बेद आफ़ै न पढौ, आफै न अर्थ्याऔं
अध्यात्म

बेद आफ़ै न पढौ, आफै न अर्थ्याऔं


(बेद आफ़ै न पढौ, आफै न अर्थ्याऔं, आधिकारीक गुरु-शिष्य परम्परामा रहेका जगतगुरु संज्ञा पाएका तत्वदर्शी गुरुहरूले गरेको बेद-शास्त्र भाष्यको मात्र अध्ययन गरौं )

आजकल बेदका श्लोकहरूको ग़लत अर्थ लगाई सोझा सरलहरूलाई दिगभ्रमित गर्ने जमातहरूको संख्या बढ़न थालेको छ।

मानिसको तर्क/बुद्दि/निर्णय सापेक्षित हुन्छ र कहिल्यै स्थिर हुदैन।


भागवत गीतामा भगवान् श्रीकृष्ण भन्नुहुन्छ - मनुष्यको ब्यबहार प्रकृतिको सतो, रजो र तमो गुणहरुको मिश्रण हो र यी तीन गुणमध्ये समय, परिस्थिति, मनुष्यको भौतिक ब्याबहार (के खान्छ, के लाउछ, कस्तो समाजमा उठबस छ आदि) अनुशार कुनै एक गुण ज्यादा प्रभाबि रहेको हुन्छ। यसरी कहिले तपाई सतो प्रधान, कहिले रजो प्रधान त कहिले तमो प्रधान अवस्थामा हुनुहुन्छ र त्यहि अनुशार तपाईको सोचाई/निर्णय हुन जान्छ। तसर्थ फूलको आँखामा फूलै संसार र काँडाको आँखामा काँडै संसार।


ज्ञानीको परीभाषा पनि अध्यात्ममा फरक़ हुंछ। ज्ञानी को हो भनेर भागवत गीता श्लोक १३-८, १३-९, १३-१०, १३-११, १३-१२ ले भन्छ:
"जो मान चाहदैन, जो दम्भरहीत छ, अहिंसाबादी, धैर्यता भएको, सरल, गुरुको शरणमा गएको, भित्री र बाह्य रूपमा स्वच्छ, इन्द्रिय दमन गरेको, अहंकाररहीत, जन्म/मृत्यु/बुढ़यौली/रोगको प्रकोपदेखि न हडबड़ाउने, पुत्र/श्रीमती/घरको मोहमा नपरेको, मेरो(श्रीकृष्ण)को अनन्य भक्त गर्ने, एकान्तबादी, अध्यात्म ज्ञानी ... यति गुण भएकालाई मात्र म ज्ञानी हुन भनि घोषणा गर्दछु"


-भगवान श्रीकृष्ण गीता १३-८, १३-९, १३-१०, १३-११, १३-१२

फेरी भगवान श्रीकृष्ण निर्देशन दिनुहुंछ:
"बेद-शास्त्रको ज्ञान तत्वदर्शी गुरुको शरणमा गएर प्रतिप्रश्न गर्दै, सेवा गर्दै लिनु"
-भगवान श्रीकृष्ण गीता ४-३४

तसर्थ हामी कलियुगेहरूले बेद/शास्त्र आफ़ै मै हु भनि पढी अर्थ निकाल्नु हुदैन। न त्यस्ता भौतिक बिद्वान कहलिएकाहरूको भाष्य वा अर्थ नै ग्रहण गर्नुहुंछ।
भागवत भन्छ
"बेदस्य च ईश्वरआत्मवात तत् मुह्यंति सूरय:"
- श्रीमद्भागवत ११-३-४३
"बेद ईश्वर बाणी हो। यसमा ठूला ठूला महापुरुषहरू पनि भ्रमित हुन्छन। मोहीत हुंछन"


