पशुपति पुरीको महात्म्य
अध्यात्म

पशुपति पुरीको महात्म्य



पशुपती पुरीको महात्म्य भक्तिपूर्वक सुनेरै पनि सबै पापहरुबाट मुक्त भएर शिवलोक गइन्छ भनेर हिमवत्खण्डमा बताइएको पाइन्छ । 

स्वर्णपुरी 

भगवान् शिवले स्वर्ग जान नमानेपछि ब्रह्मा, विष्णु आदि देवताहरुले शिवको आराधना गरी वाग्मतीमा तपस्या  गर्न थाले । त्यसबेला सबै देवता र ऋषिमुनि यहीँ जम्मा भएकाले पशुपतिपुरी तपोवन नगरी भयो । त्यसपछि पशुपतिको आज्ञाले विश्वकर्माले थरी थरीका रत्न र  सुनले यहीँ नगरी बनाएकाले यो स्वर्णपुरी भएको हो भनी हिमवत्खण्डमा वर्णन गरिएको छ । हिमवखण्डमै हिरा र सुनले बनेको यो पाशुपत महाराज्य हो भनेर यसको महत्ता बताइएको पाइन्छ ।

स्वर्णपुरीको बयान गर्दै हिमवत्खडमा फेरि भनिएको छः ठूला हिमालय पर्वतमा असल, तेजोमय र  सुनले बनेको भूमिभएको तेजिलो पाशुपतीपुरी चार कोससम्म फैलिएको छ । यहाँ निवास गर्नेहरुलाई धर्म, अर्थ, काम र मोक्ष दिने यी पशुपतिपुरी धन्य छन् । 

पशसपतीपुरी सुवर्णमयी हुनाले चम्किन्छिन, यसैले सबै देवपुरीहरुमा यसलाई माहेश्वरीपुरी भनेको सुनिन्छ, यो सुन र  मणिहरुले गर्दा चम्किने हुनाले ज्योतिर्मयी पाशुपतिपुरी नामले प्रसिद्ध छ भनेर हिमवत्खण्डमा बयान गरिएको पाइन्छ । 

यस्तो स्वर्णपुरी द्धापर युगका अन्त्यमा माटो र काठको हुन गएको हो भनेर हिमवत्खण्डमा भनिएको छ । 


अयोध्या, मथुरा,माया (पुरी) काशी,कान्ची, अवन्तिका रद्धारावती यी सात पुरी मोक्ष दिने ठुला हुन् । तर तिनीहरुभन्दा पनि पुन्यतम भुमि पाशुपतीपुरी हो, जहाँ पशुपतिको लिगं वाग्मतीका साथ सधैँ रहन्छन भनेर प्रसिद्ध सात पुरीभदा पनि पाशुपतीपुरीको महत्व हिमवत्खण्डमा बताइएको छ । 


सत्य युगमा काशीपुरी, द्धापर युगमा अवन्तिकापुरी,त्रेतायुगमा मायापुरी (हरिद्धार) र अयोध्यापुरी,कलियुगमा द्धारिकार मथुरापुरीले युग युग अनुसारको स्वर्ग र मोक्षका फल दिन्छन् । तिनीहरुमध्ये पनि महापुण्यत र श्रेष्ठ पाशुपतीपुरी हो जो सबै युगहरुमा धर्म ,अर्थ, काम र मोक्ष दिन्छ भनेर हिमवत्खण्डमा पाशुपतीपुरीको श्रेष्ठता बताइएको पाइन्छ । 


सप्तपुरी (अयोध्या, मथुरा, माया, काशी, अन्वती, पुरी, द्धारावती, मोक्ष दिनेछन् तर तीभन्दा पनि गरिष्ठा पाशुपतीपुरी हो जहाँ वाग्मतीसगैँ पशुपतिलिगं सधैँ विराजमान छ । सत्ययुगमा काशी, द्धापरयुगमा अवन्ती, त्रेतायुगमा माया र अयोध्या मोक्ष दिने हुन् तर कलियुगमा द्धारिका रमथुराको महत्व हुन्छ । महापुण्यात्मक, चारै वर्ग दिने र सब युगमा पशुपतीपुरी श्रेष्ठ छ । यसको नाम सत्ययुगमा सत्यावती, त्रेतायुगमा तपोवन, द्धापरयुगमा मुक्तिुोपान र कलियुगमा नेपालीका पुरी हो भनेर हिमवत्खण्डमा बताइएको छ । 


श्रोतः पशुपति माहात्म्य लेखक प्राडा. जगदीशचन्द्र रेग्मी