ब्रम्हाचर्यको तत्त्वार्थ
अध्यात्म

ब्रम्हाचर्यको तत्त्वार्थ


ब्रम्हाचर्य शब्दको वास्तविक अर्थ यकिन गर्न बहुत कठिन छ । अधिकाशं मानिसहरु ब्रम्हाचर्यको अर्थ आजन्म कुमार रहनु वा जटा जुट आदि भेष बनाएर हिडनुलाई मान्दछन । वास्तवमा ब्रम्हाचर्यको अर्थ यसरी लगाइयो भने न्यायोचित हुदैन । भगवान रामको गृहस्त जिवन थियो तर उहाँलाई मर्यादा पुरुष तथा ब्रम्हाचर्य पुरुष भनिन्छ । यसकारण ब्रम्हाचर्यको सम्बन्ध न कुमारपनबाट हुन्छ न कुनै निश्चित भेष भुषाबाट हुन्छ । यद्यपी यतीले पनि ब्रम्हाचर्य शब्दको अर्थ पुर्ण हुदैन । 


ब्रम्हाचर्यको पुरा अर्थ वीर्यको रोक्नु, वेद ज्ञानको आर्जन गर्नु, सत् चित आनन्द ब्रम्हा समान गराउनु हो । वीर्य एक दिव्य तेजको नाम हो । जसरी शतपथ ब्राम्हाणमा बताइएको छ, वीर्य वै भर्ग, वीर्य नै तेज, आभा, प्रकाश हो । यो वीर्यरुप ब्रम्हाको  दीपनबाट मात्रै ब्रम्हा वेदको तत्त्वज्ञानको दर्शन र वेदतत्त्वको ब्रम्हा दीपकबाट सत् चित आनन्द ब्रम्हाको साक्षात्कार पुरा हुदछ । यहि ब्रम्हा पुरुषहरुनै योगको सच्चा अधिकारी  हुन्छन । 

हाम्रो शास्त्रमा वीर्यको बीजत्व , वीरत्व, ओजस, बल, तेज, शुक्र, पवित्रता, रेत, रेतस कान्ति, बिन्दु, भर्गादि नाम रहेको छ । साथै वीर्यलाई नै सृष्टिको उत्पादक, पालक, संहारक पनि बताइएको छ । परन्तु योगशास्त्रमा वीर्यको ब्रम्हाबिन्दु ब्रम्हाबीजक भनिएको छ । भगवान महादेवले योगशास्त्रमा भन्नुभएको छ, 


अहं बिन्दु रज शक्तिः 

अर्थात म (महादेव) बिन्दु वीर्य हु र रज शक्ति (पार्वती) हुन । योगशास्त्रमा बताइएको छ, कि साधकको नाभिस्थानमा रज र मस्तिष्कको मध्य केन्द्रमा वीर्य बिन्दु रहन्छ । रजको सिन्दुर वर्ण र वीर्यको श्वेत वर्ण हुन्छ । योगशाधनामा रजरुप पार्वतीको नाभिबाट उठाएर मस्तिष्कमा रहेको वीर्यमा मिलाउनु नै योगसिद्धिको सफल रहस्य हो । यस कथनमा अत्यन्तै सुन्दर वैज्ञानिक तथ्य हरु लुकेको छ । अत्यन्त थोरै मानिसले मात्र यसको बारेमा जान्न सक्दछन भने आजको समयमा यसको वास्तविक अनुभव प्राप्त गर्न सक्ने लाखौँ हिन्दु साधकहरु मध्ये बाट एक / दुई जना मात्र हुन सक्छन । ब्रम्हाचर्यको ब्रम्हा शब्द नै वीर्य र ब्रम्हाको अभेद्य सम्बन्धको बताइरहेको छ । 



यस अभेद्य सम्बन्धको अभेद्य राख्नसक्ने साधक नै प्रथम श्रेणीको ब्रम्हाचारी हुन्छन । यस ब्रम्हाचारीको अहंबिन्दु आफ्नो स्वभावसिद्ध स्वरुप ब्रम्हामै स्थिर रहन्छ । अर्थात यसप्रकारको ब्रम्हाचारि यो जान्दैनन कि हाम्रो वीर्य तन्तुको संसारमा सम्बन्ध राख्नेवाला कोई वीर्यरुप पदार्थ छ या छैन ! यस्ता ब्रम्हाचार्यको ब्रम्हाबिन्दु सब तरहको कम्पनबाट रहित सदा स्थिर रहन्छ । 

दोस्रो श्रेणीको ब्रम्हाचर्यवाला साधक ब्रम्हाबिन्दुमा कम्पन अवश्य उठाउन सक्दछन आफ्नो कठोर संयम, बल र भीष्म प्रतिज्ञाद्धारा ब्रम्हाबिन्दुको कम्पनको ब्रम्हाबिन्दुले अन्यत्रै ढकेल्दछन । यस्तो साधना अत्यन्त कठिन साधना हुने गर्दछ । 

तेस्रो श्रेणीको ब्रम्हाचर्यवाला ब्रम्हाचारी साधक ब्रम्हाबिन्दुमा जो सृजन कम्पन उठदछ, उसलाई ईश्वरको सृष्टि सृजन आदेश सम्झेर सन्तान उत्पत्तिमा बदल दिन्छन । उनिहरु यस सृजनको ध्येयबाट गृहकार्यमा प्रवृत्त हुन्छन । ब्रम्हाको उस ब्रम्हाबिन्दुमा भएको एकोहं बहु स्याम् को सांकेतिक सूक्ष्मान्तर दिव्य वाणीको जान्दछन । ईश्वरीय आज्ञाको पालक र विषयासक्तिबाट रहित भएर साधक पनि ब्रम्हाचारी हुन सक्दछन । यस प्रकारका साधकहरु सृजन कार्यमा ईश्वरीय सृजन प्रेरणाले नै कार्य गर्दछ । 

 उपर्युक्त तिनै ब्रम्हाचारी ब्रम्हाको उपासक हुन । प्रथम ब्रम्हालीन, ब्रम्हास्थित, ब्रम्हारुप भनिन्छ । दोस्रो योगी हुन्छन भने तेस्रो भगवानको परम प्रिय भक्त हुने गर्दछन । 

यसकारण विर्यको सहि प्रयोग वा यसको न्यायोचित दमन नै ब्रम्हाचर्यको पालन हो । भगवानको प्रिय भक्त भइकन साथै गृहस्त जिवन निर्वाह गर्दै पनि ब्रम्हाचर्यको नियम पालना गर्न सकिन्छ, जसरी भगवान राम , कृष्ण र हाम्रा महान पूर्वज आदिले गरे ।

श्रोतः योगाकं, गीताप्रेस, गोरखपुर