शिव; "अभेद दर्शन"
अध्यात्म

शिव; "अभेद दर्शन"


शिव

के तपाइले श्रद्धा-विश्वाश को अभेदमुर्ति अर्धनारीश्वर देख्नुभएको छ ?…..त्यो केवल भब्यमुर्ति हो ज्ञानको त्यो पनि पराज्ञानको……?


यसैमुर्तिमा समग्र सृष्टि को रहस्य निहित छ ।


आधुनिक प्राणिशास्त्री भन्दछन, सृष्टि का प्रत्येक प्रांणी उभयलिंगी हुन ।

स्त्रीमा पुरुष-अवयव अविकसित दशामा हुन्छ...त्यस्तै स्त्री-अवयव पुरुषमा अविकसित अवस्थामा हुन्छ...


पदार्थविज्ञान भन्दछ, प्रकृतिको प्रत्येक अणुमा आकर्षण-विकर्षण दुवै शक्ति एकै साथ रहन्छ, आकर्षण-कण ( प्रोटोन ) तथा आकर्षित-कण ( इलेक्ट्रोन ) बाट नै समस्त परमाणु बनेका हुन ।


शक्ति-शक्तिमान ( पार्वतीशिव) को अभेद सृष्टिको अणु-अणुमा आज स्पष्ट हुदैछ र स्मरणरहोस तपाइमा कुनै आश्चर्य हुनुहुदैन यदि भोली आधुनिक विज्ञानले भनोस कि " अणुहरुको आकार त सर्वत्र सनातनी हिन्दुहरुद्वारा पुजित शिवलिंग नै देखिइरहेको छ " ।

शिव र शक्ति सृष्टिका आदिकारण हुन तथा एक-आपसमा अभिन्न हुन ।

जसरी चन्द्रमा मा चन्द्रिका, पुष्पमा गन्ध र सुर्यमा प्रभा नित्य र स्वभाव सिद्ध छन त्यसैगरी शिव मा शक्ति पनि स्वभाव सिद्ध नै हो ।

शिव अजन्मा, अजर, अमर नित्य र सनातन सुप्रसन्न सत्ता हो भने शक्ति जगतमा विभिन्न नाम र रुपका माध्यमबाट व्यक्त सत्ता हो, जसलाई परिणामी तत्त्व भनिन्छ ।

ति नै अम्विकानाथ कोटि-कोटि ब्रह्माडहरुका अधीश्वर हुन ।

ति नै शाश्वत जीवाधीपति " शिव " समग्र सृष्टि को उदयस्थान, निलयस्थान र विलयस्थान हुन ।

ति नै परब्रह्म " हर " तपाइहामि सबैको मौलिकस्वरुप हुन ।


हर हर महादेव ।।

आनन्दमुर्ति करुणासागर श्री भवानीशंकर को जय जय ।।।