श्री गणेश परात्पर परब्रह्म हुन
अध्यात्म

श्री गणेश परात्पर परब्रह्म हुन


श्री गणेशाय नम: 

श्री भवानीशंकर प्रभुको जय जय जय ।

                                                   

वेदमै श्री गणेश जी को महिमा अपरम्पार छ ।

" गणानां त्वा गणपतिं........."

" नमो गणेभ्यो............"

" प्रैतु ब्रह्मणस्पति प्र........." 

अनेक वैदिक श्री गणपति स्तवनहरु छन ।

" गणेश " यो शव्द परमात्मा कै वाचक हो ।


वेदादीशास्त्रहरुमा जुन प्रकार को स्थान विष्णु, शिव र शक्ति आदिको छ त्यत्ति नै स्थान र महत्त्व श्री गणपति को छ । 

पंचदेवोपासनामा श्री विनायक प्रथम पुज्य हुनुहुन्छ र देवाध्यक्ष पनि स्वयं गणनायक नै हुनुहुन्छ ।

अनेक शास्त्रहरुमा परमपुरुष श्री विष्णु कै अवतार मानिनुहुन्छ श्री गणेश ।

सगुण साकार रुपमा श्री विघ्नहर्ता गणेश जी प्रकट हुनु पुर्व नै पार्वतीशिव विवाह मा श्री गणेश को पुजा भएको इतिहास त छदैछ ।

हामिमा दुषित प्रवृत्ति हावि हुंदा अहिले अधिकांश जनहरु श्री गणेश प्रभु लाइ सानोतिनो देवता मान्दछन, अमुक श्री राम जी, श्री कृष्ण जी, श्री शिव जी मान्ने भए पछि अरु मानिरहन पर्दैन भनेर हिड्ने ठुलै जमात छ अहिले ।

श्रीहरि विष्णु भन्नुहुन्छ... " बुद्धिर्गणेशो मम चक्षुरर्क: शिवो ममात्मा मम शक्तिराद्या 

                                  विभेद बुद्धया मयि ये भजन्ति मामंगहीनं कलयन्तिमुढा: " - श्री गणेश मेरो बुद्धि हुन, भगवान भुवन भास्कर सुर्य मेरा आँखा हुन, शिव नै मेरो आत्मा हुनुहुन्छ, श्री देवी मेरी शक्ति हुन ।

यि चार मेरा अंगहुन म विष्णु अंगि हुँ, जो-जो मनुस्यहरु यि चार अंगहरुलाइ म देखि भिन्न मानेर मेरो भक्ति गर्छन ती मुढहरु मलाइ अंगहिन ( अपागं ) बनाउदछन । 

तदनुसार कहिले परात्पर प्रभु शिव अंगि र चार अरु हामि उहाँ का अंग हुन्छौ ।

कहिले एवंरितले श्री गणेश अंगि हुनुहुन्छ बाकि चार उहाँ का अंग ।


जुन कुनै प्राणि जस्ले आफ्नो स्वस्थ शरिरको कामना गर्छ के उसले आफ्नो आँखा, शिर लाइ वेकार मान्न सक्छ....... पक्कै पनि सक्दैन ।

 - अव यहाँ कस्लाइ श्रेष्ठ मान्ने र कस्लाइ निम्न मान्ने...

यसरि नै सारा देवताहरुको अंगागीं भाव मान्य हुन्छ ।

वेदान्तदर्शनमा जति महत्त्व श्रीशिव गीता, श्रीमद्भागवत गीता का छन त्यत्ति कै सर्वोपरी स्थान श्रीगणेश महाप्रभु द्वारा आफ्ना भक्तलाइ प्रदान यस श्रीगणेशगीता को छ ।

सुत जी भन्नुहुन्छ- हे भगवन् ! हजुरले अष्टादश पुराणहरुको साररुप अमृत त पान गराउनु भयो परन्तु अव त्यो भन्दा पनि अधिक रसिलो उत्तम अमृत पान गर्ने इच्छा जाहेर भैइसकेपछि.........

