आत्मालाई जानौ भागवत गीता बाट
अध्यात्म

आत्मालाई जानौ भागवत गीता बाट


य एनं वेत्ति हन्तारं यश्चैनं मन्यते हतम्।
उभौ तौ न विजानीतो नायं हन्ति न हन्यते।।१९।।


जसले यस आत्मालाई मर्नेयोग्य मान्छन तथा जसले यस आत्मालाई मरेको ठान्दन्छ, ती दुबैले नै आत्मालाई जान्दैनन् किनकि यो आत्मा न त मर्छ र न मारिन्छ नै फेरि यसैमा जोर दिनुहुन्छ-

न जायते म्रियते वा कदाचि
नायं भूत्वा भविता वा न भूयः।
अजो नित्यः शाश्वतोऽयं पुराणो
न हन्यते हन्यमाने शरीरे।।२०।।


यो आत्मा कुनै कालमा न जन्मिन्छ र न मर्छ, किनकि यसले वख नै फेरि रहन्छ। न यो आत्मा भएर अरू केही हुनेछ; किनकि यो अजन्मा हो, नित्य छ, शाश्वत र पुरातन छ। शरीर नष्ट भए पनि यो नष्ट हुँदैन्। आत्मा नै सत्य हो, आत्मा नै पुरातन हो, आत्मा नै शाश्वत हो, सनातन हो। तपाई को हुनुहुन्छ? शाश्वत धर्मको उपासक। शाश्वत को हो? आत्मा। अर्थात् हामी तपाई आत्माको उपासक हौं। यदि तपाईं आत्मिक पथलाई जान्नु हुन्न भने तपाईसँग शाश्वतसनातन नामको कुनै वस्तु छैन। उसको लागि तपाईलाई चाहना छ भने प्रत्यशी अवश्य हुनुहुन्छ; तर सनातनधर्मी हुनु हुन्न, सनातन धर्मको नाममा कुनै कुरीतिको शिकार हुनुहुन्छ।
देश-विदेशमा, मानव मात्रमा आत्मा एकैजस्तो छ। यसैले विश्वमा कहीं पनि कसैले आत्माको स्थिति दिलाउने क्रिया जान्दछ र त्यसमा हिड्नको लागि प्रयत्नशील छ भने क सनातनधर्मी हो; चाहे ऊ आफूलाई ईसाई, मुसलमान, यहूदी वा केही पनि किन न भनोस्।

वेदाविनाशिनं नित्यं य एनमजमव्ययम्।
कथं स पुरुषः पार्थ कं घातयति हन्ति कम्।।२१।।


पार्थिव शरीरलाई रथ बनाएर ब्रह्मरूपी लक्ष्यमा अचूक निशाना लगाउने पृथापुत्र अर्जुन! जो पुरुष यस आत्मालाई नाशरहित, नित्य, अजन्मा र अव्यक्त ठान्दछ, त्यो पुरुषले कसरी कसैलाई मार्छ? अविनाशीको विनाश असम्भव छ, अजन्मा जन्म लिंदैन, अत: शरीरको लागि शोक गर्नु हुँदैन। यसैलाई उदाहरणद्वारा स्पष्ट गर्नुहुन्छ ।


वासांसि जीर्णानि यथा विहाय
नवानि गृह्णाति नरोऽपराणि।
तथा शरीराणि विहाय जीर्णा
न्यन्यानि संयाति नवानि देही।।२२।।


जस्तै मानिस 'जीर्णानि वासांसि'- जीर्ण-शीर्ण पुराना वस्त्रहरू त्यागेर नयाँ वस्त्रहरू ग्रहण गर्दछ, ठीक त्यसैप्रकार यो जीवात्मा पुरानो शरीरलाई त्यागेर अर्को नयाँ शरीर धारण गर्दछ। जीर्ण भएपछि नै नयाँ शरीर धारण गर्नुछ भने शिश किन मर्छ? यो वस्त्र त अझै विकसित हनपर्ने। वस्तुतः यो शरीर संस्कारहरूमा आधारित छ। संस्कार जीर्ण भएपछि शरीरको त्याग हुन्छ। यदि संस्कार दुई दिनका हुन् भने अर्को दिन नै शरीर जीर्णभयो। यसपछि मानिस एक क्षण पनि बढी बाँच्दैन। संस्कार नै शरीर हो। आत्मा संस्कारहरूको अनुसार नयाँ शरीर धारण गर्दछ। 'अथ खलु क्रतुमयः पुरुषो यथा क्रतुरस्मिल्लोके पुरुषो भवति तथेतः प्रेत्य भवति।'(छान्दोग्योपनिषद्, ३/१४) अर्थात् यो पुरुष निश्चय नै संकल्पमय हो। यसलोकमा पुरुषको जस्तो निश्चय हुन्छ, त्यस्तो नै यहाँबाट मरेर गएपछि हुन्छ। आफ्नो संकल्पले बनाएका शरीरहरूमा पुरुष उत्पन्न हुन्छ। यसप्रकार मृत्यु शरीरको परिवर्तन मात्र हो, आत्मा मर्दैन। फेरि यसको अजरता-अमरतामा बल दिनुहुन्छ ।

नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः।
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः।।२३।।


अर्जुन! यस आत्मालाई शस्त्रादिले काट्दैन, अग्नि यसलाई डढाउन सक्दैन, पानी यसलाई भिजाउन सक्दैन र न वायुले यसलाई सुकाउन सक्छ।

श्रोत:-
यथार्थ गीता : श्रीमद्भगवद्गीता दोस्रो अध्याय  ( श्लोक १९ देखि २३ )