रुद्र तथा शिवः संहारमा कल्याण
अध्यात्म

रुद्र तथा शिवः संहारमा कल्याण



भगवान सदासिवमा शिवतत्व व्याप्त नै छ तथापि उहाँमा संहारको शक्ति पनि विशेष रुपमा अधिष्टित रहेको छ । यसैका कारण उहाँ संसारभर पुजित र सम्मानित हुनुहुन्छ, सबका हृदयमा वास गर्नु हुन्छ । 


जसको शरिरमा वस्त्र छैन, खरानी घस्ने, गलामा अस्थिपञ्जर अथवा कंकाल, जसको निवास शमशान यस्तो स्वरुप जो रुद्र नामले जानिन्छ, तर वास्तवमा भगवान शिव हुनुहुन्छ । रुद्र अर्थात दुष्टलाई रुवाउनेवाला हुनुहुन्छ । र अर्काे नाम जो त्र्यम्बकम ले चिनिनु हुन्छ जसको अर्थ हुन्छ भुत, वर्तमान, भविष्य तिनै कालको बारेमा जान्नेवाला । 

जब भगवान सदाशिव आफ्नो स्वरुपमा लीन हुनुहुन्छ तब उहाँ सौम्य रहनुहुन्छ । जब संसारमा अनर्थ कार्यहरुमा दृष्ट्रि दिनुहुन्छ तब उहाँ भयंकर हुनुहुन्छ, रद्र रुप धारण गर्नु हुन्छ ।

संसारमा ईश्वरको सर्वश्रेष्ठ नाम हो ओम् । जुन शब्द तिन अक्षर मिलेर बन्दछ, अ, उ र म । यि तिनै शक्तिका धोतक हुन । जहाँ “अ” को अर्थ उत्पत्ति शक्तिको धोतक (प्रजापती ब्रम्हा), “उ” को अर्थ धारक अर्थात स्थिति शक्तिको धोतक (विष्णु) “म् “को अर्थ प्रलय अर्थात संहारक शक्तिका धोतक (रुद्र) हो । तीनै शक्तिको पुञ्ज नै परमेश्वर हो । वैदिक रुद्रीमा रुद्रको समस्त वर्णन छ । उहाँको संहारक शक्तिमा नै कल्याण छ । यदी भगवान रुद्रमा संहारक शक्ति नहुने हो भने ती असंख्य जीवात्माको अदृष्ट अर्थात धर्माधर्मको अनुरुप समयानुसार अर्थात तत्वहरुको क्रमपुर्वक सृष्टिको संहार कसले गर्दछ । सृष्टिको संहार नहुने हो भने अदृष्ट चक्रका अनुशार प्रजापती बसी बसी के गर्दछन साथै विष्णु भगवानले नै के गरुन ?

पौराणिक कथाहरुमा जे जे र जस्ता जस्ता विषयहरु समेटेको भएता पनि पुराण र गिता आदिले यहि तत्वको बोध गराउँदछन । जसरी भगवान शिव योगविद्याको आद्य प्रवर्तक मानिन्छन । कैलाशमा हिमालयको काखमा रहेर योगको निगूढ. तत्व नजानेर के गरुन ।


शिवजी स्वयम भन्नुहुन्छ । 

विविच्य सर्वशास्त्राणि विचार्य च पुनः पुनः । 

इदमेकं सुनिष्पन्नं योगशास्त्रं परं मतम् ।।


मैले समस्त शास्त्रोको विवेचना गरे, जुन शास्त्रको बार बार विचार गरे, र निश्चिन्त भए कि योगशास्त्र भन्दा बढेर कोहि अरु शास्त्र नै छैन । 

भगवान शिवजी नृत्य विद्याको आद्य प्रवर्तक हुनुहुन्छ । उहाँको डमरुको ध्वनी बाट नै भाषा र वर्णहरुको आविस्कार भयो । (१) अ इ उ ण्, (२) ऋ लृ क्, (३) ए ओ ङ (४) ऐ औ च्, (५) ह य व र ट्, (६) ल ण्, (७) ञ म ड न ण म्, (८) झ भ ञ, (९) घ ढ भ् ध ष्, (१०) ज ब ग ड द श्, (११) ख फ छ ठ थ च ट त व्, (१२) क प य्, (१३) श ष स र्, (१४) ह ल आदि । यि नै १४ वर्गका अक्षरहरु नै सम्पुर्ण भाषा र ध्वनीको आधार हुन । जुन भगवान शिवले नृत्यको समयमा डमरु बजाउदा उत्पन्न ध्वनिहरु थिए । 

योग विधाको प्रवर्तक, नृत्यविद्याको आद्य प्रवर्तक, व्याकरण  शास्त्रको संचालक शिवजीको ब्रम्हारुप भयंकर नै किन नहोस उहाँको कृतिहरु शिवकारक नै हुन । चाहे पौराणिक शिव हुन, चाहे वैदिक शिव हुन, चाहे परमपदको प्राप्त योगाचार्य शिव, नर्तकाचार्य शिव अथवा व्याकरण शास्त्रका प्रवर्तक शिव हुन सबैको एकै रुप हो सदा शिव कल्याण का नायक ।