वेद र मानवजातिको सृष्टि
अध्यात्म

वेद र मानवजातिको सृष्टि



कतिपय व्यक्तिहरू वेदको राम्रोसँग अध्ययन नगरिकन वेदको मन्त्रलार्ई गलत ढङ्कले प्रस्तुत गर्दछन् । उनीहरू भन्छन् कि वेदको ईश्वरले ब्राहृमणलार्ई आफ्नोमुखबाट, क्षत्रीलार्ई आफ्नो हातबाट, वैश्यलार्ई आफ्नो तिघ्राबाट र शूद्रलार्ई आफ्नो खुट्टाबाट सृष्टि गरेको हो । यदि उनीहरूलार्ई यो कहाँ लेखिएको छ वा कुन वेदमा छ ? भनेर सोध्यो भने आफ्नो शिर झुकाउँछन् र केवल अरूबाट सुनेको भरमा अर्थ लगाउन थाल्छन् तर वास्तविकता भने अर्कै हुन्छ । वेदमा स्पष्ट रूपमा भनिएको छ– 

ब्राहृमणोद्रस्य मुखमासीद् बाहू राजन्यः  कृतः ।

ऊरू तदस्य यद्वैश्यः पद्भ्यां शूद्रोद्रजायत ।। (ऋग्वेद, १०। ९०। १२ , यजुर्वेद, ३१।११)

अर्थात्, त्यो ईश्वरको मुख (सर्वोत्कृष्ट अङ्क वा सधैं सत्य बोल्ने) भनेको ब्राहृमण हो । क्षेत्री (अत्यन्त पराक्रमी वा बाहुबल भएका) उसका हात हुन् । वैश्य (पालनपोषण गर्ने वा पोषण शक्तिसम्पन्न) उसका तिघ्रा हुन् र शूद्र (श्रमिक वर्ग) उसका खुट्टा हुन् ।

यसरी यस मन्त्रमा कहीं पनि कसैलार्ई हेपेको छैन । यहाँनेर कतै पनि ब्राहृमण मुखबाट सृष्टि गरिएको, क्षेत्री हातबाट सृष्टि गरिएको, वैश्य तिघ्राबाट सृष्टि गरिएको र शूद्र

खुट्टाबाट सृष्टि गरिएको भनेर भनेको छैन । यी सब अर्थहरू प्रतिकात्मक छन् । 


वेदमा भएको यस्तो मन्त्रको भ्रामक अर्थ सबैभन्दा पहिले पश्चिमाहरूले नै लगाएका थिए जब उनीहरूले वेदको अङ्ग्रेजी व्याख्या निकालेका थिए किनकि वेदको मन्त्रको यस्तो भ्रामक अर्थ लगाउँदा भारतमा उनीहरूलाइ ईसाइ धर्म प्रचार गर्न सजिलो हुन्थ्यो । विशेषत: म्याक्समुलर, ए. एन्थोनि म्याकडोनाल्ड जस्ता पश्चिमाहरूले नै वेदको गलत अर्थ लगाएका थिए । म्याक्समुलरले आÇनो पत्नीलाइ लेखेको चिठीमा वेद भाष्य गर्नुको कारण यस्तो छ,


‘मलाइ यो आशा छ कि म यो कामलाइ (वेद सम्पादन) पुरा गरिदिन्छु र म यो कुरामा निश्चिन्त छु कि यद्यपि म यो कुरालाइ देख्नको लागि जीवित नरहु तर पनि मेरो ऋग्वेदको यो संस्करण र वेदको अनुवादले भारतको भाग्य र लाखौं भारतीयको आत्माको विकासमा प्रभाव पार्नेछ । यो वेद उनीहरूको धर्मको मूल हो र मूललाइ उनीहरूलाई देखाइदिनु कि जे कुरा पनि यसबाट अगाडिको तिन हजार वर्षमा निस्किएको छ, त्यसको मूल जरा सहित उखेलेर फ्याकिँदिनु नै सबैभन्दा उत्तम तरिका हो ।’


यसबाट पनि म्याक्समुलरको वेदभाष्य गर्नुको कारण स्पष्ट हुन्छ । पश्चिमाहरू नै चाहन्थे कि वेदको विकृत भाष्य होस् । तसर्थ वेदको आजकल जति पनि गलत अर्थ लगाइएको छ त्यहाँ कतै न कतै पश्चिमाको प्रभाव अवश्य नै देख्न पाइन्छ । 

अब माथिको मन्त्रको अर्थ यस्तो छ,


यस मन्त्रको व्याख्या परमात्माका लागि हो, तर हिन्दू दर्शनअनुसार त मानवको सृष्टि प्रत्यक्ष रूपमा परमात्माबाट भएको हैन अपि तु परमात्माबाट ब्रहृमा र ब्रहृमाबाट बल्ल मानवको सृष्टि भएको हो । त्यसैले माथिका मन्त्रले कुनै पनि अर्थमा भेदभावलार्ई जनाउँदैन । जसले वेदको अनुहार कहिल्यै पनि देखेका छैनन् उसले नै वेदको यस्तो अर्थ लगाउँने गर्दछन् । सामाजिक संरचनाअनुसार हेर्ने हो भने पनि हामीले सबै समाजमा माथिका चार वर्णहरू पाउँछौं । के अमेरिका, रुस, बेलायत जस्ता विकसित मुलुकहरूमा ज्ञान र विज्ञानको शिक्षा बाँड्ने ब्राहृमण छैनन् ? देश र समाजको रक्षा गर्ने क्षेत्रीय छैनन् ? देशको आर्थिक संरचनालार्ई मजबुत पार्दै अर्थव्यवस्थालार्ई सुदृढ बनाउँने वैश्य छैनन् ? तथा सबैलार्ई क्षेत्रअनुसारको सहयोग गर्ने शूद्र छैनन् ? विश्वको हरेक मुलुकमा चार वर्णहरू रहेका हुन्छन् । कुनै पनि मुलुक यस संरचनाबाट अलग्गिन सक्दैन । यदि अलग्गिन खोज्यो भने सामाजिक संरचना नै भताभुङ्क हुन्छ । 


यस मन्त्रको आशय सबै कुरालार्ई समान रूपले व्यवस्था गरी राख भन्ने हो । जसरी शरीरमा मुख, हात, तिघ्रा छ तर खुट्टा छैन भने त्यो शरीर काम छैन त्यस्तै, हात, तिघ्रा र खुट्टा छ तर मुख छैन भने त्यो शरीर पनि काम छैन । त्यस्तै हात तथा तिघ्रा छ तर अन्य अङ्क छैनन् भने त्यो शरीर कुनै पनि कोणबाट राम्रो देखिँदैन । तसर्थ माथिका मन्त्रको तात्पर्य भनेको जसरी एउटा उत्कृष्ट र स्वस्थ शरीरका लागि मुख, हात, तिघ्रा, खुट्टा सबैको जरुरत पर्छ त्यस्तै एउटा समतामूलक समाज सञ्चालन गर्नका लागि पनि चारवटै वर्णको आवश्यकता पर्छ भन्ने हो ।  


श्रोत: बिज्ञान को नजरमा वेद र वाइवल पुस्तक बाट