गुरुः ब्रह्माण्डको सर्वोच्च संस्था
अध्यात्म

गुरुः ब्रह्माण्डको सर्वोच्च संस्था



गुरु शब्द आफैमा अत्यन्त दिव्य पवित्र एवं संसार सागरबाट पार लगाउने खालको छ, जो प्रतिपल यही शब्दलाई स्मरण  गरिरहन्छ, उ  आफैमा गुरुमय बन्न पुग्दछ । सत्, चित्, आनन्दश्वरुप, नित्य तथा निराकार गुरु, आफैमा निमग्न रहदै शिष्यको कल्याणका आगि विभिन्न लीलाहरु रचिरहन्छन्, । 


प्रत्यक्ष वा अप्रत्यक्ष रहेर गुरु कार्यरत रहन्छन्, । यस पृथ्वीलोकमा गुरु प्रत्यक्ष देव हुन, जसले देवता र गुरुमा भेद गर्दछ, त्यो अधर्मी कहलाउछँ । 


देवतामा विश्वास गर्ने त प्रशस्त हुन्छन तर गुरुमा भने विरलै व्यक्तिको मात्र विश्वास प्रबल हुन्छ । जसले गुरुलाई नै आफ्नो सर्वस्व सम्झेको हुन्छ, उसलाई पनि गुरुसम्म पुग्ने चाहना तीव्र रुपमा रहेको हुन्छ । 


गुरुकृपा प्राप्त गर्नका लागि देवता बनेर हुदैँन, शिष्य बन्न सक्नुपर्दछ । देवत्वमा पुग्न बरु सहज होला । शिष्यत्वलाई थाम्न त्यति कठिन छ, किनकि सफा र शुद्ध मन, परोपकारी भावना, करुणा र पवित्र सफा र शुद्ध मन, परोपकारी भावना, करुणा र पवित्र कर्मले व्यक्तिलाई देवत्वमा पुर्‍याउन  सक्दछ, तर शिष्यत्वमा पुग्न यी गुणहरुको अलावा अन्य गुणहरुको खाँचो पर्दछ । 


शिष्यत्व धारण गरेको व्यक्ति गुरुको आज्ञालाई नहिच्किचाई अक्षरशः पालन गर्दछ, साथै उसले आफ्नो जीवनको डोरी गुरुको हातमा सुम्पिदिन्छ, न उसलाई भूतका कर्महरुको सम्झना हुन्छ, न भविष्यकाृ चिन्ता नै ....उ त अलमस्त फकीर भई वर्तमानमा रमाउने गर्दछ । 


गुरुको प्राणसँग आफ्नो प्राण जोड्ने क्रिया सम्पन्न गरिसकेको व्यक्ति नै शिष्य हुन्छ र उसले मात्र गुरु तत्वलाई आत्मसात् गरेको हुन्छ । उसमा दृष्टिगोचर हुने सम्पुर्ण क्रियाकलापहरुमा गुरुको पन झल्किरहेको हुन्छ । लाग्दछ  ..., उ गुरुकै प्रतिकृति हो । भन्नाको तात्पर्य यो हो कि गुरुत्वको अर्काे स्वरुप शिष्यत्व हो । गुरुबाट शिष्यको जन्म भएझैँ गुरुतत्वबाट नै शिष्यत्व जन्मन्छ । किनकि ब्रम्हाण्डकै सर्वाेच्च सत्ता हो गुरुत्व । जहाँतहीँ गुरुत्व व्याप्त छ, प्रत्येक कणमा व्याप्त छ । यो पृथ्वी नै पुर्णरुपले गुरुत्वाकर्षणले युक्त छ । 


त्यसैले त स्कन्दपुराणमा स्वयँ भगवान शिव माता पार्वतीलाई गुरुको महत्व बुझाउदै भन्नुहुन्छ "भगवानका अनन्त स्वरुप तथा उनका समस्त शक्तिका पुँजीभूतस्वरुप उनको अनुग्रह शक्ति श्री गुरु नै हुन र गुरुद्धारा नै सम्पुर्ण ज्ञानको प्राप्ति हुन्छ, श्री गुरुको चरणस्पर्श गर्नाले मात्र पनि मनमा ज्ञानको ज्योति जागृत हुन्छ ।" 


यही स्कन्दपुराणमै भगवान शिवले विभिन्न श्लोकहरुका माध्यमबाट गुरु तत्वलाई गुरु गीताका रुपमा माता पार्वतीलाई सुनाउँदै अगाडि भन्नुहुन्छ । 

गुरूर ब्रह्मा गुरूर विष्णु, गुरु देवो महेश्वरा, गुरु साक्षात परब्रह्म, तस्मै श्री गुरुवे नमः

गुरु ब्रम्हा, विष्णु र महेशका त्रिगुणात्म स्वरुप, साक्षात ब्रम्ह हुनुहुन्छ, त्यस्ता श्री गुरुदेवमा स्नेहापुरित भएर नमन गर्दछु । 


गुरु पुर्णिमा सम्बन्धी महत्वपुर्ण लेख पढन यहाँ क्किक गर्नु होस ।


जब गुरु शिष्यका हृदयमा सात्विक भाव सृजन गर्नुहुन्छ तब उहाँ ब्रम स्वरुपमा हुनुहुन्छ। विष्णुरुवरुपमा शिष्यका ती भावहरुको पालन एवं संरक्षण गर्दै शिष्यलाई कल्याणको मार्ग प्रशसत गर्नुहुन्छ  भने शिष्यका समस्त पाप ताप, शोक संताप तथा प्रारब्धजनित समस्त विघ्नहरुको शोषण गर्दै  तिनलाई समाप्त गर्न शिवस्वरुपमा रहनुहुन्छ । 


तीन नेत्ररहित भएर पनि गुरु शिवस्वरुप हुनुहुन्छ, किनकि उहाँ समस्त ब्रम्हाण्डका जीवहरुका साक्षी हुनुहुन्छ । चार भुजारहित भएर पनि उहाँ विष्णुस्वरुप हुनुहुन्छ किनकि उहाँद्धारा नै सम्पुर्ण शिष्यहरुको पालन हुन्छ । यसैगरी उहाँ चार मुखरहित भएर पनि ब्रम्हास्वरुप हुनुहुन्छ, किनकि सम्पुर्ण शास्त्र ज्ञान आफुभित्र समाहित गरी शिष्यलाई प्रदान गर्ने समर्थ हुनुहुन्छ । यसरी गुरुमा त्रिदेवका त्रिगुणात्मक शक्ति समाहित हुन्छ र उहाँ नै भुलोकमा प्रत्यक्ष देव हुनुहुन्छ । 


यस्ता श्री गुरुलाई साकार तथा निराकार, प्रत्यक्ष वा अप्रत्यक्ष, देहस्वरुप वा आत्मस्वरुप, जलमा वा थलमा अनि ब्रम्हाण्डका कण कणमा जुनसुकै बेलामा पनि विचरण गरिरहेको देख्न सकिन्छ, आफुलाई उहाँमा पूर्ण समर्पित गरी गुरुमय बन्न सकेको अवस्थामा ....।

जय गुरुदेव ।