वैदिक सनातन हिन्दु ' धर्म ' मात्र एक विशिष्ट धर्म
अध्यात्म

वैदिक सनातन हिन्दु ' धर्म ' मात्र एक विशिष्ट धर्म


श्रीगणेश महाप्रभुको जय जय जय ।

जय जय जय सनातन धर्मविग्रह प्रभु श्रीराम ।।

जय जय जय परात्पर श्रीकृष्णचन्द्र ।।।

हर हर महादेव ।।।।


१)- वैदिक सनातन हिन्दु ' धर्म '  मात्र एक विशिष्ट धर्म.........


" धर्मो विश्वस्य जगत: प्रतिष्ठा । " ---------

-------------------------------


मानव वुद्धि कल्पित धर्म र वैदिक धर्म अत्यन्त भिन्न कुरा हो ।

जीवको वुद्धि द्वारा स्वकल्पित धर्मका माध्यमले लौकिक, पारलौकिक तथा पारमार्थिक उन्नति सर्वथा अप्राप्त निश्चित छ ।

महाभारत मा वताइएको छ कि

" धर्मस्य तत्त्वं निहितं गुहायां

महाजनो येन गत: स पन्था: ।- धर्म तत्त्व असाध्यै गूढ रहस्य हो ।

यसको व्याख्या गर्न ठुलो कठिनाइ छ । 

यसैकारण महापुरुषहरु जुन मार्गबाट चलेका थिए र चलेका छन त्यहि धर्म मार्ग हो । "

प्रत्यक जीवको न्यायसंगत कार्य नै धर्म हो यो सनातन आर्य सिद्धान्त हो ।


२)- हाम्रो सनातन धर्मानुसार श्रद्धा, आस्था र विश्वास आदि साक्षात धर्म होइनन् केवल धर्मका हिस्सा हुन, हामिले देखिरहेका हुन्छौ मानिसको गलत वस्तु र आचरणमा समेत श्रद्धा हुन्छ तर त्यसको परिणाम भयावह हुन्छ यो कुरो सबैलाइ थाहा नै छ, सनातन धर्म केवल आस्था र विश्वासमा चल्दैन जस्तै.........प्रत्येक दिन विहान सुर्योदय पुर्ववाट हुन्छ यस्मा तपाइ को आस्था, विश्वास होस या नहोस सुर्योदयो पुर्ववाट नै हुन्छ यहि सनातन नियम हो ।


३)- वैदिक आर्य धर्म सिद्धान्तनुसार, मनोमानिढंगले क्रियान्वित स्व-आचरण लाइ धर्म मानिदैन, वेदादि धर्मशास्त्रले धर्मलाइ जसरि व्याख्या गरेको छ त्यसैअनुरुप चल्नु मात्र धर्म हो ।

हाम्रो यहाँ शास्त्र केवल निति-नियम मात्र होइन साक्षात भगवान कै अवतार हो...जसरि राम, कृष्ण्, हनुमान आदि भगवान का अवतार हुन त्यस्तै शास्त्र पनि भगवान कै अवतार हो--------

" अवतीर्णो जगन्नाथ: शास्त्ररुपेण वै प्रभु: ।।

यसैकारण शास्त्र ले जे भन्छ त्यहि मात्र धर्म हो ।

४)- ब्राह्मण धर्म, क्षत्रीय धर्म, मातृ धर्म, पितृधर्म, गुरुधर्म, सन्तानको धर्म, राष्ट्र प्रतिको आदि विविध प्रकारको सर्वधर्मको निरुपण केवल सनातन धर्मशास्त्रानुसार नै हुन्छ ।

स्मरण होस........वर्णाश्रम नियम विपरित कुनै पनि कार्य धर्म हुन सक्दैन ।

आ-आफ्नो वर्णधर्म को पालन गर्नै पर्छ... ब्राह्मण ले सनातन परम्परानुसार ब्राह्मणोचित कर्मानुसार नै जीवन निर्वाह गर्नु पर्छ अन्य सबै वर्ण र आश्रम मा पनि यहि सिद्धान्त लागु हुन्छ अन्याथा त्यो सनातन धर्मशास्त्र अनुरुपको स्वकर्म हुन सक्दैन...........यहि नै भगवानको नियम हो........., स्वे स्वे कर्मण्यभिरत: संसिद्धिं लभते नर: --- 

