रहस्यमयी नेपाली वर्णमालाः  संस्कृत अर्थ संग्रह
अध्यात्म

रहस्यमयी नेपाली वर्णमालाः संस्कृत अर्थ संग्रह


संस्कृत वर्णमालामा १३ स्वर र ३३ व्यजन हुन्छ । 

ह्रस्व स्वरः अ, इ, उ, ऋ, लृ 

दीर्घ स्वरः आ, ई, ऊ, ॠ

संयुक्त स्वरः ए, ऐ, ओ, औ

व्यंजनका पाँच वर्ग हुन्छन । 

क वर्गः क् ख् ग् घ् ङ्

च वर्गः च् छ् ज्  झ् ञ् 

ट वर्गः ट् ठ् ड् ढ् ण् 

त वर्गः त् थ् द् ध् न् 

प वर्गः प् फ् ब् भ् म् 

यी सबै व्यंजनलाई स्पर्श व्यंजन भनिन्छ, यो २५ ओटा हुन्छ । 

यसका अलावा 

अन्तःस्थ व्यंजन र उष्म व्यंजन पनि हुन्छ जुन यसप्रकार रहेको छ । 

अन्तःस्थ व्यंजनः य् र् ल् व् 

उष्म व्यंजनः श् ष् स् ह् 

अयोगपाह् व्यंजनः अं अः 

स्वर वर्णको बिना व्यंजनको उच्चारण असम्भव हुन्छ, यसालाई आदि वर्ण यसकारण पनि भनिन्छ कि यो मुल रुपमा हलन्त अर्थात आदि नै हुने गर्छ, जब यसमा स्वर वर्ण मिल्दछ तव यो पुर्ण व्यंजन बन्दछ । सबै व्यंजनको मूल रुपमा हलन्त(्) हुन्छ । जव यसमा (अ) स्वर मिल्दछ, तव हलन्तको लोप हुन्छ ।

जस्तै 

क् + अ = क

प् + अ = प 

संयुक्त वर्णः जब दुई व्यंजनहरु एक आपसमा मिलेर एक बनाईन्छ तव यो संयुक्त वर्ण बन्दछ । 

जस्तै 

क् + ष् + अ = क्ष शब्द उदाहरण,  क्षमा 

त् + र् + अ = त्र शब्द उदाहरण, मित्र 

ज् + ञ् + अ = ज्ञ शब्द उदाहरण ज्ञान 

प् + र् + अ = प्र शब्द उदाहरण प्रगति 


वर्ण विच्छेद 

जब कुनै शब्द को वर्ण (अक्षर) लाई अलग गरिन्छ तव यसलाई वर्ण विच्छेद भनिन्छ । शब्दको अन्तमा जुन अक्षर हुन्छ, उसैमा अन्त वाला शब्द भनिन्छ । जस्तै (अ) अन्त बाट अकारान्त (आ) अन्त बाट आकारान्त । यसप्रकार इकारान्त, उकारान्त आदि हुन्छ । 

केहि उदाहरण हेरौ, 

देव = द् + ए + व् + अ अकारान्त 

गीता = ग् + ई + त् + आ आकारान्त 

पति = प् + अ + त् + इ इकारान्त 

नदी = न् + अ + द् + ई = ईकारान्त 

साधु = स् + आ + ध् + उ उकारान्त 

मातृ  = आ + त् + ऋ ऋकारान्त 


माथिका स्वर वर्ण र व्यंजन वर्ण मिलेर नेपाली भाषाका शब्दहरु तथा संस्कृतका शब्दहरु बन्छन । यसका साथ साथै प्रत्येक स्वर वर्ण र व्यंजन वर्णको उच्चारण गर्ने नियम भिन्दा भिन्दै छन । 


स्वर वर्णका प्रत्येक शब्दहरुको भिन्दा भिन्दै अर्थ छ । त्यस्तै व्यंञ्जन वर्णका पनी प्रत्येकको भिन्दा भिन्दै अर्थ छ । संस्कृत वांमयमा यसको निकै ठुलो महत्व रहेको छ । स्वर वर्णका प्रत्येक अक्षरहरुको अर्थ जान्न सकेमा मात्र पनि आधात्मिक रुपमा धेरै नजिक पुग्न सकिन्छ । अधिकाशं अक्षरहरुको अर्थ भगवानको नामसंग नै जोडिएको छ । यहा स्वरवर्णहरुको अर्थ राखिएको छ ।


अकारःकृष्ण उद्दिष्ट ऐक्यं कृष्णगणेशयोः ।

तस्मादकारबोध्याय गणेशाय नमो नमः ।।

अ: (अव्य) अभाव नहुनु (पु.) विष्णु 


आनन्दितसकलसुरः सूरच्छविभासुरो वपुषि ।

आनगज आर्तिहरो हरजातश्चिन्त्यते मनसि ।। 

आः स्मरण सम्झनु, वाक्य, वाक्यप्रारम्भ 


इष्टार्थोद्यक्तानामिष्टापूर्ताकारिणाम् ।

इष्टप्रदमिभाकारमीक्षणादिनमीड्महे ।।

इ: (अव्य) तर्क 


ईषत्कटाक्षविक्षेपिताखिलकिल्विषम् ।

ईहापूरकमीशानतनूजन्मानमीड्महे ।। 

ई: (स्त्री) लक्ष्मी 


उपवीततीव्रभुजगो विपद्धिषग्राससोल्लासः । 

उत्साहं पुष्णीया हर इव हेरम्ब सर्वदाअस्माकम् ।। 

उ: (अव्य) आश्चर्य, तर्क, क्रोध वचन


ऊष्मणानुग्रहोत्थेन जनितैः स्ववेदबिन्दुभिः ।

अभिरम्यकपोलाय सुमुखाय नमो नमः ।। 

ऊ: (अव्य) संबोधन, वाक्यारम्भ, दया, रक्षा 


ऋद्धिसिद्धिसमेताय सकलाभीष्टदायिने ।

ऋषिभिर्नित्यसेव्याय गाणाध्यक्षाय ते नमः ।। 

ऋक्थः (न.) धन 


गुणिने गुणसंज्ञाय गुणतीताय ते सते ।। 

शिवाम्बिकासुपुत्राय नमस्ते धुम्रकेतबे ।। 

एकः मुख्य, अर्को, एउटा, केवल ए


ऐरावतालिभिर्नित्य सौपषुघया ।

वीक्षिप्तं एव परमान्दन ।। 

ऐकागारिकः (पु.) चोर


औषधीमधीशेन शीतललीकृतमस्तकम् । 

नमामी भालचन्द्र तं प्रणपाकारमीश्वम ।। 

ओकसः घर, पानी, दूध


औत्तानपादिनाअरण्ये  चिन्तिताय भवावये ।

बालेन बालुरुपाय गणेशाय नमो  नमः ।। 

औक्षकः साँढेहरुको समुह


क देखी ज्ञ सम्मको अर्थ अर्काे भागमा ।