परमरसको आस्वादन गराउदै प्रभु श्री गणेश भन्नुहुन्छ..... " अहमेव महाविष्णुरहमेव सदाशिव: ।

                                                                           अहमेव महाशक्तिरहमेवार्यमा प्रिय ।। "- हे प्रिय म नै महाविष्णु हुँ, म नै सदाशिव, म नै महाशक्ति र म नै सुर्य हुँ ।- १/२३

" अहमेको नृणां नाथो जात: पंचविध: पुरा ।

   अज्ञानान्मां न जानन्ति जगत्कारणकारणम, ।।- एकमात्र म नै मनुस्यहरुको स्वामी हुँ, ( विष्ण, शिव, शक्ति, सुर्य तथा गणेश ) यि पांचप्रकारले म नै पुर्वकालमा उत्पन्न भएको हुँ, म नै जगतको कारण पनि कारण हुँ, अज्ञानीमनुस्यहरु मलाइ जान्दैनन् ।- १/२४

अग्नि, जल, पृथ्वी, आकाश, वायु, ब्रह्मा, विष्णु, रुद्र, लोकपाल, र दसै दिशाहरु, आठवसु, मुनि, गौ, मनु, पशु, नदी, समुद्र,यक्ष, वृक्ष, पंक्षिहरु, स्वर्गहरु, नाग, वन, मनुस्य, पर्वत, साध्य, सिद्ध, राक्षस इत्यादि सबै म बाट नै उत्पन्न हुन्छन । -१/२५-२

" अहमेव परं ब्रह्माव्ययानन्दात्मक नृप ।

मोहयत्यखिलान् माया श्रेष्ठान् मम नरानमुन् " ।।- हे राजन ! म नै अव्यय आनन्दस्वरुप परब्रह्म हुँ, मेरी माया समस्तजगत तथा श्रेष्ठ पुरुषहरुलाइ समेत मोहित पार्दछिन ।-१/२९

मैले नै पहिले तीन किसिमका गुणलाइ साथलिएर मैले नै तीन शरीर धारण गरेर, तीन किसिमको सृष्टि गरे ।

यसप्रकार त्रिगुणात्मक योगको अत्यन्त रहस्य मैले नै विष्णु लाइ प्रदान गरे, यहि कुरो विष्णुले सुर्यलाइ, सुर्य ले मनुलाइ वताए, यसरि सनातन परम्परा चल्दै आइरहेको छ ।

बेला बखतमा यस धर्तिमा अधर्मको वृद्धि हुदा धर्म संस्थापनका निमित्त म नै अनेक नाम रुप धरेर अवतरित हुन्छु ।

यसप्रकार श्रीगणेश श्रुति-स्मृति प्रतिपादित प्राणाधिपति, जीवाधिपति र परमाधिपति सिद्ध हुनुहुन्छ ।

भ्रामक तरिकाले दुष्प्रचार गरिएको विविध वाद, पंथ र (Religion) मा नलागौं, वैदिक सनातन हिन्दु धर्मको मुल मर्म वुझि उनै परात्पर परब्रह्म परमात्मा को वेदादी शास्त्र प्रतिपादित वा मान्य श्री विग्रहहरु को उपासना गरौ । 

जस्तै,

श्री गणेश र उनका अवतारहरु, श्री देवी र उनका अवतरहरु, श्री सुर्य र उनका अवतारहरु, श्रीविष्णु र उनका अवतारहरु र श्री शिव र उनका अवतारहरु यि भन्दा बाहेक हामि सनातनी हिन्दुहरुका कोहि पनि पुजनिय र भजनिय छैनन ।

यहि सनातन सिद्धान्त हो ।

हर हर महादेव ।।

श्री गोरखा दर्शन ।।।