महाशिवरात्रि नै महान उत्सव
अध्यात्म

महाशिवरात्रि नै महान उत्सव


जय श्री गणेश महाप्रभु


जय श्री सरस्वती


जय श्री गुरुदेव


जय शिव शिव शिव



ब्रह्मा र विष्णु ले गर्न नसक्ने कुरो एक सामान्य जीवले कसरि गर्न सक्छ तैपनि उनै सर्वेश्वर शिव को आराधना स्वरुप यो सानो निवेदन 



जसरि देवताहरुमा देवादीदेव महादेव नै ब्रह्म, परमात्मा र भगवान सिद्ध हुनुहुन्छ, त्यसरि नै " महाशिवरात्रि " मनुस्य मात्रको सर्वोच्च तिथि/दिन र परमपावन पर्व/उत्सव पनि सिद्ध नै हुन्छ ।

" शिवं तु पुजयित्वा यो जागर्ति च चतुर्दशीम् ।
मातु: पयोधररसं न पिबेत स कदाचन ।। "

जो शिव-चतुर्दशीमा शिवा पुजा गर्दै जाग्राम रहन्छन उसलाइ फेरि कहिल्यै आफ्नो माता को दूध पिउन पर्दैन अर्थात उ सधैंका लागि मुक्त हुन्छ ।

विधिवत वेदादीशास्त्रहरुको अनुशिलनवाट यस्तो खालको निष्कर्ष निष्किन्छ कि सबैले खोजेको, रोजेको, चाहेको अद्वितीय वस्तु जुन आनन्द हो, त्यहि आनन्द विशेष खाश वस्तुको नाम नै " शिव " हो ।
ब्रह्म, अद्वैत र परमात्मा पनि " शिव " कै नाम हो ।


परब्रह्म परमात्मा को वास्तविक स्वरुपको नाम " शिव " हो, वास्तविक स्वभाव को नाम " शंकर " हो र वास्तविक प्रभावको नाम " प्रलयंकर " हो ।

अर्को महत्त्वपूर्ण कुरो के हो भने एक शिव मात्र निर्गुण-निराकार भएकाले निष्कल हुन, अन्य सबै सगुण विग्रहवान भएकाले सकल मानिन्छन् ।


निष्कल भएकै कारणले शिवको आकारविशेषशून्य निराकार लिंग को पुजा हुन्छ, अन्य देवताहरुका साकार विग्रह को नै पुजा हुन्छ ।
शिव निराकार लिंग र साकार स्वरुप दुवै तरिकाले पुजिन्छन ।


अन्य देवता साक्षात निष्कल/निराकार ब्रह्मरुप नभएकाले केवल शिवको मात्र निराकार लिंगरुपमा आराधना हुन्छ ।
सर्वस्वरुप शिव को पुजा को लागि नै लिंगको कल्पना गरिएको हो ।


यसैले भगवान शिव भन्नु हुन्छ....जो संसारको मुलकारण महाचैतन्य र लोकलाइ लिंगात्मक जानेर/मानेर लिंगपुजा गर्छन, मलाइ ति भन्दा प्रिय अन्य कोहि लाग्दैन ।


प्रत्येक वस्तुको उत्पत्ति शिव-शक्तिको सम्बन्ध बाट मात्र हुन्छ ।
यो जगत समेत साक्षात लिंग नै हो, शिव को अभिव्यक्ति नै यो जगत हो ।
शिव परम समष्टि चैतन्यमय हुनुहुन्छ ।


१- " शं नित्यसुखमानन्दमिकार: पुरुष: स्मृत: ।।
वकार: शक्तिरमृतं मेलनं शिव उच्यते ।
तस्मादेवं स्वमात्मानं शिवं कृत्वार्चयेच्छिवम् ।। "-- 

शकारको अर्थ हो नित्यसुख र आनन्द, इकारको पुरुष र वकारको अर्थ हुन्छ अमृतस्वरुपा शक्ति ।
यि सबै को सम्मिलित रुप नै " शिव " हो ।


यसरि शिवस्वरुप को परिशीलन बाट सहजै सम्भव छ परमशान्ति लाभ 


२- जव समुद्र मन्थन बाट भयंकर कालकुट विष निष्किएर पुरा जगतमा प्रलय मच्चाउन थाल्यो, कसैमा सामर्थ्य भएन त्यसको निराकरण का लागि, तव सबै मिली " सदाशिव " को शरणमा गइ यसप्रकार स्तुति गरे " शिवस्य तु वशे कालो न कालस्य वंशे शिव : "...हे शिव !