आ-आफ्नो स्वाभाविक कर्महरुमा तत्परतापुर्वक लागेको मनुस्य ले भगवत्प्राप्तिरुप परमसिद्धि प्राप्त गर्दछ ।'

शास्त्रविधिको परित्याग गरेर हुने कुनै पनि कार्यले सुख, सिद्धि र परमगति प्राप्त हुदैन किनकि यि सबै वस्तु धर्मका फल हुन ---

य: शास्त्रविधिमुत्सृज्य वर्तते कामकारत: ।

न स सिद्धिमवाप्नोति न सुखं न परां गतिम् ।।

धर्म लाइ धर्मले जसरि मान्न निर्देश गरेको छ सोहि अनुरुप नै मान्नु सनातन हिन्दु धर्म हो ।

फेरिपनि स्मरण रहोस.........जन्मगत सहिष्णुता को आधारमा वर्णाश्रम अनुरुपको कर्म नै स्वकर्म या स्वधर्म हो ।

स्वधर्म नै वास्तविक धर्म हो ।

परधर्म त अधर्म नै हो यदि कोहि ब्राह्मण कुल-परम्परामा जन्मिएर क्षेत्रियोचित ढंगले जीवन चलाउछ भने उ अधर्मी नै हो र अरु कुल-परम्परा, वर्ण मा पनि यहि वैदिक कानुन लागु हुन्छ ।

धर्म धर्मारुढ परब्रह्म शंकरको रहस्यपुर्ण अद्भुत शक्ति हो यसैको सहायताले शिव जगतको संचालन गर्छन .....

" वृषो हि भगवान धर्म: ।".........

धर्म स्वयं शिव को आराधना, तपस्या गरेर सर्वेश्वर शंकरको वहान वनेका थिए ।

अन्य कसैको शक्ति लाइ दुरुपयोग गरेर आफु अनुकुल चलाउने कोशिश गर्दा अधार्मिक र पापि भैइन्छ ।

" शुद्धस्फटिकसकांशो धर्मरुपो वृष: स्मृत: ।- जुन वृषभमा सर्वकल्याणकारि परमेश्वर शिव सवार छन उनै स्फटिकसमान निर्मल धर्म हुन ।"

यस प्रकार धर्म ब्रह्म को शक्ति हो ।

यसैले धर्मलाइ धर्मले भने अनुसार नै मान्दा र धर्मलाइ धर्म अनुरुप नै जान्दा र सम्पादन गर्दा परमधर्मरुप सच्चिदानंद सर्वेश्वर परमशिवको अनन्त सौन्दर्य-माधुर्यको समास्वादन गरि मनुस्य सदा लागि मालामाल वन्न सक्छ, यहि धर्मको परमफल एवं परमरुप हो ।

परन्तु फेरि एउटा कुरो को याद अायो..........

याद रहोस ' आर्षं धर्मोपदेशं च वेदशास्त्राविरोधिना ।.........ऋषिदृष्ट चारैवेद, उपवेद तथा रामायण,महाभारत,मनुस्मृति,तनमुलक स्मृतिशास्त्रहरुलाइ वेदानुकुल तर्कद्वारा विचार गर्ने व्यक्ति विशेष नै धर्मज्ञ हो, अन्य होइन ।

" स्वकर्मणा तमभ्यच्र्य सिद्धिं विन्दति मानव: ।......धर्मशास्त्र अनुसार आ-आफ्नो मर्यादा एवं अधिकारको सिमामा धर्मानुष्ठान वाट मात्र लौकिक, पारलौकिक तथा पारमार्थिक उन्नति-प्रगतिको मार्ग प्रशस्त हुन्छ ।

जय जय जय श्री गौरीहर ।

जय जय जय श्री पार्वतीहर ।