शिव; नेपालीहरुले मात्र नजानि नहुने कुरा
अध्यात्म

शिव; नेपालीहरुले मात्र नजानि नहुने कुरा


 यो त " महादेव " भुमि हो ।

यो त " परमदेव " भुमि हो ।

यो त साक्षात " शंकर " भुमि हो ।

यो त " पार्बतीबल्लभ " भुमि हो ।

यो त " विष्णुबल्लभ " भुमि हो ।

यो त " श्रीरामचन्द्रप्रियतम् " भुमि हो ।

यो त " मुकुन्दप्रियतम् " भुमि हो ।

यो त " ब्रह्माजीप्रियतम् " भुमि हो ।

यो त " ईन्द्रप्रियतम् " भुमि हो ।

यो त " पशुपतिनाथ " भुमि हो ।

यो त साक्षात " परमपुरुष " भुमि हो ।

यो त साक्षात परब्रह्म " शिव " भुमि हो ।

" मेदिनीह्दये साक्षाद्विराजते हि सन्ततम्"- समस्त पृथ्वीमण्डलको ह्रदयमा ( पशुपतिक्षेत्रमा ) तेजोपुंजका रुपमा " पशुपति " को ज्योति सदा सर्वदा रहिरहन्छ ।

यस " पशुपतिपुरी " महाक्षेत्रमा विष्णुले लक्ष्मी पाउनका लागि तपस्या गरेका हुन, ब्रह्माजी ले तपस्या गरेर तीन कुण्ड बनाएका हुन, कश्यप र दक्षप्रजापति ले यहाँ नै तपस्या गरेका थिए, मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, कृपाचार्य, पर्शुराम र विभीषणले यहि तपस्या गरेर चिरंजीवी भएका हुन, यसरि जान्नु हामि को रहेछौं भनेर ।

हेर्नुस कति छ कति मेरो प्रियतम् को महिमा बर्णनातीत् छ, हिमालयको दक्षिण, गंगाजीको उत्तर, हिमालय पर्वतो खाल्डो ( उपत्यका ) " रुद्र " को अत्यन्त प्रिय भुमि हो, यस नगरीमा त्यो परमेश्वर " रुद्र " एकक्षण पनि नछोडिकन विराजित छन ।

" रुद्रप्रियतमा तीव्रं नमस्कारात्स मुक्तिदा " - " रुद्र " की प्रियतमा यो नगरी नमस्कार गरिनाले मुक्तिको फल दिन्छिन्, यो नगरी शास्त्रमा लोकहरुमा दुर्लभ उत्तरकाशी भनेर प्रशिद्ध छन् ।

यसप्रकार यो नेपाल नगरी, समस्त पृथ्वीकै गर्भगृह, रुद्रप्रिया, शिवप्रिया रहिछन् ।

सबैले एउटा कुरो याद गरि राखौं यदि हामिले हाम्रो सुरक्षित उन्नति चाहानि हो भने, यो नेपाल महाक्षेत्रमा " जय जय गोरख नै हुन्छ ", " जय जय काली नै हुन्छ ", जय विर विरभद्र नै हुन्छ " , जय भैरव जय भैरवी नै हुन्छ " र हर हर महादेव नै हुन्छ ।

यो नेपाल नगरी प्रियतमा जसको हो उसैको गुणगान गाउने हो त्यो " शिव " नै हुन् ।

प्रयत्न हामिले नै गर्ने हो, प्रयत्न गरियो भने " ईश्वर " हाम्रो अनुकूल नै हुन्छन्, गरिएन भने " ईश्वर " हेरि मात्र रहन्छ ।

हामि " शिव " का हौं र " शिव " हाम्रा हुन्, यो नेपालीहरुमा मात्र हुनुपर्ने गुण र व्यबाहार हो ।

जय देश ।

जय उमाशंकर ।