काल तिम्रो अधिनमा छ, काल तिम्रो गति हो, कसैले यस्लाइ रोक्न सक्दैन, केवल तिमी मात्र कालमुक्त चिदानन्द परमप्रभु हौ ।
हे शंकर !

तिमी त्र्यम्बक एवं तीन नेत्रवाला हौ ।
सत्यम्, शिवम् र सुन्दरम् तिम्रा ३ नेत्र हुन ।
तिमी नै कर्म, भक्ति र ज्ञान धारण गर्छौ ।
भूमि, अन्तरिक्ष र द्युलोक सर्वत्र तिमी नै परिव्याप्त छौ ।


तिम्रो नेत्र नै जीवन, मृत्यु र मुक्ति हुन ।
हे प्रभु यस कालकुट वाट संसारको उद्धार गर्नुहोस, तिनै लोक लाइ भस्म गर्न यो विष अगाडि बढिरहेको छ ।


यसप्रकार देवताहरुको आर्तपुकारवाट प्रभु ले तत्काल नै विना कुनै हिच्किचाहाट विषको निवारण गर्नुभयो ।


यसवाट के थाहा हुन्छ भने " शिव " कुनै पनि कालमा स्वत: सिद्ध परमसत्ता हो ।


३- जब नारायणास्त्र धेरै सेनाहरुको संहार गरेर अदृश्य भयो, तब अश्वत्थामा पाण्डवहरु र श्रीकृष्ण आदिलाइ श-कुशल देखेर दंग परे, कसरि यिनिहरु अक्षत रहन सके भनेर........

अनि अश्वत्थामा रथबाट ओर्लेर व्यासजी भएको ठाउमा गएर प्रणाम गरेर भने- ' भगवन !

कृपा गरेर हजुरले मेरो मनोगत यो संशयको निवारण गरिदिनु पर्यो......

मेरो पिताजी ले मलाइ अस्त्र-विद्या सिकाउदा केहि भेद राखे वा कलिकालको आगमनले मन्त्रहरुको सामर्थ्य नै नष्ट भयो...

या फेरि मेरो आचारवैगुण्य भयो ??? के कारणले म द्वारा नारायणास्त्र प्रयोग भएर पनि श्रीकृष्ण तथा पाण्डव आदि बचे...........


तव व्यासदेव मुस्कुराउदै अश्वत्थामा लाइ भन्नुहुन्छ......


विद्या दिदा कुनै भेद राखेका छैनन, कलिले गर्दा मन्त्रको सामर्थ्य मा पनि कमि होइन र त मा आचारवैगुण्यको पनि कुनै सम्भावना छैन...

परन्तु कुरो यो हो कि श्रीकृष्ण र अर्जुन को तलाइ ज्ञान छैन, यसैले तेरो मनमा अनेक शंकाहरु भैइरहेका छन ।
यति भनेर फेरि भगवान व्यास जी भन्नुहुन्छ..........

श्री कृष्ण पुर्वजहरुका पनि पुर्वज श्री भगवान नारायण हुन भने, यिनै को तप:प्रभावले उनैको समानता प्राप्त महामुनि नर लाइ त अर्जुनरुपमा जान......

जन्म, कर्म, तप-योग, यि दुवैका र तेरो पनि पुष्कल हुन तर पनि तिमी शिवमुर्तिको पुजन गर्छौ भने उनिहरु दुवै शिवलिंग मा हरार्चन गर्दछन, यत्ति नै फरक हो ।


यसप्रकार अश्वत्थामा पनि शिव-भक्त हो, तथापि शिवलिंग मा हरार्चन/शिवार्चन गर्ने श्रीकृष्ण र अर्जुन उ द्वारा अजेय हुन ।


यसप्रकार यहाँ श्रीव्यासजी द्वारा श्रीकृष्ण को परम शिव भक्ति देखाइएको छ ।


यसरि आशुतोष श्रीशिव को परब्रह्मत्त्व स्वत: चरितार्थ छ ।


४- श्रीमद्भागवत को चतुर्थस्कन्धमा श्रीब्रह्मा जी द्वारा श्रीशिव को स्तुति.........


१- " जाने स्वामीशं विश्वस्य जगतो योनिबीजयो: " ।
शक्ते: शिवस्य च परं यत्तब्रह्म निरन्तरम् ।। - म जान्दछु कि हजुर नै सर्वव्यापी परब्रह्म हुनुहुन्छ, जो जगत का योनि-विजरुपी प्रकृति र पुरुष भन्दा पर हुनुहुन्छ र हजुर नै सारा विश्व जगतको नाथ हुनुहुन्छ ।
श्रीमद्भागवत को अष्टम स्कन्ध मा.........