बेद-शास्त्रको अर्थ निकाल्न हामी आध्यात्मिक अज्ञानी भएकोले असमर्थ छौ त्यसैले शास्त्रीय अर्थ गीता १३-८, १३-९, १३-१०, १३-११, १३-१२ अनुसारको ज्ञानी गुरु मार्फ़त मात्र बुझ्नु पर्दछ अथवा त्यस्ता ग्रन्थ पढौं जसमा श्लोकै पिच्छे तत्वदर्शी गुरुले तात्पर्य दिएका छन। तात्पर्य नै गुरुबाणी हो, श्लोक आफै भने होइन। 

यसै परिप्रेक्ष्यमा संसारिक विषयवस्तुमा ज्ञानी कहलिएका एकजना व्यक्तिको लेख पढ़े।वहाले बेद-शास्त्रका केही श्लोकहरूको प्रत्यक्ष व्यक्तिगत अर्थ लगाई मांसाहार, बलि प्रथा मात्र हैन गोमान्स र गौबध समेतको प्रश्रय र समर्थन गर्न खोज्नु भएको रहेछ। याद राखौं,कोही सांसारिक हिसाबले ज्ञानी(डाक्टर, इंजिनीयर, भौतिक वैज्ञानिक, Master, Ph. D. गरेका वा ठूला सांसारिक पद धारण गरेका आदि) देखिएता पनि आध्यात्मिक ज्ञानको विवेचना गर्ने, भाष्य प्रस्तुत गर्ने, बेदअर्थ बोध गराउने चेतना भएका उनीहरू न हुन सक्छन।बेदको अर्थ त गीता १३-८, १३-९, १३-१०, १३-११, १३-१२ अनुसारका ज्ञानीले मात्र बुझ्दछ। अझ बेद भाष्य गर्ने अधिकार त आधिकारीक रूपले "जगतगुरु" उपाधि पाएकाले मात्र गर्न पाउछन। बेद भाष्यको लागि आधिकारिक जगतगुरुहरू माधवाचार्य, वल्लभाचार्य, निम्बारकाचार्य, रामानुजाचार्य, आदि शंकराचार्य आदि जगतगुरुहरूको भाष्य हेर्नुहोस, पढनुहोस, कुनै अमुक सांसारिक व्यक्तिको भाष्य होइन, तपाई आफैको आफ्नो भाष्य होइन, मेरो भाष्य होइन।


मैले लेख पढ़ेको वहाँ सांसारीक ज्ञानी देखिएता पनि आध्यात्मिक अज्ञानी हुन। वहाँको न गुरु छ न गीता १३-८, १३-९, १३-१०, १३-११, १३-१२ अनुसारको कुनै आचरण छ। बाउन थर भएता पनि मै हु भन्ने दम्भमा मांसाहार गर्दै बेद पढ़ेंर बेदको अर्थ अर्थ्याउनेको भाष्य कस्तो होला? यस्तै आजकाल विभिन्न अमूक बिना गुरु उम्लेकाहरू र अहंकारले ग्रस्त दम्भिहरूको भिड़ छ। बेदको अर्थ गर्छन अनि यस्ताहरूको कुरा सुन्नेलाई मूढ़हरुलाई झन के भन्ने? “अंधेन एव नियमान यथा अंधा:” अर्थात अंधो र अंधोको अनुशरण गर्नेहरू सबै एकै खाडलमा खस्छन।


तसर्थ कहिल्यै पनि शास्त्र आफ़ैले अर्थ्याएर न पढ़ौं। बिना गुरु सांसारिक ज्ञानी देखिएता पनि आध्यात्मिक अज्ञानीले अर्थ्याएको शास्त्रीय भाष्य न पढ़ौं, त्यस्ताले गरेको बेदको अर्थ ग्रहण न गरौं। उदाहरणको लागि मानौ एकातिर सांसारिक ज्ञानी बैज्ञानिक अल्बर्ट आइंस्टाइनले बेद अर्थ्याएका छन र अर्को तर्फ़ खप्तड बाबाले अर्थ्याएका छन भने बैज्ञानिक अल्बर्ट आइंस्टाइनको होइन खप्तड बाबाको वेदार्थ स्वीकार गरौं।

हरे कृष्ण ...