्धु आदिलाई ईश्वरको रुपमा व्यवहार गर्ने, आदर योग्य व्यक्तीलाई आदर तथा माया र स्नेह गर्नुपर्नेलाई यथोचित माया स्नेह सहित सम्मान गर्नेहरु वैदिक हुन । व्यक्तीको आचरण स्पष्ट, निश्कलंक रहित दयावान छ भने उ स्वतः वैदिक परिवारको सदस्य हो । 


व्यवहार 

ब्रम्हमुर्हतमा उठने, नित्य स्नान तथा भगवान र ईश्वरहरुको नाम जप गर्ने, भोजनमा सात्विकता अपनाउने आदि व्यवहार गर्नेहरु वैदिक हुन । हाम्रो सामाजिक चलनअनुशार व्यक्तीको व्यवहार कस्तो हुनुर्पछ भन्ने विषयमा धेरै ग्रन्थहरुमा प्रकाश पारिएको छ । यो विश्व ब्रम्हाण्डको स्वरुप र विशालता ईश्वरकै कारण हो भनि सृष्टिकर्ता ब्रम्हालाई स्मरण गर्ने, आफ्नो कुल र पुर्खाहरुलाई श्रद्धा भावले स्मरण गर्ने तथा सम्मान गर्ने र चराचर जगतको भलाइका लागी सदैव तत्पर रहने विचार जसको मनमा प्रवाहित हुन्छ, त्यो नै वैदिक हो । ब्रम्हचर्यको पालना गर्ने, अर्थात एक पुरुष पतीव्रता र एक स्त्री पत्नीव्रता धर्मको पालना गर्नु पर्दछ । 


अधात्म

अधात्म दर्शन केवल वैदिक परम्परामा मात्र सम्भव छ । योग ध्यान गर्नु, ज्ञानको खोजी गर्नु निती दर्शनको हरसम्भव जिवनमा लागु गर्नु वैदिकहरुको कर्म हो । योग ध्यान र प्राणायम केवल वैदिक परम्परामा मात्र छ । यसको पालना नै हरेक वैदिकहरुको मुख्य कर्तव्य हो । ईश्वर परमात्माको उपस्थिती लाई मान्ने, जगतको सत्यतालाई आत्मसात गर्ने वैदिक हुन । प्रकृतीलाई सम्मान गर्ने धर्म पनि वैदिक धर्म नै हो । जन्म, मृत्यु र मोक्ष अनि समाधीको नियमहरुलाई राम्ररी बुझेर यसबाट आनन्द केवल वैदिकले मात्र लिन सक्दछ । 


के नगर्ने ?

खानपानः अत्याधिक भोजन नगर्ने, भोजनमा राजसी र तामसीक प्रवृत्तीलाई निरुत्साहन गर्ने र भोजनको उत्तम समय प्रात सुर्याेदय पश्चात र सन्ध्या कालमा सुर्यास्त पुर्व भोजन गर्नेर पानी प्रशस्त पिउने आदि गर्नुपर्दछ । जव मानिषको खानपानमा वैज्ञानिकता आउछ तव व्यवहारमा शुद्धता आउछ, व्यवहारमा शुद्धता आएसंगै जिवन नै शुद्ध र आनन्ददायी बन्न पुग्छ ।  


विचारः मातृत्व, भातृत्व, समानता र प्रेम जस्ता विचार मनमा सदैव ल्याउनु पर्दछ । आदर सम्मान सहित हरेक पल पलमा सकारात्मक विचारको प्रवाहित गराउनु पर्दछ । माता पिता गुरुजन आदिलाई कहिल्यै अनादर गर्नुहुदैन । 


जघन्य अपराधः  चोरी, डकैती हत्या, हिंसा र व्यभिचार आदि क्रियाकलापहरु गर्दै नगर्ने । पर स्त्री र परपुरुष सम्भोग नगर्ने साथै कुविचारको भावले स्मरण समेत नगर्ने । यी र यस्ता गतिविधीमा संलग्न नहुने, भुलवश पनी यस्ता कार्य गर्न गराउनमा सहभागी नहुने । 


म्लेच्छ व्यवहारः गौ मासं भक्षण केवल म्लेच्छ फिरिगीं हरुले मात्र गर्दछन । वैदिक हिन्दुहरुले कल्पना सम्म पनि गर्न सक्दैनन । मदिरा पान गर्ने, मध्यरातमा भोजन गर्ने, शरिरलाई जथाभावी छेडने, प्वाल पार्ने तथा अप्राकृतीक तवरले मनोमानी गर्ने । अवान्छनिय सम्भोग गर्ने, गर्भपतन गर्ने गराउने, सम्बन्ध विच्छेद जस्ता कार्यहरु केवल म्लेच्छहरुको धर्म हो । च्यातिएको पोसाक लगाउने, वा सद्दे वस्त्र च्यातेर लगाउने । कुल धर्म नमान्ने तथा पुर्खाको मर्यादालाई कुल्चने । कुनै पनि शुभकार्य गर्दा दिप प्रज्वलन नगरी आरम्भ गर्ने । सृष्ट्रि कर्ता र जगतको पालन र संहार कर्ताको स्मरण समेत नगर्नेहरु म्लेच्छ नै हुन । जन्मदिनमा बालेको बत्ती निभाएर जन्मदिन मनाउनेहरु पनि केवल अवैदिक म्लेच्छ हुन । 


सारंगधर पद्धतीमा भनिएझै

प्रत्यहं प्रत्यवेक्षेत नर श्चरितमात्मनः । 

किं नु मे पशुभिस्तुल्यं किं नु सत्पुरुषै रिति ।। 

अर्थात मनुष्यले प्रतिदिन आफ्नो जीवनको निरीक्षण गर्दै सोच्नु पर्दछ कि मेरो जीवन पशुहरुको जीवनतुल्य छ या श्रेष्ठ पुरुषहरुको जीवनतुल्य । 

यसरी वैदिक परम्पराका मानिसहरुले प्रत्दििन आफ्नो जीवनको बारेमा अध्ययन गर्दै सत्मार्गमा हिडन प्रेरित हुनुपर्दछ । वैदिक परम्परामा जन्मे हुर्केर वैदिक जिवन यापन नै गर्नु पर्दछ ।