नवदुर्गा भवानी
अध्यात्म

नवदुर्गा भवानी


नवदुर्गा भवानीले समस्त नेपालीहरुको कल्याण गरुन ।


यिनै हुन भगवान की अनन्य शक्ति स्वरुपिणी " शिवप्रिया, रुद्रप्रिया, भवानी, भुवनेश्वरी, दुर्गा, साक्षात पराअम्वा भगवती उमा ।


अम्वा, देवी, पार्बती


 " सर्वरुपमयी देवी सर्वंदेवीमयं जगत " यो समस्त संसार देवीमय नै छ र समग्र सृष्टिको कण-कणमा उनै जगदीश्वरी भगवती जगदम्बा को नै निवास छ ।


शक्तिरुपा भगवती दुर्गा नै सर्वस्वरुपिणी हुन ।


सरस्वती, लक्ष्मी र काली यिनै हुन ।


यदि साच्चिकै कुरो गर्ने हो भने पराशक्ति महाशक्ति नै परब्रह्म परमात्मा हो, यिनै पराशक्ति दुर्गाको शक्तिवाट ब्रम्हा जी सृष्टि को रचना गर्दछन, विष्णु पालन गर्दछन र रुद्र संहार गर्दछन ।


यि नै पराशक्ति नवदुर्गा हुन, गायत्री हुन, दशमहाविद्या हुन ।


यि नै महाशक्ति त्रिपुरा, बगला, कमला, मातंगी, काली, भुवनेश्वरी, दुर्गा हुन ।


दुर्गा....


भुतानि दुर्गा भुवनानि दुर्गा-


स्त्रियो नरश्चापि पशुश्च दुर्गा ।।


यद् यद् हि दृश्यं खलु सैव दुर्गा 


दुर्गास्वरुपादपरं न किचिंत ।।


सम्पुर्ण प्राणीहरुमा दुर्गा छिन, यि नै शक्तिमान र शक्ति हुन, नर-नारी यि नै हुन, स्त्री र पुरुष पनि यि नै हुन, पशुहरुमा पनि यि नै छिन, समस्त लोकमा दुर्गा नै व्याप्त छिन, समग्र जे जति दृश्य पदार्थ-वस्तु छन् ति सबै दुर्गा कै रुप हुन, धाता र पितामह पनि दुर्गा हुन, यसप्रकार पराशक्ति दुर्गाको स्वरुप भन्दा पृथक कही, कोही, कतै छदैछैन......।


ब्रह्मा,विष्णु र महेश्वर ले जुन-जुन कार्य गर्दछन् ति सबै यि नै  देवी शक्तिरुपा पराशक्ति बाटै सम्पादन हुन्छन ।


तपाइ-हामि मा दैनिक कार्यको लागि जुन बल मिल्दछ त्यो शक्ति समेत ति नै जगदीश्वरी अम्बा बाट नै मिल्दछ ।


राम, कृष्ण आदि भगवानको अवतार को प्रमुख बल नै पराशक्ति रुपिणी भगवति नै हुन ।


स्वयं साक्षात भगवान श्रीकृष्ण ब्रह्मवैवर्तपुराणमा उल्लेख गर्नुहुन्छ-" कार्यार्थे सगुणा त्वं च वस्तुतो निर्गुणा स्वयम् ।


परब्रह्मस्वरुपा त्वं सत्या नित्या सनातनी ।।"- हे देवी ! तपाईं वस्तुत: निर्गुणस्वरुपा हुनुहुन्छ, प्रयोजन को कारणले भक्तहरुको उद्धारका लागि सगुण स्वरुप धारण गर्नुहुन्छ । हजुर परब्रह्मस्वरुपा, सत्या, नित्या र सनातनी हुनुहुन्छ ।


यि नै लाइ हामि सनातनीहरु शिवप्रिया, रुद्रप्रिया, शिवदामिनी, शिवकी सहचारीणिनी, दुर्गा एवं अनन्तकोटि ब्रह्माण्ड उत्पादीनि उमा भन्छौ .


क्रमश॥


जय देश ।




जय गौरीहर ।


जय देश ।


जय गोरखकाली ।