हामि शिवका हौ र शिव हाम्रा हुन ।
अध्यात्म

हामि शिवका हौ र शिव हाम्रा हुन ।


शिव


हामि शिवका हौ र शिव हाम्रा हुन ।


जुन कुरो ले जगत ध्वस्त हुन्छ, जुन कुरो ले जगत डराँउछ र जुन कुरो ले जगत को मृत्यु हुन्छ त्यहि प्रलयकारि विष र भयंकर विषधारि नागराजधिराज लाइ आफ्नो दिव्य आकर्षक आभुषण बनाएर आँफै सु-सोभित भैइ व्यक्त हुने अयोनिज-अजन्मा परब्रह्म " शिव " सबैका आराध्य हुन, ब्रह्मा, विष्णु र राम-कृष्ण आदि उनका अवतार सहित सम्स्त देवगण, असुरगण, मानव समेत भुत-प्रेत आदि उपासकहरुका केवल एकै उपास्य मात्र " शिव " हुन, जहाँ सबैका लागि स्थान छ, जहाँ विरानो र पराइ कोहि छैनन् सबै आफ्नै-आफ्ना स्वयं " रुद्र " रुपी परमेश्वर को अभिवाज्य अंश, यहि वास्तविकरुपमा परमात्मा को लक्षण हो ।


ति नै " शंकर " अजात स्वरुप र सबैका जातरुप हुन ।


यि नै " शिव " सम्स्त जीव समुदाय को मौलिक स्वरुप हो ।


प्रत्यक जीव ले, प्रत्यक जात-जातिले, प्रत्येक समुदायले खोजेको र चाहेको विकास र आत्मोन्नति केवल परमचैतन्य स्वरुप परब्रह्म " शिव " मात्र हुन ।


क्रमश


हर हर महादेव ।


जय देश ।