२- " त्वं ब्रह्म परमं गुह्यं सदसद्भावभवनम् ।
नानाशक्तिभिराभातरत्वमात्मा जगदीश्वर: ।। - तिमी निगूढ ब्रह्म हौ, सदसत् सारा समस्त वस्तुहरु तिमीवाट नै उत्पन्न भएका हुन ।
तिमी ईश्वर हौ, नाना किसिमका शक्तिहरुद्वारा तिमी जगत स्वरुपमा प्रकाशित भैइरहेका छौ ।


३- श्रीमद्भागवत कै अर्को श्लोक.........
" यत्तच्छिवाख्यं परमात्मतत्त्वं
देव स्वयंज्योतिरवस्थितिस्ते । - हे देव ! शिव-नाम द्वारा अभिहित स्वयंज्योति परमात्मा तत्त्व नै हजुरको वास्तविक नैसर्गिक अवस्था हो ।
श्रीमद्भागवतमा कति छन कति शिव महिमा वर्णन गरि साध्य छैन ।


५- "सौरो वा वैष्णवो वान्यो देवतान्तरपुजक: ।
न पुजाफलमाप्नोति शिवरात्रिबहिर्मुख: ।। " - पद्मपुराण ---------


जुन परात्पर शिवरात्रि मा शिव पुजा गर्दैन उ सहस्त्र वर्ष सम्म जन्म-मृत्युरुप संसारमा घुमिरहन्छ, चाहे सुर्यदेवको उपासक होस या विष्णु या अन्य कुनै देवका ।


६- ' नास्ति शर्वसमो देवो नास्ति शर्वसमो गति: ।
नास्ति शर्वसमो दाने नास्ति शर्वसमो रणे ।। '-

महाभारत- न कोहि शिव समान देव छ, न कसैको शिव समान गति छ न कोहि शिव समान दानि छ न कोहि शिव समान लड्ने विर छ ।


७- श्रीकृष्णचन्द्र नै परम " शिव " भक्त र " शिव " महिमा जान्नेवाला हुन भन्ने आख्यान
" कृष्णद्वैपायन: साक्षाद्विष्णुरेव न संशय:।।
को ह्यन्यस्तत्त्वतो रुद्रं वेत्ति तं परमेश्वरम् ।
नार्जुनेन सम: शम्भोर्भक्तो भुतो भविष्यति ।
मुक्त्वा सत्यवतीसुनुं कृष्णं वा देवकीसुतम् ।।

"
व्यासमुनि कृष्णद्वैपायन साक्षात विष्णुरुप नै हुन, यसमा संशय छदैं छैन ।
व्यासमुनि लाइ छोडेर परमेश्वर " रुद्र " लाइ अरु कस्ले तत्त्वरुपमा जान्न सक्दछ ???
सत्यवतीसुत व्यास र देवकी सुत श्रीकृष्ण यि दुइ सिवाय अर्जुन समान कोही " शिव " भक्त भुतकालमा भएनन् र भविष्यमा हुँदा पनि हुँदैनन् ।


८- ' एक एव रुद्रोऽवतस्थे न द्वितीय : '- निरुक्त ।
- ' एको हि रुद्रो न द्वितीयाय तस्थु: ,- श्वेताश्वतरोपनिषद्
-' एक एव रुद्रो न द्वितीयाय तस्थु: ' - तै. सं
-' एको रुद्रो न द्वितीयाय तस्मै॰ ।- अथर्वशिर्ष
-' रुद्रमेकत्वमाहु: शाश्वतं वै पुराणम् । ' अथर्वशिर्ष
-' यदात्मस्तन्न दिवा न रात्रि-
र्न सन्न चासन्छिव एव केवल: श्वेता. ------

एक शिव भन्दा अन्य कुनै को अस्तित्व नै छैन


९- "शिवेति द्वयक्षरं नाम व्याहरिष्यन्ति ये जना: ।
तेषां स्वर्गश्च मोक्षश्च भविष्यति न चान्यथा ।। "---

जो मनुस्यहरु " शिव " यस दुइ अक्षरको नाम उच्चारण गर्छन, उनिहरुलाइ स्वर्ग र मोक्ष दुवै प्राप्त हुन्छन-यसमा कत्ति पनि सन्देह छैन ।

यसरि वेद, उपनिषद्, रामायाण, महाभारत, पुरणहरुमा अद्वितीय ब्रह्मस्वरुप शिव को महिमा गाइएको छ ।

जय श्रीपशुपतिनाथ ।

हर हर महादेव ।।