श्रीमद्भगवद्गीता र वर्तमान परिस्थिति
अध्यात्म

श्रीमद्भगवद्गीता र वर्तमान परिस्थिति


श्री गणेशाय नम: 

जय जय श्री राधाकृष्ण ।

श्रीभगवान वेदव्यास विरचित वेदार्थ अभिव्यंजक ' महाभारत ' भित्र भिष्मपर्वमा अध्याय १२५ देखि १४२ सम्म सन्निहित अध्यात्म शास्त्र सार सर्वस्व श्रीगीता विराजमान छ ।

यो यस्तो प्रकारको अध्यात्म शास्त्र हो जस्को विधिवत् अनुशिलनवाट सबै प्रकारको उत्कर्ष सुनिश्चित छ ।

हर समयमा, हर स्थानमा र हर व्यक्तिका लागि श्री गीता विशेष उपयुक्त छ ।

संसारमा यस्तो कुनै समस्या नै छैन जुन समस्या श्री मद्भगवद्गीताको माध्यमले पुर्ण समाधान गर्न नसकियोस ।

" सर्ववेदमयी गीता सर्वधर्ममयो मनु: ।

सर्वतीर्थमयी गंगा सर्वदेवमयो हरि: ।। - गीता सर्ववेदमय, मनुस्मृति सम्पूर्ण धर्ममय, गंगा सबै तीर्थमय र श्रीभगवान हरि विष्णु सर्वदेवमय हुनु हुन्छ ।

श्री गीता आ-आफ्नो वर्णाश्रमानुसारको स्वधर्माचरण सम्पादन गर्न खुव जोडदिन्छ ।

परमात्माको नि:श्वासकल्प " वेद " लाइ जसरी मान्नुपर्ने हो ठिक त्यसरि नै मान्छ वेद लाइ गीता ।

अव कुरा गरौं श्री गीता र वर्तमान परिस्थिति को.........

अहिले धर्म को परिभाषा र धार्मिक कार्य मनोमानि ढंगले गरिन्छ...झन स्वकर्म के हो भन्ने कुरो त हामि हरुको शव्दकोष वाटै लगभग हराइसक्यो.........यस्को वारे मा गीता के भन्दछ त हे रौं......

गीता जस्तोसुकै परिस्थिति किन उत्पन्न नहोस तै पनि आफ्नो स्वधर्म त्यागको समर्थन गर्दैन........

स्वकर्म विहिन भक्ति् पुजा, उपासना समेत श्री भगवान लाइ मान्य हुदैन.......

अर्जुनको कायरतापुर्ण वाणी सुनेर भगवान आनन्दकन्द श्रीकृष्णचन्द्र भन्नुहुन्छ ' क्लैब्यं मा स्म गम: पार्थ नैतत्त्वय्युपपद्यते ।

क्षुद्रं ह्दयदौर्बल्यं त्यक्त्वोत्तिष्ठ परन्तप ।। .......हे पार्थ कायर न हो, त मा यो कत्तिपनि सुहाउदैन, हे शत्रुतापन ह्दयको क्षुद्र दुर्बलतालाइ त्यागेर युद्ध को लागि तयार हो ' ।---

यदि स्वधर्म ( स्वकर्म-कर्तव्यकर्म ) पालन गर्ने क्रममा दया, करुणा, अहिंसा आदि का कारण त्यस दायित्वकर्मरुपी कार्य सम्पादन हुन सक्दैन भने त्यो ह्दयको तुच्छ क्षुद्र दुर्बलता हो, त्यो दया, करुणा आदि हुनसक्दैन ।

स्वधर्म विहिन कर्म धर्म हुनै सक्दैन, कर्तव्य आफ्नो अधिकार को सिमा भित्र हुन्छ, परिधिको अतिक्रमण गरेर हुने कर्म कहिल्यै धर्म हुन सक्दैन ।

हे अर्जुन दया, करुणा, अहिंसा आदि ब्रह्मणोचित् धर्म हुन तेरो धर्म होइन...क्षत्रीय धर्म होइन...तेरोकर्म यतिखेर केवल क्षत्रीयधर्मानुसार अधर्मसंग लड्नु नै हो...यदि अहिंसा, करुणा आदि ब्रह्मणोचीत् धर्म अंगालेर यो धर्म युद्ध त्यागिस भने तैले तेरो धर्म रक्षा गर्न सक्दैनस अनि तेरो पतन निश्चित छ र यो परधर्म भयावह हुन्छ, स्वधर्म मा मृत्यु पनि परमकल्याण सिद्ध हुन्छ ।

स्वधर्ममा दोष र अवगुण भएता पनि छोड्नका लागि आज्ञा दिदैन श्रीमद्भग्वद्गीता ।

यसैले स्वधर्म मा स्थित भएर आ-आफ्नो स्वकर्म सम्पादन गर्नु वाहेक कोहि कसैको अन्य कुनैपनि धर्म छैन ।

अव कुरो गरौं आनन्दको जुन प्रत्यक जीव को परम-चरम लक्ष्य हो.........

प्रत्येक जीव प्रतिक्षण कुनै न कुनै कार्य गरिरहनु को मतलव दुख निवृत्ति एवं आनन्द प्राप्ति का लागि नै हो अन्य कुनै प्रयोजन छैन...

गीता यस्तो प्रकारको आनन्द को कुरो गर्दछकि जुन आनन्दको समास्वादन भैइसकेपछि अर्को कुनै आनन्दको चाहाना नै हुदैन...

त्यो आनन्द हो उनै सर्वात्मा, सर्वाश्रय, पुर्णतम्, पुरुषोत्तम, परमप्रेमास्पद परब्रह्म श्री कृष्णचन्द्रको सुखास्वादन तर विना जन्मगत सहिष्णुता को आधारमा मनोमानि ढंगले गरिने कर्मवाट भने यस्को समुपलव्धि सर्वथा हुनसक्दैन ।

आफ्नो परिधिभित्र रहि मर्यादितढंगले स्वकर्म पुर्वक सम्पादित धर्मद्वारा मात्र परमधर्मरुप अनन्त सौन्दर्य-माधुर्यसार सर्वस्व, सच्चिदानंद, अद्वयतत्त्व साक्षात श्रीकृष्णचन्द्र को समास्वादन हुन्छ र हामि जीव सदाका लागि मुक्त हुन्छौं अर्थात मालामाल हुन्छौं, यहि मनुस्य जीवनको सर्वोच्च लक्ष्य हो र यो भन्दा भिन्न परब्रह्म समास्वादन को अन्य कुनै उपाय छदैं छैन ।

यहि वेदोक्त सिद्धान्त गीतासार हो ।

जय जय श्री राधाकृष्ण ।

जय श्री राधारानी ।।

हर हर महादेव ।।।