शिवाशिव
अध्यात्म

शिवाशिव


ब्रम्हा र विष्णु जस्ता अनादि शक्तिले जान्न नसक्ने यो रहस्यमय कुरो म जस्तो जीवनभर पेटभर्न मात्र दौडधुप गर्ने सामान्य तुच्छ जीवले प्रयत्न गर्नु नितान्त वालकपन हो तैपनि यसैको वहानामा एकछिन पशुपतिनाथ को कीर्तन गर्ने मौका मिल्छ ।


यो जगत नै " परमशिव " को अभिव्यक्ति हो जहाँ बाट यो समस्त संसारको अभिव्यक्ति हुन्छ त्यो संस्थान नै शिवशिवा सम्मिलित परमशिव स्वरुप साक्षात शिवलिंग हो । यो अन्नत ब्रह्मांड केवल " शिव शिवा " को खेल हो- उपनिषद् ब्रह्म रूपी " शिव " को विसद् बर्णन गर्दै भन्छ- " सर्वशक्तेमहेर्शस्य विलासो हि मनोजगत "- यो सबै जागतिक खेल " शिव शिवा " को चैत्तिक सृष्टि हो, " परमशिव " को मनोविलास हो, हामि चैतन्य रुपि " परमशिव " को शक्तिरुप चेतना हौ, साधारण मनुस्य देखि ठुला-ठुला विद्वानहरु सम्म भ्रमित हुनु कारण नै यहि हो, हामि केवल आभास लाइ सत्य मानिरहेका छौ, हामि सत्य को छाया लाइ सत्य मानिरहेका छौ, तपाइ दु:खि हुनुको कारण यहि हो, तपाइ हुँदै नभएको लाइ छ भन्नुहुन्छ, जुन चिज तपाइको हुँदै होइन र तपाइको हुनैसक्दैन त्यसलाई मेरो भन्नुहुन्छ यो सबै " शिव " शक्तिरुपी मायाको खेल हो । तपाइ जुन शरीरलाइ आफ्नो मान्नु हुन्छ, त्यो तपाइको शरीर त " शिव " को अभिव्यजंक संस्थान हो- अर्थात तपाइ को शरीर नै " शिवलिंग " हो-" देहो देवालय: प्रोक्त: स जीव: केवल: शिव: - मनुस्य शरीर नै शिव रुपि पशुपतिनाथ को निवास स्थान हो- र हर शरीर भित्र विराजित जीव नै शरीर देखी विनिर्मुक्त पृथक समष्टि " शिव " स्वरुप हो । " लिंग " नाम यसकारण रहन गयो कि संहारको समयमा सम्पुर्ण प्रपंचमय जगत यसै " लिंग " मा विलिन हुन्छ र फेरी समग्र सृष्टि को आरम्भ पनि यसै लिंग बाट हुन्छ । यसप्रकार समस्त सृष्टि को प्रादुर्भाव र विलय को परमकारण साक्षात " शिवलिंग " हो..........क्रमश......। 


यो कुरो केवल जान्ने प्रयत्न गर्नुहुन्छ भने जान्न सक्नुहुन्न परन्तु भक्ति पुर्वक मान्दै जान्ने अभिलाषा राख्नु हुन्छ भने त्यो मयोभव रुपि " शिव " संग एकाकार भएर आफ्नो मौलिक स्वरुपमा स्थित हुन सक्नु हुन्छ - यसैको नाम हो " शिवेन सह योग: शिवयोग: । 


जय देश । 


जय गौरीबल्लभ ।